घटना क्रम

शिल्पा शेट्ठीको तस्बिर लिँदा बाउन्सरसँग पिटापिट, बाउन्सर गिरफ्तार 

काठमाडौं । पति राज कुन्द्रासँग मुम्बइको एक रेष्टुरेन्टमा खाना खान पुगेकी अभिनेत्री शिल्पा शेट्ठीको एक व्यक्तिले तस्बिर लिने प्रयास गरे । जब उनले तस्बिर लिने प्रयास गरे तब शिल्पाले पनि विभिन्न पोज दिइन् । 

त्यही मौकामा होटलका बाउन्सर र फोटोग्राफरबीच भनाभन हुन थाल्यो ।

त्यसपछि हानाहान नै सुरु भयो । फोटो ग्राफर बाउन्सरको कुटाइबाट घाइते भए । त्यहीबेला रेष्टुरेन्टमा आएका प्रहरीले बाउन्सरलाई पक्राउ गरेको भारतीय मिडियाले बताएका छन् ।


 

तपाईंको मत