site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
बेल्जियमको एनआरएनमा लोक दाहाल चुनिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व चयन प्रक्रिया विभिन्न देशमा भइरहेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकत्रित बनाउने उद्धेश्यले सन् २००३ मा गठन भएको यो संस्थाको संजाल अहिलेसम्म ७६ देशमा फैलिएको छ । यसैगरी भर्खरै मात्र बेल्जियममा पनि गैर आवासीय नेपाली संघ राष्ट्र्यि समन्वय परिषद बेल्जियमले धादिंग जन्मथलो भै बेल्जियमलाई कर्मथलो बनाएका लोक दाहाललाई  निर्वाचित गरेको छ ।
 
बेल्जियमको स्थानीय राजनीति र सामाजिक कार्यमा सक्रिय दाहाल सन् १९९९ देखि बेल्जियममा स्थायी बसोबास गदैै आएका हुन् । एमाओवादीको भातृसंगठन जनप्रगतिशील मंचका बरिष्ठ उपाध्यक्ष रहेका दाहालले मातृपार्टीको नीति अनुसार नै काँग्रेस भ्रातृसंगठन जनसम्पर्क समिति लगायत अन्य पार्टीका भ्रातृसंगठनसँग गठबन्धन गर्दै लोकप्रिय मत ल्याएर विजयी भएका हुन् । 
उनले विगतमा नेपालमा गएको बाढी पहिरो, महाभूकम्पमा आर्थिक सहयोग जुटाउँदै बेल्जियमबाट डाक्टरलगायत औषधी उपचारसमेत जुटाएर सहयोग पुर्याएका थिए ।
 
स्थानीय भाषामा राम्रो दखल भएका दाहाल बेल्जियममा सफल व्यवसायी पनि हुन् । होटल तथा पर्यटन क्षेत्रमा उनले लगानी बढाएका छन् । देशका विकट जिल्लाहरुमा आधाभूत प्राथमिक स्वास्थ्य सेवा तथा शिविर संचालन गर्दै आएका दाहाल एक समाजसेवी हुन् । अबको उनका कार्यकाल केवल नेपालमा पर्यटन प्रवद्र्धन गर्ने लगानीको वातावरण तय गर्ने नेपालमा उत्पादन बस्तुलाई विदेशी अन्र्तराष्ट्र्यि मार्केटमा पुर्याउने रहेको जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC