site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
व्यापारीलाई थुनेर व्यवसाय चल्दैनः चेम्बर 
Ghorahi CementGhorahi Cement

काठमाडौं । उद्योगी व्यवसायीहरुले व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सरकारलाई सचेत पारेका छन् । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरवारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् । 

चेम्वर अध्यक्ष राजेश काजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को कसुर र सजाय सम्वन्धी व्यवस्थाको दफा ५१ सजाय १ को ‘ग’ मा दफा ५० को खण्ड च विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनले माग गरे ।

Agni Group

भेटघाटमा अध्यक्ष श्रेष्ठले व्यापार घाटा कम गर्न निर्यातलाई वढाउने वातावरण वनाउनुपर्नेमा जोड दिए ।

यसका लागि निर्यात योग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए ।

Global Ime bank

भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाहअनुसार आफू अगाडि वढ्ने विश्वास दिलाए ।

करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको उनले स्पष्ट पार्दै व्यापार घाटा कम गर्न निर्यातलाई वढाउन आफूले कोसिस थालेको जानकारी दिए ।

कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, दितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC