site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बसरुद्दिन निःशर्त एमालेमा आउनुभएको हो
Sarbottam CementSarbottam Cement

दुई नम्बर प्रदेशको कुल १३६ तहमध्ये एमालेले ६२ तह जित्ने लक्ष्य राखेको छ । र, परिणाम आफ्नो पक्षमा पार्न केन्द्रीय नेताहरू तराई–मधेसको विभिन्न जिल्लामा खटिएका छन् । निर्वाचनको दौडधूपमै रहेका एमाले दुई नम्बर प्रदेश सहसंयोजक एवम् पोलिटव्युरो सदस्य नागेन्द्र चौधरीसँग बाह्रखरी युनिटको बाराको सिमरामा जम्काभेट भएको थियो । चौधरीसँग अक्षर काकाअशोक पौडेलले गरेको कुराकानीको सम्पादित अंश । 

दुई नम्बर प्रदेशमा आश्चर्यजनक उत्साह छाएको छ । ६ हजार पदका लागि ३६ हजार उमेदवार मैदानमा खडा भएका छन्, यसको राजनीतिक अर्थ के हो ?

चुनावअगाडि केही बुद्धिजीवीहरूले आँकलन गरेका थिए– तराई मधेसमा निर्वाचनको वातावरण छैन । आन्दोलित छ तराई । आफ्नो अधिकार संविधानमा स्थापित नभएसम्म तराईमा चुनावको माहोल बन्न सक्दैन । हेर्नुहोस् त निर्वाचनमा कस्तो उत्साह छायो ? हामीले त यसअघि नै भनेका थियौँ– पहिलो चरणमा तराईमा निर्वाचन गराउन सकिन्थ्यो । दुई नम्बर प्रदेशका जनता आन्दोलनबाट आजित छन् । उनीहरूले शान्ति खोजिरहेका छन् । निर्वाचन खोजिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई नम्बर प्रदेशमा एमाले छिर्नै सक्दैन, निर्वाचनको माहोल तयार परेर अघि बढ्न गाह्रो छ उसलाई भन्ने चर्चा परिचर्चाका बीच दुई नम्बर प्रदेशमै निर्वाचनको प्रचार–प्रसारको केन्द्रीय समन्वय गरिराख्नु भएको छ, कस्तो पाउनु भयो अवस्था ?
निर्वाचनपूर्व केही अड्कल काटिए– एमाले तराई पस्न सक्दैन । छिर्नै दिँदैनौँ । तराई–मधेसमा एमाले जानै सक्दैन आदि, इत्यादि ।

एमाले स्याल हुइँयाको पछि दगुर्ने पार्टी होइन, भूगोलमा जनताको बीचमा बसेर काम गर्ने पार्टी हो । १ सय ३६ तहमा नै उमेदवारी दर्ता हुँदा एमालेकै सबैभन्दा ठूलो जुलुस निस्किएका छन् । सबै ठाउँमा एमालेले उमेदवारी दिएको छ । नेकपा एमालेका उमेदवार कतिपय ठाउँमा निर्विरोध निर्वाचित हुँदैछन् पनि । एमालेलाई दुई नम्बर प्रदेशमा छिर्नै दिँदैनौँ भन्नेहरूलाई यो भन्दा ठूलो जवाफ अरू हुन सक्दैन ।

Global Ime bank

तपाईंहरूले तालमेलको कुरा पनि गर्नुभएको थियो, तर कहीँकतै भएन, सहकार्य गर्न कोही तत्पर भएनन् हो ?
हामी अहिलेसम्म एक्लै छौँ । यसको अर्थ यो होइन, कोही तयार भएनन् । हामीले सघन सम्वाद गरिरहेका छौँ । तालमेलको ढोका खुला छ । तहगत हिसाबले तालमेल गर्न चाहनेसँग छलफल पनि भइरहेको छ । उमेदवारीको दाबी विरोधदेखि मतदान गर्ने दिनसम्म जारी रहन्छ । निर्वाचन प्रचारप्रसारका क्रममा हामीले कसैलाई समर्थन गर्ने समझदारी बन्यो भने समस्या रहँदैन ।

को–को सँग तालमेल गर्नुहुन्छ ?
त्यो जिम्मा हामीले स्थानीय तहलाई नै जिम्मा दिएका छौँ । मैले थाहा पाएसम्म कांग्रेस, राजपा, माओवादी केन्द्र, संघीय समाजवादी फोरमसँग स्थानीय आवश्कता र औचित्यताको आधारमा छलफल भइरहेको छ । कतिपय ठाउँमा तालमेल हुनसक्छ ।

दुई नम्बर प्रदेशमा पनि एमाले पहिलो पार्टी बन्छ भन्नुहुन्थ्यो, उमेदवारी चयनमै समस्यामा पर्नुभयो । चन्द्रपुर नगरपालिकामा त एमालेकै दुईजना मेयर पदका आकांक्षी उमेदवारी फारम बोकेर निर्वाचन अधिकृतको कार्यालय पुग्नुभयो नि ?
होइन भनेर पन्छन मिलेन । हामीले उमेदवारी चयन गर्ने एउटा विधि अवलम्बन गर्यौँ । त्यसलाई लागु गर्नेक्रममा इरर देखिनु स्वभाविकै हो । जिल्ला, प्रदेश, केन्द्र तीन तह थियो निर्णय गर्ने । जिल्लाले धरातलीय यथार्थतालाई स्वीकार गरेर आफैँ निर्णय लिन नसक्दा पनि यस्ता समस्या आएका हुन् । तर पनि नेकपा एमालेका तर्फबाट हरेक पदमा एकजना नै हो । यदि कतै दुई वटा उमेदवारी परेको छ भने उहाँले फिर्ता लिनुहुन्छ । फिर्ता नलिए पार्टीले आवश्यक कदम चाल्छ ।

प्रदेश संयोजकको हस्ताक्षर देखिन्छ, यसको मतलब त पार्टीले नै टिकट दिएको भन्ने अर्थ लाग्यो नि, हैन ?

प्रदेशले निर्णय गरेका ठाउँमा प्रदेश संयोजकले हस्ताक्षर गर्नुभएको छ । तर, निर्वाचन ऐन बमोजिम वडा सदस्यसम्मको दलीय सिफारिसमा पनि प्रदेश संयोजककै हस्ताक्षर चल्ने विधि छ । जिल्ला कमिटी मार्फत वितरण गर्यौँ । वितरण गर्दा कतिपय ठाउँमा खाली पुगेको हुनसक्छ । र, त्यसैलाई दुरुपयोग पनि गरिएको हुन सक्छ । तथापि हामी छानविन गर्दैछौँ ।

उमेदवार चयन गर्दा प्रमुख मापदण्ड केलाई बनाउनुभयो ?

हामीले पार्टीमा लगानी, उसका चारित्रिक अवस्था, लोकप्रियता, स्थानीय जनताबाट माग र कार्यकर्ताको समर्थन आदिलाई ठोस मापदण्ड बनायौँ । 

तर, त्यसका अतिरिक्त व्यक्तिगत लोकप्रियता, त्याग तपस्या, प्रतिस्पर्धामा माथि आउन सक्ने आधारमा आवश्यक परेको ठाउँमा पार्टी प्रवेश गराएर पनि उमेदवारी दिएका छौँ ।

यही सन्दर्भमा–
वीरगन्जमा पार्टीमा आउन मनसाय गरेका (उनले औपचारिक रूपमा पार्टी प्रवेशसमेत नगरेका) बसरुद्दिन अन्सारीलाई उमेदवार बनाएको छ । मेडिकल व्यवसायीसमेत रहेका उनको लगानीका विषमा विभिन्न कुरा आइरहेका छन् । उनको लगानीमा खुफिया एजेन्सीको समेत संलग्नता रहेको चर्चा भइरहेको छ । नवप्रवेशीलाई टिकट दिँदा यस्तो झमेला पनि आइलाग्दो रहेछ नि ?

यहाँले जे कुरामा चासो राख्दै हुनुहुन्छ, हामीले के बुझ्नुपर्छ भने एमालेलाई अहिले चौतर्फी आक्रमणको प्रयास भइरहेको छ । घेराबन्दी नै गरेका छन् । नेकपा एमालेको विपक्षमा सत्तारूढ दलसहितको महागठबन्धनको कुरा पनि छ । प्रदेश नम्बर दुईमा एमाले कमजोर छ भन्ने फेरि गठबन्धन बनाएर चुनावमा जाने । यसको अर्थ हो, एमाले प्रदेश नम्बर पनि बलियो छ ।

रह्यो वीरगन्जको कुरा । यसप्रदेशको एकमात्र महानगर हो त्यो ।

वीरगन्जमा एमालेको संगठन व्यवस्थित छ । हामीसँग पाँचजना दावेदार हुनुहुन्थ्यो– मनोज चौधरी, सुन्दर कुर्मी, चिरञ्जीवी आचार्य, विश्वम्भर शर्मालगायत साथी आकांक्षी हुनुहुनथ्यो । तर, एमालेको प्रवेशको लहर चल्यो । बसरुद्दिन पनि निःशर्त एमालेका आउनुभएको हो । मैले नै पार्टी प्रवेशको कुरा चलाएको हुँ । यसर्थ दाबी गर्छु– एमालेमा प्रवेश गर्दा उहाँसँग कुनै सम्झौता, समझदारी भएको छैन । भोलि तपाईं मेयर पनि उठ्नुपर्ने हुनसक्छ । उपमेयरमै चित्त बुझाउनु पर्ने हुनसक्छ । या पार्टीको अरू जिम्मेवारीमा जानुपर्ने पनि हुनसक्छ । हामीले यसो भनेपछि कन्भिन्स भएर उहाँ सामान्य कार्यक्रमका बीच पार्टी प्रवेश गर्नुभएको हो  ।

पहिलो र दोस्रो चरणमा दुई नम्बर प्रदेशमा चुनाव भएको भए उहाँ मेयर उठ्ने सम्भावना थिएन तर साढे तीन महिना ढिलो गरेर चुनाव भएपछि  एउटा परिस्थिति बन्यो र अस्तिमात्रै पार्टीले उहाँलाई मेयर उठाउने निर्णय गरेको हो । यसर्थ उहाँका विषयमा चलाइएका हल्ला निराधार हुन् र कपोलकल्पित छन् । बसरुद्दिनको माहोल देखेर विपक्षी अताल्लिएका छन् । बदनाम गर्न सके परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ भनेर षड्यन्त्र रचेका हुन् उनीहरूले ।

उनको लगानीका विषयमा जसरी तपार्ईंले प्रश्न गर्नुभएको छ, त्यसको आधार तपाईंसँग छैन । हो, होइन भन्ने आधार मसँग पनि छैन । कसैसँग छैन । यदि उनी खुफिया एजेन्सी, दाउद इब्राहिमसँग नजिक छन्, उनको लगानीमा चल्छन् भन्ने पुष्टि भयो भने उनी एमालेका लागि लायक छैनन् । एक मिनेट पनि बस्ने अधिकार छैन । कारबाही गर्छौं हामी ।

तपाईंहरूले दुई नम्बर प्रदेशमा कति तह जित्ने लक्ष्य राख्नुभएको छ ?
पहिलो र दोस्रो चरणमा गरी हामीले ४५.२१ प्रतिशत स्थानमा जित हासिल गरेका छौँ । यहाँ पनि सोही हैसियतमा रहन्छौँ । संख्या नै भन्नुपर्दा केही आन्तरिक गडवडी भएन भने एमाले एक ढिक्का भएर उभिन सक्यो भने, ६० देखि ६२ स्थानसम्म प्रमुख जित्छौँ ।

नेपाली कांग्रेसले तराईलाई आधार भूमि मानेको छ, माओवादी केन्द्रको मुख्यालय नै यतै सारेको छ अहिले, एमालेको तयारीचाहिँ के छ ?

निष्पक्ष, स्वच्छ, धाँधलिरहीत चुनाव भयो भने एमालेको विजयलाई रोक्ने तागत कसैसँग छैन ।
नेपाली कांग्रेसले तराईलाई ‘भोट बैंक’ भन्थ्यो, के के भन्थ्यो के के । उहिलेको कुरा हो त्यो । अहिले ८ वटामा त चुनाव हुँदैछ । यसभन्दअ अघि तराईकै १२ वटा तराईका जिल्लामा चुनाव भइसक्यो, कहाँ एमाले कमजोर भयो । सुस्ता महेशपुरमा भयो कि, भैरहवामा भयो कि, कहाँ हार्यो एमालेले ? ०७० सालको निर्वाचनमा पनि एमालेविरुद्ध कु प्रचार भएका थिएनन्, तर तराईमा एमाले कांग्रेसबीच कति भोटको अन्तर छ ?

पर्सा जिल्लालाई कांग्रेसले एमालेमुक्त जिल्ला बनाउछौँ भनेका छन् तर भूगोलमा गएर हेर्नुहोस् एमालेको पक्षमा कस्तो जनलहर छ । सप्तरी, सिरहा, बारा, रौतहट सबैतिर उस्तै छ ।

एमाले दलित, मधेसी, मुस्लिम, आदिबासी जनजातिको विपक्षमा कहिल्यै छैन । गत आवमा केपी ओली नेतृत्वको सरकारले तराई–मधेसमा छुट्याएको बजेट त्यसको प्रमाण हो । त्यसका अतिरिक्त तराईका भूमिहीन, सुकुम्बासीको पार्टी एमाले नै हो । राष्ट्रिय गौरवका आयोजना ७६.३ किलोमिटरको तराई–काठमाडौँ जोड्ने द्रूतमार्ग एमालेकै पहलमा बन्दैछ, भलै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोहोर्याएर शिलान्यास गरुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको श्रेय एमालेलाई नै जान्छ । हुलाकी राजमार्ग कहिले बन्ने भन्ने टुंगो थिएन, एमालेले हामीले नै बनाउन सक्छौँ भनेर बजेट नै छुट्टयायो ।

तराई–मधेसका २० जिल्लाका सदरमुकामलाई स्तरोन्नतीका निम्ती सिड मनिको रूपमा ५०–५० करोड छुट्यायो । सीमा क्षेत्रको समृद्धिका लागि कार्यक्रम, वृद्धभत्ता दोब्बर बनाउने, अपांग, एकल महिलालाई भत्ता उपलब्ध गराउने पार्टी एमाले नै हो । यसबाट मधेसले विशेष लाभ उठाउन सक्छ । एमाले मधेस विरोधी पार्टी हो भन्ने कुराको खण्डन गर्न पर्याप्त छन् यी ।

संविधान संशोधन विधेयक फेल गराएको आरोप छ नि ?
राष्ट्रिय जनता पार्टीका नेताहरूले स्वयम् भनेका छन्– एमाले स्पष्ट पार्टी हो । जे भन्छ, त्यो गर्छ । आफ्नो अडानमा छ । तर, कांग्रेस र माओवादी केन्द्र धोकाको राजनीति गर्छन् । हिजो उहाँहरू एमालेमाथि जसरी खनिनुभएको थियो । आज त्यो परिस्थिति छैन । संविधान संशोधनका अन्तर्वस्तु, विफल गराइनुको कारण हामीले जनतालाई बुझाउँदैछौँ । परिणाममा देखिन्छ त्यो ।

तपार्ईंहरूले कतिपय ठाउँमा राजपाका असन्तुष्टहरूलाई उमेदवार बनाउनु भयो, एमालेले उमेदवार नपाएको कि राजपालाई कमजोर बनाउने रणनीति ?
एमालेले उमेदवारी टुंग्याएपछि असन्तुष्ट भएकालाई राजपालगायत कतिपय दलले उमेदवार बनाएका छन् । एमालेका असन्तुष्टहरूलाई अरूले उमेदवार बनाए, तर एमालेले पहिल्यै आफ्नो तयारी गरेकाले त्यस्तो गरेन ।

विपक्षीले कसलाई उमेदवारी बनाउँछ, कस्तो उमेदवार उठाउँछ भनेर हामीले अन्तिममा उमेदवारी उठाएका हौँ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २३, २०७४  ११:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC