site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको शानदार जित, थाइल्याण्ड २६ रनमा अलआउट,सन्दिपले लिए ७ विकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको छनोटमा थाइल्याण्ड विरुद्ध शान्दार जित हात पारेको छ । नेपालले थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गरेको हो । 

एकपछि अर्को विकेट लिएको नेपाली बलरसामु थाइल्याण्डका कुनै पनि ब्याट्सम्यान टिकेर खेल्न सकेनन् । थाइल्याण्डमाथि नेपालले उत्कृष्ट बलिङ गर्दै विजयी सुरुवात गरेको छ । नेपालका लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाललाई विकेट दिलाउने क्रममा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछानेले पहिलो ओभरमा नै दुई विकेट लिदै नेपालका लागि चौथो सफलता दिलाएका थिए । त्यसको एकओभर पछि पुनः आफ्नो दोस्रो ओभर बलिङ गर्न आएका सन्दिपले थप २ विकेट लिन सफल भए । ह्याट्रिक विकेट नजिक पुगेका सन्दिपले चौथो र पाचौ बलमा विकेट लिएका थिए भने यो ओभरमा एक रन पनि दिएनन् । आफ्नो तेस्रो ओभरमा पनि सन्दिपले एक विकेट लिन सफल भए ।

मात्र ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ७ विकेट लिदै सन्दिपले आफ्नो क्षमता देखाएका छन् । 
पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएको नेपालले दोस्रो ओभरमा पनि विकेट लिएको थियो । नेपालका लागि १.१ ओभरमा किशोर महत्तोले नेपालका लागि दोस्रो विकेट लिएका थिए । किशोरले कप्तान अगम संजय शाहलाई १ रनमा आउट गरााएको हो । नन्दन यादवले पहिलो ओभरको पहिलो बलमा थाइल्याण्डका ब्याट्सम्यानलाई आउट गराएका थिए । त्यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १ विकेट लिए ।

Global Ime bank

थाइल्याण्डका कुनै पनि खेलाडीले ८ रनभन्दा बढि बनाउन सकेनन् । थाइल्याण्डका लागि पनसकले ८ रन बनाएका थिए । 
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई २८२ रनको चुनौति दिएको छ । नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थाइल्याण्ड सामु ठूलो लक्ष्य दिएको हो ।

मलेसियाको अमान क्रिकेट मैदानमा नेपालका लागि अनिल कुमार शाहले ९१ रन बनाए । त्यस्तै, नेपालका लागि प्रनित थापामगरले पनि ५० रनको योगदान दिए । नेपालका लागि सन्पि सुनारले ३२, रोहित कुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २२ रनको योगदान दिए ।
३४ रन हुदा एक विकेट गएको नेपालको ९४ रन हुदा दुई विकेट गएको थियो । थाइल्याण्डका लागि पयुपुथ सुङनार्थले ३ विकेट लिए ।

नेपालले  दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् ।
छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC