site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाविरुद्ध राष्ट्र संघको अर्को प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ । बीबीसीका अनुसार चीन र रुसले समेत सहमति जनाएकाले उक्त नयाँ प्रतिबन्ध सर्वसम्मतिबाट लगाइएको हो । 

उत्तर कोरियाले गत तीन सेप्टेम्बरमा छैटौं पटक सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो । पटकपटक विभिन्न पक्षले गरेको आग्रह र अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई निरन्तरता दिनुका साथै अमेरिकामाथि आक्रमण गर्ने चेतावनीसमेत दिँदै आएको छ । उत्तर कोरियाले मिसाइलमा लोड गर्न सकिने गरी आफूले परमाणु बम विकसित गरेको दाबी गर्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला दिनमा उत्तर कोरियाले मिसाइल परीक्षणलाई निकै तीव्रता दिइरहेको छ । उसले थुप्रै मिसाइलहरूको परीक्षण गर्नुका साथै त्यस्ता हतियारको समेत परीक्षण गरेको छ, जसको पहुँच अमेरिकासम्म छ । केही दिनअघि उत्तर कोरियाले जापानको आकाशमाथि एउटा मिसाइल प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपणलाई जापानका प्रधानमन्त्री शिञ्जो आबेले अभूतपूर्व खतरा बताएका थिए । उत्तर कोरियाले प्रशान्त महासागरअन्तर्गत पर्ने अमेरिकाअधीनस्थ गुआम टापुमा मिसाइल हमला गर्ने धम्की दिँदै आएको छ । उता गत अगस्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तै हो भने अब उत्तर कोरियाका विनाशका दिन निम्तिएको टिप्पणी गरेका थिए ।  

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धमा अमेरिकाले मस्यौदा तयार पारेको थियो र यसलाई रुससहित सुरक्षा परिषद्का सबै १५ सदस्यले स्वीकृति दिएका थिए । नयाँ प्रतिबन्धमार्फत उत्तर कोरियाको आयस्रोत बन्द गर्ने कोशिश गरिनेछ । उत्तर कोरियाबाट कपडाको निर्यात हुँदै आएकोमा प्रतिबन्धमार्फत त्यसमाथि रोक लगाइएको छ ।

Global Ime bank

यस्तै अबदेखि उत्तर कोरियाले निर्धारित सीमासम्म मात्र कच्चा तेलको आयात गर्न सक्नेछ । 

यसअघि सन् २००६ देखि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध नौवटा प्रतिबन्धात्मक प्रस्तावलाई एक मतले स्वीकृति दिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC