site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अष्ट्रेलियाले बनायो भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन, चौतर्फी विरोध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अष्ट्रेलियाले हिन्दू धर्मका भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन बनाएपछि हिन्दूहरुले यसको तीव्र विरोध गरेका छन् ।

भारतले यसबारेमा आक्रोश व्यक्त गर्दै कुटनीतिक रुपमा विरोध जनाइसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यहाँको एक मासु उत्पादन गर्ने कम्पनीले बनाएको टीभी विज्ञापनमा सबै धर्मका भगवानहरु बसेर खाना खाइरहेको देखाइएको छ ।

उक्त विज्ञापनको अष्ट्रेलियामा पनि विरोध भएको छ । हिन्दू धर्मका भगवान गणेशले मासु खाँदैनन् । तर पनि विज्ञापनमा भेडाको मासु खाएको देखाइएपछि त्यहाँ रहेका हिन्दूहरुले यसबारेमा विरोध जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Global Ime bank

भारतले कुटनीतिक तरिकाले यसको विरोध गर्दै त्यो विज्ञापन हटाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।

भारतीय उच्चायोगले हिन्दू धर्ममा यसले चोट पुर्याएको भन्दै कारवाहीको माग गरेको छ । अष्ट्रेलियाको विज्ञापन नियामक संस्था एडभटाइजिङ स्टान्डर्डले यस विज्ञापनको विरुद्धमा ३० बढी उजुरी दर्ता भएको जनाएको छ । गणेश चतुर्थीको केहीदिन पछि नै उक्त विज्ञापन जारी गरिएको जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC