विचार

वर्ण विन्यासमा लेख्यसँग कथ्य निकटता

शर्वराज आचार्य

नेपाली भाषाको वर्ण विन्यास तत्सम शास्त्रीयताबाट अनुप्राणित थियो । तत्समता सस्कृत भाषामात्रनभई आगन्तुक भाषामा पनि रह्यो । त्यस कारणनेकशुले÷नेपाली कसरी शुद्ध लेख्ने ?(१९९१ः४) ले संस्कृत र आगन्तुक स्रोतका शब्दमा तत्सम (भूमि, कीर्ति, सूर्य, देश, हजूर, मयूर, कानून, तरीका, तपसील) वर्ण विन्यास अनुसरण गरेको देखिन्छ ।तत्समताले गर्दा नै तद्भव शब्दमा समेत क्षतिपूर्ति दीर्घ गर्ने ( दूध, बूढो, तीतो, मीठो, तातो) र पञ्चम वर्ण  (अञ्चल, पञ्च, सञ्चो, झण्डा, बण्डल) तथा श, ष मा (शहर, शहीद, शक्नु, जश, रजिष्टर, चश्मा) वर्ण विन्यासको प्रयोग गर्ने प्रचलन रह्यो ।

संस्कृत भाषाको उच्चारण अनुसारी वर्ण विन्यासलाई व्याकरणकार पाणिनिको शिक्षाशास्त्रले व्यवस्थित बनाएको थियो । नेपाली भाषामा संस्कृत भाषाको जस्तोउच्चारण सिकाउने शिक्षाशास्त्र थिएन । लगभग वि.संं.२०२८ सम्म नेपालीमा के कस्तो उच्चारण हुन्छ भनेर नेपाली वर्ण व्यवस्थाको खोज भएको देखिँदैन । नेपालीमानिजी वर्ण नै थाहा नभई वर्ण विन्यासको थालनी भयो । थाहा नपाएका वर्णबाटवर्ण विन्यासमा एकरूपता र स्थिरता ल्याउन खोजियो । नेपाली र संस्कृत भाषाको उच्चारण व्यवस्था नै फरक भएकाले संस्कृतमा जस्तो नेपाली वर्ण विन्यासमा एकरूपता आउन सकेन । नेपालीमौलिक वर्णहरुको खोज नभएकाले “यद्यपि बहुनाधिषे पठ पुत्र, व्याकरणम् ।

स्वजनः श्वजनो मा भूत् सकलं शकलं सकृत् शकृत्”भन्ने संस्कृतको सकार सम्बन्धी वर्ण विन्यासका निम्ति उपयोगी श्लोकनेपालीमा पनि सिक्ने र सिकाउने प्रवृत्तिबस्यो ।

यस श्लोकले धेरै नपढे पनि व्याकरण पढ नत्र दन्त्यस्थानी पातलो स र तालव्यस्थानी मोटो शको उच्चारण गर्न नजानेर स्वजनः, श्वजनः, सकलम्, शकलम्, सकृत् र शकृत् जस्ता शब्दको अर्थलाई फरक पार्छ भनेको छ । 

नेपाली वर्ण विन्यासले हिन्दी प्रभावलाई पनि अनुसरण गरेको देखिन्छ । तद्भव र आगन्तुक शब्दमा भारतको वाराणसीस्थित नागरिक प्रचारिणी समितिले लेख्न प्रारम्भ गरेको मीठो, कीरो, मूसो, पन्यू, उल्लू, शहीद, कानून, लागू, अमीर, तलीम, राजीनामा, रजीष्टर, गरीब, बीस, तीस जस्ता वर्ण विन्यासनेपाली भाषामा लेख्न थालेको देखिन्छ । राममणि आदीले त्यस बेलाको छपाइ प्रविधिका कारण पनि शास्त्रीय तत्सम र हिन्दी वर्ण विन्यासको अनुकरण आवश्यक ठाने । नेपाली उच्चारणमा पाइने तद्भवीकरण र लेखनमा देखिने पद वियोग गर्ने प्रवृत्तितर्फ ध्यान दिइएन। तरत्यस बेलाका लेखनमा पनि तद्भवीकरण र पद वियोग गर्ने गौण प्रचलन भने देखिन्छ ।यसलाईनिम्न ४ वटा पक्षबाटप्रस्ट पार्न सकिन्छ :

१. उच्चारणकोधार 

प्रारम्भमा वर्ण विन्यास सम्बन्धी उच्चारणका असचेत र सचेत धार देखिन्छन् । यी धारभित्र भानुभक्त आचार्यले आफ्ना हस्त लिखित रामायण र चिठीपत्रमा पद्य र गद्यमा लोक्, दिन्, मानिस्, वापत्, पढ्दैनस्,ज्यान्, लात्, मानिस्,विस्, ढकाल् लेखी असचेत उच्चार्य निकट लेख्य नेपालीलाई हिँडाउन खोजेका छन् । यिनको गद्य र पद्य लेखनमाआवश्यकता अनुसार उच्चार्य वर्ण विन्यास प्रयोग गरिएको छ । यस समयतिर वर्ण विन्यास सम्बन्धी औपचारिक नियम बनेका देखिँदैनन् । तर भानुभक्त आचार्यले असचेत बनी कथ्यनिकट हस्त लेखन गरेका छन् । उच्चारणको सचेतमा भने वर्ण विन्यासका औपचारिक नियमलाई ध्यान दिएर भाषालेखिन्छ । सचेत धार सक्रिय हुन थालेपछि नेपाली वर्ण विन्यासका नियम बनेका भेटिन्छन् । यस धारभित्र निम्न उपधार भेट्टाउन सकिन्छ ः 


क.उच्चारण दूरता

विश्वमणि दीक्षिताचार्य (१९७०)राममणि आदी (२०२९)र लेखनाथ पौड्याललेवर्ण विन्यासलाई उच्चारण दूरतातर्फ लगेका छन् । वि.सं. १९६५ तिर राममणि आदीले सञ्चालन गरेको हलन्त बहिष्कार आन्दोलन उच्चारण दूरताको पहिलो प्रयास थियो । आन्दोलनले भानुभक्तीय उच्चारण निकटतालाई पछ्याएन । यसलाई कवि लेखनाथ पौड्यालले “थामी नसकनु भारी परखार बडे बडे । नेपाली कविले खुट्टा काटेका वर्ण झैँ लडे ।” भन्ने कविता लेखेर हलन्त बहिष्कारको प्रयोग गर्दै समर्थन गरे । हलन्त बहिष्कारले वाराणसीको नागरी प्रचारिणी समितिको हिन्दीमा प्रचलित हिज्जेलाई अनुकरण गर्यो, कागत, असल, खरच, जानछन, गरनु, मीठो, बूढो, शहर, तालीका जस्तो हिज्जे लेखी उच्चारण दूरता अँगाल्यो । राममणिले नेपाली क्रिया लेखे जस्तै हिन्दीमा पनि पढना, लिखना, करना आदि क्रिया लेखिन्छन् । यस दूरताले नेपाली वर्ण विन्यासलाई हिन्दी र संस्कृत तत्सम शास्त्रीयतातर्फ धकेल्यो । शास्त्रीयताले नेपाली मौलिक ध्वनि, तद्भवीकरण र पद वियोग गर्ने प्रवृत्तितर्फ चासो राखेन । 

ख. उच्चारणनिकटता

हलन्त बहिष्कारले शास्त्रीयतातर्फ लगेको वर्ण विन्यासलाई हेमराज पाण्डे (ं१९६९), सोमनाथ सिग्द्याल (१९७६) र नेकशु? (१९९१) ले उच्चारण दूरता र निकटताको मध्यम मार्ग अवलम्बन गरे । यिनीहरुबाट नाम, सर्वनाम, विशेषणको वर्ण विन्यासमा हलन्त बहिष्कार स्विकारियो । यो बहिष्कार नेपाली भाषालाई शास्त्रीयताको बन्धनमा बाँध्ने दिशातिर उन्मुख थियो ।तरक्रियालाई भने जान्छन्, हुन्छ, गर्नु, लेख्नु लेख्ने नियम बनाएर वर्ण विन्यासलाई हिन्दी प्रभावबाट मुक्त गरी उच्चारण निकटतातर्फ लगेको देखिन्छ। यिनीहरुकोप्रयासलेगर्दा नेपाली क्रियाको वर्ण विन्यास जस्तो उच्चारण हुन्छ त्यस्तै लेखिए । अर्थात्,उच्चारण निकटता देखिने गरी नेपाली क्रियाहरु लेखिए । उच्चारण निकटतामाक्रियाको वर्ण विन्यासलाई मानकीकरण त भयो । तर अन्य पदवर्ग वा शब्द र पद वियोगमा तत्सम शास्त्रीयता र हिन्दी प्रभावबाट भएको मानकीकरणभने यथावत् रह्यो । यस प्रभावले नेपाली वर्ण विन्यासलाई उच्चारण निकटतामा उभिनदिएन ।

ग. अतिकथ्यता

शास्त्रीयता र हिन्दी वर्ण विन्यासको अनुसरणको आडमामानक लेख्य नेपाली वर्ण विन्यास मौलिक उच्चारण व्यवस्थाबाट टाढिएको थियो । वर्ण विन्यासमा कथित क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलन पनिशास्त्रीयता र हिन्दी प्रभावकै उदाहरण हुन् । यस प्रभावले पद वियोग सहित नेपाली वर्ण विन्यासलाई उच्चारण दूरतातर्फ लगेको देखिन्छ । वि.सं.२०३४ को त्रिभुवन विश्व विद्यालयबाट आयोजित नेपाली भाषा अधिगोष्ठीले तत्सम बाहेक अन्य स्रोत (तद्भव र आगन्तुक) काशब्दलाई तद्भवीकरण र समस्त शब्दलाई पद वियोग गर्न थालनी ग¥यो । यसको उल्लेख अनिवार्य नेपालीको लिथो पुस्तक (२०३९) र  नेपाली बृहत् शब्दकोश (२०४०) को भूमिकामा पाइन्छ ।

वि.सं.१९५८ तिर दार्जिलिङका गंगा प्रसाद प्रधानले अतिकथ्य नेपाली भाषाको पक्षमा गोर्खे खबर् कागत् पत्रिका प्रकाशित गरेका थिए। यिनले वि.सं.१९७२ तिर काठमाडौँमा प्रचलित हलन्त बहिष्कारवादी र हिन्दी प्रभावित नेपाली वर्ण विन्यासलाई काशीभासे बोलीको संज्ञा दिएका थिए । तद्भवीकरण थालनी हुनुभन्दा अगाडि महानन्द सापकोटाजनजिब्रो (२०२०)र शिवराज आचार्य (२०३०) अतिकथ्यता अनुसरण गरेको देखिन्छ ।वि.सं.२०१७ पछि सकार जति पातलो स र ह्रस्वदीर्घमध्ये ह्रस्व लेखन अभियान चलाएर रूपरेखा, झिसमिसे, नौलो साहित्य, छहरा आदि विभिन्न पत्रिकालेअतिकथ्यतालाई वर्ण विन्यासमा भित्र्याउन खोजेको देख्न सकिन्छ । यस वि.सं.२०३४ को तद्भवीकरण प्रारम्भपूर्वका प्रकाशित पत्र पत्रिकाहरु हेर्दा कतै तत्समको मात्र प्रभाव र कतै अतिकथ्यको प्रभाव भेटिन्छ । यस समयमा नेपाली वर्ण विन्यास लेखन ज्यादै भद्रगोल बनेको देख्न सकिन्छ । 

घ.कथ्यसँग लेख्य निकटता 

पुष्कर शमशेरले वि.सं.२००८ तिर नेपालीवर्ण विन्यास कथ्यसँग निकट नबसी कथ्य दूरतातर्फ गएको देखाएका छन् । मानक नेपाली लेखनमा कथ्यसँग लेख्य निकटता हुनु पर्छ भन्ने यिनी पहिला व्याकरणकार हुन् । यिनले नेपालीमा पनि लेख्य र कथ्य भिन्नता रहेको सोदारण पुष्टि गरे; जस्तै : लेख्यमा कन्या र यज्ञ हुन्छ भने कथ्यमा कन्न्या÷यग्यँ । यिनले कथ्यसँग लेख्य निकटताको सङ्केत गरे तर यसलाई विस्तारमा उल्लेख गरेनन् । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो शब्दकोश लेख्ने बालचन्द्र शर्मा (२०१९) ले देवनागरी लिपिमा उच्चारण अनुसार हिज्जे लेख्न सकिने बताएको छ । शब्दकोशले केही आगन्तुक शब्दमा  सुपरिटेन्डेन्ट,  चिम्टा, पन्जा, टन्टा, गुन्टा, सन्जोग, सन्चोलेखेर नेपाली कथ्यसँग लेख्य निकटता देखाएको छ । बल्लभ मणि दाहाल (२०३३) लेनेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट आयोजित नेपाली भाषा अधिगोष्ठीको“नेपाली भाषा र कोश” भन्ने कार्यपत्रमा वैयाकरण र कोशकारलाई नेपाली भाषाको स्तरीय उच्चारणतर्फ ध्यान र खोज गर्न अनुरोध गरे । कथ्य विविधताभित्र स्तरीय कथ्यको खोज नगरी कथ्यसँग लेख्य  निकटतामा नेपालीको वर्ण विन्यास राख्न नसकिने बताए । कथ्यसँग लेख्य निकटताले तद्भवीकरणको आवश्यकता औँल्यायो । बालचन्द्र र बल्लभ मणिको भनाइपछि नेपाली भाषा तद्भवीकरणतर्फ चलायमान भयो । 

कथ्यसँग लेख्यलाई निकट राख्न सकेको भए भारत वर्षमा अझै पनि संस्कृत भाषा जीवित रहन्थ्यो । कुनै पनि भाषालाई जीवित राख्नको निम्ति उसलाई कथ्यसँग लेख्य निकट बनाउँदै जानु पर्छ । यसरी निकट राख्न सकिएन भने नेपाली भाषा पनि केही शताब्दीपछि संस्कृत जस्तै जीवित रहन सक्तैन । अहिले पनि प्रचलित नेपालीमा कथ्यसँग निकट नभएका नेपाली मानक शब्दहरु निर्जीव भइ सकेका छन् । विश्व विद्यालय र विद्यालय तहमा नेपाली भाषा शिक्षण गर्ने शिक्षकहरुले यस्ता मृत शब्दहरुको अनुभव गर्दा हुन् । अहिले देखिएका वर्ण विन्यास सम्बन्धी वाद विवादलाई नेपाली भाषालाई मृत्युबाट जोगाउने र नजोगाउनेतर्फ केन्द्रित मान्न सकिन्छ । 

२. तद्भवीकरणको आवश्यकता

    कथ्यसँग लेख्य निकटताको प्रमुख आधार नै तद्भवीकरण हो ।  तद्भवीकरणलाई लोकभाषा वा प्राकृत भाषाको प्रकृति मानिन्छ । नेपाली भाषालाईपनि लोक वा प्राकृत भाषा भनिन्छ । तद्भवीकरणले लोकभाषालाई तत्सम र अन्य भाषाको प्रभावबाट मुक्त गराउँदैसम्बन्धित भाषाका मौलिक विशेषता र प्रवृत्तितर्फ डोर्याउँछ । हलन्त बहिष्कारदेखि नेपालीलाई तद्भवीकृत भाषा भनिए पनि वि.सं.२०३४ को नेपाली भाषा अधिगोष्ठी वा वि.सं. २०४०नेपाली बृहत् शब्दकोशपूर्व वर्ण, शब्द (आगन्तुक र तद्भव) र पद वियोगलाई तद्भवीकरण गरेको देखिँदैनवि.संं.२०१७ पछि नेपाली वर्ण विन्यासमा देखिएको भद्रगोल सिर्जना भएको थियो । झर्राेवादी, पातलो स, ह्रस्व लेखन र उच्चारणानुसरी लेखन अभियानले नेपाली वर्ण विन्यासमा आएका ठुलो बेथिति आएको थियो । यो बेथितिबाट नेपाली वर्ण विन्यासलाई मुक्त गराउन त्रिभुवन विश्व विद्यालयको भाषा अधिगोष्ठीको महत्त्वपूर्ण भूमिका रहेको छ । वर्ण विन्यासमा आएको बेथितिलाई नियन्त्रण गर्न तद्भवीकरण गर्नु पर्ने आवश्यकता ठानेर त्रिविको पाविके (२०३४ र नेबृश (२०४०) ले सर्वप्रथम वर्ण विन्यास परिवर्तन गरेको देखिन्छ ।विक्रमको एक्काइसौँ शताब्दीको चौथो दशकमा पुग्दानेपाली भाषामा वर्ण निर्धारण, शब्द तद्भवीकरण र तद्भवीकरण सम्बन्धी दृष्टिकोण स्पष्ट आइ सकेकाले तद्भवीकरणबाट यो नेपाली वर्ण विन्यासको बेथितिलाई नियन्त्रण गरेको बुझिन्छ ।

क.वर्ण निर्धारण 

बल्लभ मणि दाहालले सन् १९७१ मा अल इन्डिया लिङ्गुइस्टिक कन्फ्रेन्समाप्रस्तुत गरेको कार्यपत्रर चूडामणि बन्धुको नेपाली भाषाको उत्पत्ति (२०३२) मा नेपाली भाषाको विभेदक वर्णको निर्धारण पाइन्छ  । वर्ण निर्धारणले तत्सम शास्त्रीयता, हिन्दी प्रभाव र कथ्यसँग लेख्य दूरता हटाउन र भाषालाई तद्भवीकरण गर्न सहयोग पु¥यायो । तद्भवीकरण हुँदा नेपाली भाषामा ञ, ण, श, ष, क्ष, ज्ञ बाहेक अ, आ, इ, उ, ए, ओ जस्ता मूल स्वर र अन्य क, ख, ग, घ, ङ, च, छ, ज, झ, ट, ठ, ड, ढ, त, थ, द, ध, न, प, फ, ब, भ, म तथा य, र, ल, व, स, ह वर्णको उच्चारण हुन्छ । यी वर्णहरु तत्सम र तद्भव नेपाली शब्दको आदि, मध्य र अन्त्यमध्ये कुनै एक परिवेश वा सबै परिवेशमा आएर उच्चरित हुन्छन् । नेपाली व्याकरणमा भने हेमाङ्ग राज अधिकारी (२०४९) ले सम समसामयिकनेपाली व्याकरणमा उच्चार्य वर्ण र तत्सम लेख्य वर्णको सीमा देखाएर नेपाली भाषाको उच्चारणमा ञ, ण, श, ष, क्ष, त्र, ज्ञ जस्ता व्यञ्जन र ई, ऊ, ऋ, ऐ, औ, अं, अः वर्ण नभएको उल्लेख गरे । वि.सं. २०५१ देखि विश्व विद्यालयको प्रमाणपत्र र वि.संं २०५७ देखि स्नातक तहको शिक्षण प्रशिक्षणमा २९ वटा उच्चार्य वर्णहरुको पनि अध्यापन हुन थाल्यो ।

त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली शिक्षण निर्देशिका (२०६६) ले पनि  नेपाली उच्चार्य वर्ण र लेख्य वर्णहरुको चर्चा गर्यो ।नेप्रप्र (२०६७) ले विद्यालयको आधारभूत तहमा द्य, द्व, क्त, द्द, त्त जस्ता संयुक्त वर्णको लेखन र उच्चारणमा अप्ठेरो देखेर यस्ता वर्ण विन्यासलाई सकेसम्म हलन्त व्यञ्जन (विद्या, पद्य, विद्वान्, उद्देश्य, भक्ति, पत्ती आदि) लेख्न प्रोत्साहन गर्यो ।शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्र (२०६९) बाट पनि यसैलाई अनुसरण भयो । 

पछिल्ला दिनमा आएर वर्ण निर्धारण र संयुक्त वर्ण लेखनलाई प्राज्ञिक दृष्टिले भन्दा विद्यालयको आधारभूत तहमा सिकाइका दृष्टिले नेपाली साउँ वर्ण र संयुक्त वर्णलाई हेर्न थालियो। त्यस कारण विद्यालयका पाठ्य पुस्तकहरुमा सहज सिकाइका दृष्टिले नेपाली मानक कथ्यमा सुनिने ध्वनिसँग लिपिको मेल गराई वर्ण र शब्दहरु लेखिए । संस्कृत परम्परादेखि हुर्कँदै आएको वर्ण निर्धारणको शास्त्रीय र प्राज्ञिक दृष्टिकोणले आधारभूत तहको सिकाइ, ध्वनि र लिपिको मेललाई सम्बोधन गर्न सेकेको छैन ।

किन्तुनेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) मा संयुक्त व्यञ्जनका उल्लिखित आधारभूत लिपिचिह्नको प्रविष्टिलाई गलत भएको भनी वि.सं. २०७३ कार्तिक ३० गतेका दिन उल्टाउने निर्णय गर्यो भने आधारभूत तहको सिकाइ गराउने नेपाल सरकारको शिक्षा मन्त्रालयले वि.सं.२०७३ चैत्र २९ गते संयुक्त वर्ण लेखनमा पुनः शास्त्रीय र प्राज्ञिक निर्णय गर्न पुगेको देखिन्छ । शिक्षा मनोविज्ञान र सिकाइ सम्बन्धी बाल अधिकारका दृष्टिबाट यस निर्णयले सजिलोसँग संयुक्त व्यञ्जन सिक्न पाउने बाल अधिकारको अपहरण भयोभन्ने ठानिन्छ । 

ख. शब्द तद्भवीकरण 

वर्ण निर्धारण भएपछित्रिभुवन विश्व विद्यालयका नेपाली शिक्षकहरुको अधिगोष्ठी (२०३४ं) देखि वर्ण विन्यासमा नेपाली शब्दहरुको तद्भवीकरण गर्ने काम प्रारम्भ भएको छ । यसले असिस्टेन्ट, हाजिर, दुस्ट्याइँ, मुख्र्याइँ, दुधालु पुजारी बुढ्याइँ, मितेरी, तिते, दियालो, पिराहा, सुर्याइँ, पन्डित्याइँ, स्विकार्नु  जस्तो तद्भवीकृत शब्द र केही आगन्तुक शब्दलाई सर्वप्रथम तद्भवीकरण गर्यो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले नेबृश (२०४०) मार्फत् दुस्ट्याइँ, दुधालु पुजारी जागिर नतिजा, असिस्टेन्ट, हाजिर लेखेर विश्व विद्यालयको नेपाली भाषा अधिगोष्ठी (२०३४) ले प्रारम्भ गरेको यो शब्द तद्भवीकरण अभियानलाई स्वमित्वमा लियो । यसले आगन्तुक शब्द र तद्भव प्रत्ययले व्युत्पन्न तत्सम शब्दहरुको तद्भवीकरण गरायो । 

कवि मुकुन्द शरण उपाध्याय भने वि.सं. २०३५ देखि नै यो तद्भवीकरणको अभियान विपरीत उभिए। उनी विना नेपाली वर्ण निर्धारण निष्पत्ति वा निरुक्तिबाटशब्दको वर्ण विन्यास खोज गर्न थाले । यिनले शब्दको निरुक्ति देखाएर ह्रस्वदीर्घ, श, ष र सलाई विश्लेषण गरेका छन् । निरुक्तिकै आधारमा तत्सम, आगन्तुक, तद्भव प्रत्यय व्युत्पन्न शब्द, क्षतिपूर्ति दीर्घीभवन र शिष्ट प्रचलनका शब्दको वर्ण विन्यासलाई यथावत् राखेका छन् । यस बाहेक  सर्वनामलाई कथ्यको निकटमाराखेर, विभक्ति र नामयोगीलाई पद वियोग गरेर, समस्त शब्दलाई कतै तत्सम शास्त्रीयता र कतै नेपाली लेखन प्रवृत्तिलाई अनुसरण गरेर वर्ण विन्यासमा केही सुधार गरेका छन् । उनले टर्नर, पुष्कर शमशेर, बल्लभ मणि दाहाल, चूडामणि बन्धु र रोहिणी प्रसाद भट्टराईका वर्ण निर्धारणदेखि हालसम्म सुधार हुँदै आएका दृष्टिकोण, वर्ण विन्यास र तद्भवीकरणप्रति असहमति राखेका छन् । मुकुन्द शरण उपाध्याय (२०६८) ले आफ्नो व्याकरण चिन्तन भन्ने कृतिमातद्भवीकरणबाटआएको वर्ण विन्यासले नेपाली भाषा विश्व भाषा नबनेर भाषिका बन्छ भन्ने दृष्टिकोण व्यक्त गरेका छन् । यिनकानेपाली ध्वनि सम्बन्धी दृष्टिकोणहरु आधुनिकध्वनि प्रयोग शालाका निष्कर्षसँग पनि असहमत देखिन्छन् । 

नेराप्रप्र (२०५७) ले सङ्ख्या वाचक बाहेक क्षतिपूर्ति दीर्घीभवन, शिष्ट प्रचलन र आगन्तुक शब्दलाई तद्भवीकरण गरेर तद्भवीकरणको स्वामित्व विस्तार गरेको देखिन्छ । यसपछिकानुन, सहिद, बुढो, तितो किरो, मिठो, बुढो, फुल, दुध, जुन, पिठो, मित, दुबो, पुरा, रुख, चिसो, जिउ, बिउ, गहिरो, घिउ, गहिरो, पिर जस्ता शब्दहरु तद्भवीकृत वर्ण विन्यासमा देखिए । शब्द तद्भवीकरणको कुरा गर्दा प्रचलित श्रुतिसम भिन्नार्थी फूल/ फुल, तिन/तीन र जून/जुन जस्ता शब्दहरु पनि चर्चामा आउँछन् । नेपाली भाषामा यस्ता शब्दको उच्चारणमा आउने ध्वनिले अर्थमा फरक ल्याएको पाइँदैन । नेपाली भाषामा दीर्घ उच्चारण हुने ई वा ऊ वर्ण अर्थ भेदक बनी आउँदैनन् ।

अर्थ भेदक नहुँदा ह्रस्वदीर्घ लेखेका आधारमा अर्थ फरक हुन्छ भन्नु समाज भाषा विज्ञानको प्रभाव मानिन्छ । तर विद्यालयका बाल बालिकाहरुसिकाइका दृष्टिले समाज भाषा विज्ञानभन्दा मनोभाषा विज्ञानका निकट हुन्छन् । मनोभाषा विज्ञानका दृष्टिले विद्यालयमा सिकारु बाल बालिकालाई फूल/फुल, जून/जुन कथित श्रुतिसम शब्दको अर्थबोधमा भिन्नता हुँदैन । बेलायतका समाज भाषा वैज्ञानिक फोर्थले शब्दको अर्थबोध भन्ने कुरा सन्दर्भ वा प्रसङ्गसँग सम्बन्धित हुन्छ भनेका छन् । फोर्थभन्दा अगाडि १४ औँ शताब्दीका आचार्य विश्वनाथलेआफ्नो कृति साहित्य दर्पणको दोस्रो परिच्छ्दमा शब्दको अर्थ कसरी निस्कन्छ  भन्ने कुरा निम्न किसिमले उल्लेख गरेका छन्, जस्तै :

“संयोगविप्रयोगश्च साहचर्र्यविरोधिता । अर्थः प्रकरणं लिङ्गं शब्दस्यान्यस्य सन्निधिः ।।
सामथ्र्यमौचितिः देशः कालो व्यक्तिः स्वरादयः । शब्दार्थस्यानवच्छेदे विशेषस्मृतिहेतवः ।।” 

अर्थात् शब्दको अर्थ पूर्वापर संयोग, विप्रयोग (वियोग) साहचर्य, अर्थ (प्रयोजन) प्रकरण, लिङ्ग, अन्य शब्दसँगको निकटता, सामथ्र्य (शक्यता), औचित्य, देश, काल, व्यक्ति, स्वर (सुर) आदिले निर्धारण गर्छ । यसबाट के स्पष्ट हुन्छ भने जुन/जून, फुल/फूल, तिन/तीन, आदिमा पनि पूर्वापर सन्दर्भले अर्थ बुझ्न कठिनाइ हुँदैन ।

अहिले साँचो जस्तै फुल, र जुनका ह्रस्वदीर्घ लेखन कृत्रिम ठानिएका छन् । ह्रस्वदीर्घको कृत्रिमताभित्र अर्थभेदकता देख्नुदृष्टिकोणको अलग पाटो हो । आजको वैज्ञानिक शिक्षण सिकाइको युगमा कलिला बाल बालिकाको सिकाइमा कृत्रिमतालाई प्रवेश दिनु राम्रो मानिन्न । 

शब्दहरुकोकथ्यसँग लेख्य निकट वर्ण विन्यास गराउँदात्रिभुवन विश्व विद्यालयको अनिवार्य नेपाली शिक्षण निर्देशिका(२०६६)  लेसर्वप्रथम सङ्ख्या वाचक शब्दलाई बिस, चालिस, आसिऔँ, साठिऔँ लेखी तद्भवीकरणगर्यो । यस शब्द तद्भवीकरणलाई सबैको नेपाली (२०६७), नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा सङ्गोष्ठी (२०६७) र शिक्षामन्त्रालयको पाठ्यक्रम विकास केन्द्र (२०६९) हरुले समेत अनुसरण गरे । यस्तो अनुसरणले विद्यालय तहका पाठ्य पुस्तक र शिक्षण सिकाइमा तद्भवीकरण भएका वर्ण विन्यासले प्रवेश पाए । 

क्रमश...
 

तपाईंको मत