site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दशैंको टिकट बुकिङ २७ गतेदेखि, छतमा सामान राख्न दिइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दशैमा राजधानीबाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले आगामी मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । 

मुलुकभर बर्षाद्को पानीका कारण बिग्रिएका सडक मर्मत गरेर सहज यातायातको व्यवस्था मिलाई सार्वजनिक सवारी साधनका छतमा सामान राख्न दिन सरकार सहमत भएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाउने विषयमा सहमति जनाएका हुन् । शनिबार यातायात व्यवस्था मन्त्री वीर बहादुर बलायरको उपस्थितिमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहितको बैठकले यस्तो सहमति जुटाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा राजधानीबाट बाहिर जाने प्रमुख नाका मुग्लिङ–नारायणगढ सडक खण्डमा २८ गते बाट चौबिसै घण्टा यातायात संचालन गर्ने सरकारले मिलाउने सहमति पनि भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

व्यवसायीले सडकको अवस्था सुधार तथा छतमा सामान राख्न पाउनुपर्ने आफुहरुको माग पुरा नभएसम्म टिकट बुकिङ खुल्ला नगर्ने बताउँदै आएका थिए । यता, पुर्वसहमति पालना नभएपछि यातायात व्यवस्था विभागले शुक्रबार यातायात व्यवसायीका नाममा ८ बुँदे निर्देशन दिएको थियो । 

Global Ime bank

विभागले १५ दिन अगाडि टिकट बुकिको व्यवस्था मिलाउन, सिट संख्या अनुसार यात्रु राख्न, छतमा यात्रुका झोला मात्रै राख्न तथा तोकिएको भाडा दर कायम गरि स्पष्ट उल्लेख भएको टिकट यात्रुलाई दिनुपर्ने लगायत निर्देशन दिदै अग्रिम टिकट बुकिङ नखुलाए कारवाही गर्ने चेतावनी दिएको थियो । महासचिव सिटौलाले विभागको निर्देशन आफुहरुलाई नआएको भन्दै अनविज्ञता जनाए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC