site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
चुनावको बेला खुफिया एजेन्सीको भनेर कुन उद्धेश्यले उठाइएको हो ?
Sarbottam CementSarbottam Cement

१ सय ३६ स्थानीय तह रहेको दुई नम्बर प्रदेशमा चुनावको सरगर्मी छ । वीरगन्ज दुई नम्बर प्रदेशको एक मात्र महानगर हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपाको प्रतिष्पर्धा रहेको वीरगन्ज महानगरको मेयर पदमा एमालेले बसरुद्दिन अन्सारीलाई मेयरमा उठाएको छ । तीन महिनाअघि माओवादी केन्द्र परित्याग गरेका अन्सारी यतिबेला चर्चामा छन् । मेडिकल व्यवसायी रहेका अन्सारीको लगानीको विषयले पनि वीरगन्जको राजनीति तरंगित तुल्याएको छ । अन्सारीको मेडिकल व्यवसायमा अन्तर्राष्ट्रिय खुफिया एजेन्सीको लगानीको कुरा वीरगन्जमा पनि उठाइएको छ ।
देशकै आर्थिक राजधानी र गेट वेको रूपमा रहेको वीरगन्ज महानगरमा मेयरका प्रत्यासी बनेका अन्सारीसँग बाह्रखरीकर्मी अक्षर काका अशोक पौडेलले गरेको कुराकानीको सम्पादित अंश ः


मेडिकल व्यवसायी तपाईं, वीरगन्जको प्रतिष्ठित व्यापारी हुनुहुन्छ, वीरगन्ज महानगरको मेयर पदमा उमेदवारी किन दिनुभयो ?

वीरगन्जको सर्वाङ्गिण र दीगो विकास नै मेरो उद्देश्य हो । वीरगन्जलाई सफा, हराभरा, व्यवस्थित सहर बनाउने प्रमुख लक्ष्यका साथ चुनावै मैदानमा खडा छु ।

Prabhu Bank
Agni Group
NIC Asia

 

विकासको रोडम्याम कसरी तयार पार्नुभएको छ ?

Global Ime bank

मैले चरण–चरणमा विकास गर्न भनेर खाका तयार पारेको छु, एकीकृत विकासको गुरु योजना नै मसँग छ भनेर बुझ्दा हुन्छ । जनकपुरबासीको आवश्यकतानुसार विकासको लक्ष्य बनाउने मेरो योजना छ ।
अहिले हेर्नुहोस्, वीरगन्ज धूलो धूँवाको साम्राज्य बनेको छ । यसको व्यवस्थान मुख्य विषय हो ।  वीरगन्ज महानगर त बन्यो कुनै पनि पूर्वाधार छैन । न नाला छ, न ढल निकासकै प्रवन्ध छ । सडकको दुर्दशा उस्तै छ ।  फोहोर व्यवस्थापन कसरी गर्ने कसैले सोचेकै छैनन् । आर्थिक केन्द्र, विकासको नगरी बनाउने त भन्छौँ तर नाक थुनेर हिँड्नुपर्छ, दुर्गन्ध छ । यसको व्यवस्थापन मेरो दोस्रो कार्ययोजना हो ।


विगतका निर्वाचनलाई केलाउने हो भने वीरगन्जमा एमाले कमजोर थियो, यसपटक जीतको सम्भावना छ त ?

कसले भन्यो वीरगन्जमा एमाले कमजोर छ । तपाईं मान्नूहोस् नमान्नूहोस्– एमालेले वीरगन्जमा जितिसक्यो । उमेदवारी दर्ताको दिन उर्लिएको जनसागरले त्यो कुराको पुष्टि गरेको छ । गाउँ–गाउँबाट आएका मानिस त्यसका प्रमाण हुन् ।

हिजो एमालेलाई पर्सा जिल्लामा बस्न दिँदैनौँ । वीरगन्जमा पस्न दिँदैनौँ भन्नेहरू कमजोर भएर कता अल्मलिएका छन्, म बुझ्न सकिराखेको छैन ।

वीरगन्जबासी जनतामा एमालेप्रति विश्वास बढेको छ । अर्को कुरा कांग्रेस, माओवादी केन्द्रले धोकाको राजनीतिक गरेका छन् । स्वयम् उपेन्द्र यादवले यो कुरा भन्दै हिँड्नुभएको छ । यसर्थ जनताको विश्वासको मत उनीहरूले पाउने अवस्था छैन । मधेसको विकास चाहने र गर्न सक्ने पार्टी एमाले नै हो भनेर यहाँको जनताले राम्ररी बुझेका छन् ।

संविधान संशोधन हुन नदिएको भन्दै जनता रुष्ट होलान् नि ?

हामी दिनहुँ घरदैलोमा गएका छौँ । जनताले त्यस्तो असन्तुष्टि व्यक्त गरेको मैले पाएको छैन । बरु उहाँहरूले विकास खोजिरहनुभएको छ । वीरगन्ज बन्द हड्तालमुक्त क्षेत्र बनाउनुपर्छ । बन्द सधैँका लागि बन्द गरिनुपर्छ । मजदुर–मालिक सबैले काम गरेर खाने वातावरण बन्नुपर्छ भन्ने उहाँहरूको चिन्ता छ । बाटोघोटो, पुलपुलेसा नबनेको गुनासो छ उहाँहरूको ।

विरोध गर्ने, आफ्ना मागहरू राख्ने अधिकार संविधानले नै सुरक्षित गरेको छ । तर, आफ्ना माग राख्ने बहानामा बन्द हड्ताल गर्ने, जनतालाई दुःख दिने तर आफूचाहिँ फाइदा कमाउने पक्षमा जनता किमार्थ उभिन सक्दैनन् ।

मलाई लागेको कुरा भन्छु– तराई–मधेसको विकासको खाका एमालेसँग बाहेक कसैसँग छैन । विगतमा एमालेले जति पनि राम्रा काम ग¥यो, त्यो क्यास गर्न सकेन । प्रचार–प्रसार गर्न सकेन । निर्वाचन राम्रो माध्यम भएको छ– जनतालाई आफ्नो कुरा भन्ने अवसर पाएको छ । 

पछिल्लो समय वीरगन्जबाट ठूला व्यापारीहरू पलायन हुने क्रम बढेको छ, यसलाई रोक्ने योजना के छ तपाईंको ?

राम्रो प्रसंग उठाउनुभयो । पछिल्लो समय, बन्द हड्ताल, चन्दा आतंक, लगानीको सुरक्षा नहुँदा व्यापारीहरू पलायन भएर अन्यत्र जाने क्रम बढ्यो । मैले उमेदवारी दिने चर्चा चलेपछि व्यापारी साथीहरूले मलाई छलफलमा बोलाउनुभयो, उहाँहरूले मसँग योजना माग्नुभयो । त्यस्तो मिटिङ दुई पटक भइसकेको छ । मैले प्रष्ट भनेको छु– वीरगन्ज कहिल्यै बन्द हुँदैन । जवर्जस्ती चन्दा उठाउन दिइँदैन । कसैले स्वेच्छाले दिन्छ ठिकै छ । धम्कीको भरमा पैसा अशुल्न सक्दैन कसैले ।

त्यस्तै मैले वीरगन्जको औद्योगिक विकासका लागि ‘फ्रि जोन’को अवधारणा अधि सारेको छु । ठूला उद्योगी, व्यवसायीहरूलाई कर आदिमा सहुलियत प्रदान गर्ने, रोजगारी सिर्जनाका लागि प्रोत्साहित गर्ने त्यसको उद्देश्य हो । यसका अतिरिक्त बस्तु निर्यात गर्ने उद्योग कलकाराखानालाई के सहुलियत दिन सकिन्छ र कसरी बढीभन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा महानगरले विशेष ध्यान पु¥याउनेछ ।

मैले यस्तो योजना सुनाएपछि उहाँहरू उत्साहित हुनुभएको छ । मलाई लाग्छ– उद्योगी, व्यवसायी पलायनलाई यसले निरुत्साहित तुल्याउँछ ।


तपाईंहरू ठूल्ठूला कुरा गर्नुहुन्छ तर वीरगन्जमा बाइपास रोडको दुर्दशा त्यस्तै छ । ढल निकास छैन । ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ, वीरगन्जबासीलाई तत्कालै राहत कसरी दिनुहुन्छ ? 

योजनामा इमान्दारी साथ लाग्ने हो भने असम्भव भन्ने कुरा केही छैन । वीरगन्जमा त आएको बजेट पनि फिर्ता जान्छ, फ्रिज हुन्छ कतिपय । कमिसन नपाई कामै नहुने अवस्था छ । 

म मेयरमा निर्वाचित भएको छ महिनामै वीरगन्जबासीले राहतको स्वास फेर्न पाउनेछन् । विकासको लहरै चल्नेछ । यसका अलावा म वृद्धभत्ता बढाउँछु । तराईमा विकराल समस्याका रूपमा रहेको छोराछोरीबीचको विभेद उन्मुलन गर्छु  । पाँच वर्षभित्रै महानगरलाई पूर्वाधार सम्पन्न देशकै नमुना महानगर बनाउँछु । महानगर किशोर, युवा, महिलामैत्री हुनेछ । अपांग, दलित, अल्पसंख्यक, जाति जनजाती कोही पिछडिनु पर्दैन । स्वास्थ्य, शिक्षाका पूर्वाधारको पर्याप्त विकास गरिनेछ । र, शैक्षिक, मेडिकल हबका रूपमा यो महानगर विकास हुनेछ ।


तपाईं मेयर बन्नकै लागि एमालेमा प्रवेश गर्नुभएको हो ?

होइन । म एमालेको नीति, सिद्धान्त, कार्यक्रम, राष्ट्रियतामा पार्टीले लिएको अडानबाट आकर्षित भएको हुँ । पार्टीले आवश्यकतानुसार मेयर पदमा उठाएको हो ।

पछिल्लो समय तपाईंको व्यवासायिक लगानीको विषयमाथि प्रश्न उठाइएको छ, तपाईंको मेडिकल व्यवसायमा खुफिया एजेन्सीको लगानी छ भन्ने कुरा आएको छ नि ?

यस विषयम कसरी आइरहेको छ, मैले बुझ्न सकिराखेको छैन । उहाँहरूलाई थाहा रहेछ त किन हिजो उठाउनु भएन र आज निर्वाचनको बेलामा आएर उठाउनु भयो ? हिजो सांसद् लड्ला किन यो विषय चर्चामा ल्याउनु भएन ?

यसर्थ उहाँहरू बसरुद्दिनको जीतबाट अत्ताल्लिनु भएको छ । कतिपय साथीहरूको निद हराम भएको छ । यस्ता विषय प्रसंग हिजो सांसद्मा उमेदवारी दिँदा उठाइएन किनभने त्यहाँ मैले जित्ने कुनै सम्भावना थिएन । यस्ता निराधार कुरा विक्षिप्त मानसिकताका उपज हुन् । 

तपाईंलाई अर्को कुरा पनि भनौँ–
त्यतिले नपुगेर कतिपय साथीले बसरुद्दिनको उमेदवारी खारेज हुन्छ, भयो भने सामाजिक सञ्जालमा लेख्नुभएको छ । बसरुद्दिनलाई अख्तियारले समाउँछ । ऊ चुनाव लड्न अयोग्य भइसक्यो भनेरसमेत प्रचार गर्नुभएको छ । यो पराजित मानिसकताको पराकाष्ठाबाहेक केही होइन ।

उसो भए तपाईंको व्यवसायमा दाउदको लगानी छैन ?

मैले नेपाल सरकारलाई कर बुझाएको छु । सरकारले छानविन गरोस् ।

एक पैसा पनि त्यस्तो अनुचित स्रोतबाट लगानी गरेको प्रमाणित गर्नुहोस्, यही सञ्चारमाध्यममार्फत त्यस्तो विषय उठाउने, व्यवसायिकतामाथि प्रश्न गर्नेहरूलाई चुनौती दिन चाहन्छु– यदि प्रमाणित भएको खण्डमा आवश्यक कारवाही भोग्न, सहन, बुझाउन तयार छु ।

यही विषयलाई लिएर तपाईंमाथि सुरक्षा खतरा बढेको कुरा साँचो हो ?

नितान्त झुठो कुरा हो यो । मलाई कुनै थ्रेट छैन । म सत्यका पक्षमा निर्भिक छु । सत्य मानिस कसैसँग डराउनु पर्दैन । यस्ता अफवाह पानीका फोका हुन्, क्षणमै उठ्छन्, पलभरमै विलाउँछन् । इमान्दारी मानिस कोहीकसैसँग तर्सनु पर्दैन ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC