site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजपाका शीर्ष नेताको जिल्लामा स्मार्ट सिटी सपना, मतदाता भन्छन्, ‘नेताको विश्वास छैन’
Ghorahi CementGhorahi Cement

मलंगवा (सर्लाही) । भारतीय सीमासँगै जोडिएको सर्लाही जिल्ला सदमुकाम मलंगवा नगरपालिका जाने सडक पूरै कच्ची छ । २०४४ मा नगरपालिका बनेको मलंगवाको विकास नेता र कर्मचारीकै बदमासीका कारण खस्किँदै गएको स्थानीयको आरोप छ । 

स्थानीय तह निर्वाचन हुँदै गर्दा मतदातामा उत्साह त छ । पैसाविना कुनै पनि काम नहुने नगरपालिकामा जनप्रतिनिधि आएपछि केही सुधार हुने आशा स्थानीयले पालेका छन् । तर, विकास निमार्णको काम नहुँदा यी नेता पनि मुकदर्शक बनेका कारण उनीहरुप्रति विश्वास नभएको मलंगवा १० का युवल किशोर यादवले बताए ।

“स्थानीय तहको निर्वाचन हुँदैछ यसमा हामी खुसी छौं,” उनले भने, “तर, २० वर्ष जनप्रतिनिधि नहुँदा पनि नगरपालिकामा त बजेट आएकै थियो । कर्मचारीले पनि दलकै प्रतिनिधिसँगै बसेर बजेट बाँडफाँड गर्ने हो । त्यतिबेला पनि यिनै नेता मिलेर खाएकाले काम गर्नेमा विश्वस्त छैनौं ।”

Agni Group

राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको जिल्लाको सदरमुकाम भित्रका सडक पनि कतै कालोपत्रे छैनन् । 

विभिन्न आन्दोलन र नगरपालिकाभित्र स्वास्थ्य, शिक्षा, सडक, ढल लगायत पूर्वाधार नभएको र व्यवसायीक वातावरण समेत नरहेको कारण स्थानीय बाहिरी शहरतिर पलायन भइरहेको मलंगवा ५ का बद्री रायले जानकारी दिए ।

Global Ime bank

१२ वडा रहेको मलंगवामा मेयर र उपमेयरसहित ६२ पदका लागि ३६२ उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । जसमध्ये मेयरमा ६ जना पार्टी र १० स्वतन्त्रसहित १६, उपमेयरमा १३, वडा अध्यक्षमा १०१ को उमेदवारी परेको छ भने बाँकी सदस्यका उमेदवार हुन् । मलंगवाको मतदाता संख्या २१ हजार ४११ रहेको छ । 
वडा ९ र १० को दलित महिला सदस्य निर्बिरोध निर्वाचित भएका छन् । वडा नं ९ मा राजपबाट सिता मेस्तव तथा वडा १० मा एमालेबाट सरिता देवी निर्बिरोध चुनिएका हुन् । 

सबै राजनीतिक दल नै चुनावमा सहभागी भएकाले मलंगवाको चुनावी तयारीमा समस्या र चुनौती नभएको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

राजपा नेता महेन्द्र राय यादवको क्षेत्रमा पर्ने मलंगवामा यादव, मुस्लीम, राय बढी छन् भने पहाडी समुदाय कम छ ।

मलंगवामा मेयर पदका लागि कांग्रैसबाट निश्चल साह, देवेन्द्र राय एमाले, नागेश्वर प्रसाद राय राजपा, नागेन्द्र प्रसाद यादव स्वतन्त्र, प्रेम श्रेष्ठ स्वतन्त्र, महेन्द्र साह उर्फ राधा देवी स्वतन्त्रमा उमेदवारी दिएका छन् । 

स्वतन्त्र उमेदवार नागेन्द्र प्रसाद यादव २०४९ र २०५४ मा स्वतन्त्रबाट उमेदवारी दिएर मेयरमा निर्वाचित भइसहेका व्यक्ति हुन् भने महेन्द्र साह उर्फ राधा देवी तेस्रो लिङ्खी उमेदवार हुन् । 

राजपाको प्रभाव क्षेत्र रहेको मलंगवामा राजपा उमेदवार नागेश्वर प्रसाद राय र यसअघि दुई पटक स्वतन्त्रबाट मेयर भइसकेका नागेन्द्र प्रसाद यादवबीच प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ । 

 

यस्ता छन् उमेदवारका एजेण्डा 

निश्चल साह, मेयर उमेदवार, कांग्रेस
\"\"

म २०४९ मा यस नगरको उपमेयर भएर जनताको सेवा गर्ने मौका पाएको थिएँ । उपमेयरले आर्थिक कारोबार अर्थात योजना छनोट गर्न नपाउने भएकाले इच्छाअनुसार काम गर्न पाइन । यद्यपी म राती १२ बजेसम्म पनि नगरबासीकै काममा व्यस्त हुन्थेँ । यसपटक मेयर बनेर यहाँको सरसफाई, ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्नेछु । विकासको काममा भ्रष्टचार बढी भएको जनताको गुनासो छ । यसलाई शून्य सहनशिलता अपनाएर जनताको सेवामा लाग्ने छु ।

नागेश्वर राय, मेयर उमेदवार, राजपा

\"\"

मलंगवा विकासमा पछाडि परेको छ । धेरै समस्याहरु छन् । भ्रष्टाचार बढेको छ । विकासका काममा पनि जोड दिनुछ । यसका लागि स्रोत र साधनको प्रयोग गर्दै अगाडि बढ्नेछु । नगरबासीले मलाई विजयी बनाउँदै यहाँको सेवा गर्ने मौका दिनुहुन्छ भन्ने मेरो अपेक्षा छ । 


देवेन्द्र राय, मेयर उमेदवार, एमाले 

\"\"

२०४४ सालदेखि नगरपालिका बनेको मलंगवामा विकासमा कमजोर अवस्थामा छ । पूर्व जनप्रतिनिधिले पनि काम गर्न नसेकेकै कारण समस्या बढेको हो । यसपटक मलाई विजयी बनाएमा २४ घण्टा जनताको सेवामा लाग्नेछु । यहाँ गुण्डाराज र विकृति हटाउन मेरो भूमिका हुनेछ । यहाँका सबै सर्वसाधरण र राजनीतिक दलसँग मिलेर म काम गर्नेछु । नगरको विकासका लागि स्थानीय स्रोत तथा पूँजी सँगै सिंहदरबारबाट योनजा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछु । निमार्णाधिन पूर्वाधार समयमा सम्पन्न गर्न मेरो जोड हुनेछ । यो नगरलाई सफा, सुन्दर र समृद्ध बनाउने तथा नगरबस सञ्चालन गर्ने मेरो योजना रहेको छ । सडक, ढलको व्यवस्थापनमा पनि मेरो प्रयास रहनेछ । 

 

मोहमद समसुल हक, मेयर उमेदवार, माओवादी केन्द्र
 

\"\"

म राजनीतिमा पहिलो पटक आएको हुँ । यसअघि म त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँथेँ । मेरो यो नगरलाई स्मार्ट सिटी बनाउने योजना छ । यो हाम्रो पार्टीको अभियान पनि हो । गणतन्त्र, संघीयता, धर्मनिरिपेक्षता ल्याउन माओवादीले खेलेको नेतृत्वदायी भूमिका कै कारण अहिले चुनाव हुन लागेको छ । विकास निमाणैमा अहिले हाम्रो पार्टीले जोड दिएको छ । नगरको विकासको कुरा गर्दा अहिले भएका पूर्वाधार कमजोर छन् । कमजोर संरचनालाई व्यवस्थित गर्दै शिक्षा, स्वास्थ्य, सडक, बिजुली र ढलका लागि आवश्यक पूर्वाधार निमार्णमा विशेष जोड दिँदै जाने छु । 


प्रेम श्रेष्ठ, मेयर उमेदवार, स्वतन्त्र

\"\"

म राजाको पालामा केही समय मेयर भएर काम गरेको थिएँ । त्यतिबेला छोटो समय भएकाले काम गर्न पाइन । त्यतिबेलाको मेरो योजना र उद्देश्य मेयर भएर अब पूरा गर्न चाहन्छु । गबिर, दलित, मुस्लिम लगायत सबै जातीको उत्थान र सेवामा मेरो विशेष जोड रहनेछ । म मेयर भएपछि आवश्यकताअनुसार शिक्षा, स्वास्थ्य, नाला र सडक निमार्ण गर्नेछु । खेतियोग्य जमिनमा सिँचाईको व्यवस्था, सुविधा सम्पन्न बसपार्क निमार्णदेखि खोलामा तटबन्ध निमार्णमा समेत मेरो जोड रहनेछ । 


पुष्प रञ्जितकार, उपमेयरका उमेदवार, स्वतन्त्र
म बोलीमा नभई व्यवहारमा काम गरेर देखाउनुपर्छ भन्ने मान्छे हुँ । मेरो उमेदवारी भनेकै यस नगरको भ्रष्टचार अन्त्य गर्नका लागि हो । उपमेयर दिइने जिम्बेवारीअनुसार काम गरेर देखाउने मेरो सोच छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC