site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रेकर्ड तोड्ने देउवा, दोस्रोमा प्रचण्ड, बाबुराम तेस्रो
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै रेकर्ड तोडेर आज फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

२०५२ सालमा ५२ जनाको जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै लगातार आलोचना भैरहेको भए पनि त्यसलाई तोडेर सोमबार ३ मन्त्री र १ राज्यमन्त्री थप गर्दैछन् ।

३ जना मन्त्रीको केहीबेरअघि राष्ट्रपति निवास शितलनिवासमा सपथ ग्रहण भैसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्यमन्त्रीको केहीबेरपछि सपथ हुने भएको छ ।

कमल थापा नेतृत्वको राप्रपा विभाजन भएर बनेको राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्री थप भएका छन् ।

Global Ime bank

राप्रपा प्रजातान्त्रिकबाट सोमबार विज्ञान तथा प्रविधि मन्त्रीमा दिपक बोहोरा, उद्योग मन्त्रीमा सुनिल थापा र विक्रम पाण्डेले वन मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

राप्रपा प्रजातान्त्रिकबाटै रेशम लामाले उद्योग राज्यमन्त्रीको सपथ लिँदैछन् ।

४ जना थपिएपछि देउवा नेतृत्वको सरकार ५४ सदस्यीय हुनेछ ।  यो भन्दा अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकार नेपालको इतिहासमा दोस्रो ठुलो आकारको सरकार हो ।

दाहाल नेतृत्वमा ५० सदस्य मन्त्रिपरिषद् बनेको थियो । त्यसअघि २०६८ सालमा तत्कालिन नेकपा माओवादीका तर्फबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले ४९ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC