site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मधेसमा जे देखियो : ठूलो उत्साह, व्यापक सहभागीता
Ghorahi CementGhorahi Cement

काठमाडौँ । पटक पटकको आन्दोलन र ६ महिना लामो नाकाबन्दी झेलेको मधेसमा यतिबेला चुनावको ठूलो उत्साह छाएको छ । 

१ सय ३६ स्थानीय तह रहेका तराई–मधेस भदौको गर्मी भन्दा चुनावी राप चर्को छ ।

उमेदवारी दर्ताको दिन बाराका जुम्ल्याहा उपमहानगर कलैया र जीतपुर–सिमरा पुग्दा त्यहाँ अभूतपूर्व दृष्य देखियो । पहाडी–मधेसीको मिश्रित बसोबास रहेको जीतरपुर–सिमरामा उमेदवारी दर्ता गर्नेको भीडले पथलैया–वीरगन्ज सडक बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म अवरुद्ध भएको थियो भने कलैयाको उत्साह त्यो भन्दा चर्को थियो ।

Agni Group

गाउँगाउँबाट ट्याक्टरमा आएका विभिन्न पार्टीका समर्थक र शुभेच्छुकले कलैयाको मुख्य बजार र भित्रि बजार पूरै ढाकेको थियो । दिनभरि सवारी आवागमन अवरुद्ध बन्यो ।

जीतरपुर–सिमरामा राती सवा आठबजेसम्म उमेदवारी दर्ता जारी थियो भने दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्जमा पनि अवेर रातीसम्म उमेदवारी दर्ता गरिएको त्यहाँको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Global Ime bank

नव गठित संरचनाअनुसार पहिलोपटक निर्वाचन भएको र आन्दोलनरत दल राष्ट्रिय जनता पार्टी पनि निर्वाचनमा सरिक भएकाले दुई नम्बर प्रदेशमा उत्साह छाएको कलैया– ४ का महेशकुमार गुप्ताले जानकारी दिए ।

“दिनहुँको आन्दोलनले यहाँका जनता आजित थिए, चुनाव भएपछि शान्ति छाउला भनेर मतदाता उत्साहित भएका हुन्,” उनले अथ्र्याए ।

\"\"
वीरगन्जमा यस्तो उत्साह

देशकै आर्थिक राजधानी वीरगन्जमा  मेयरमा ३५ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । यो संख्या पहिलो चरणमै निर्वाचन सम्पन्न भएको काठमाडौँ महानगरपालिकाको भन्दा बढी हो । काठमाडौँ महानगरपालिकामा मेयर पदमा २८ जनाको उमेदवारी परेको थियो ।

त्यस्तै उपमेयरमा ११ जना को उमेदवारी परेको छ भने ३२ वडा रहेको वीरगन्जमा २ सय ६६ जना वडाध्यक्षको उमेदवारी परेको सुवेदीको भनाइ छ ।

२ सय १३ महिला सदस्यको उमेदवारी परेको छ भने दलित महिला सदस्यमा पनि उत्साहजनक उमेदवारी परेको छ । ३२ दलित महिला सदस्यका लागि १ सय ६१ जनाको उमेदवारी परेको सुवेदीले बताए ।

खुला सदस्यमा ४ सय ६३ आकांक्षी छन् । वीरगन्ज महानगरमा कुल १ सय ६२ पदका लागि १ हजारा १ सय ५० जनाको उमेदवारी परेको छ ।

 

\"\"

कलैयामा १ सय ३६ पदमा ८ सय २८ को उमेदवारी

बाराको जुम्ल्याहा उपमहानगरमध्ये कलैयामा मेयरमा १६ जनाको उमेदवारी परेको भने उपमेयरका आकांक्षी ११ जना छन् । 
२७ वडा रहेको कलैयामा १ सय ८२ जनाको उमेदवारी परेको छ भने महिला सदस्यमा १ सय ६० जनाको उमेदवारी परेको छ । दलित महिलातर्फ १ सय ४७ जनाको उमेदवारी  परेको छ । त्यस्तै खुला सदस्यमा ३ सय १६ जनाको उमेदवारी परेको छ ।

 

\"\"

जीतपुर–सिमरामा ५ सय ६० को उमेदवारी

१ सय २२ पदका लागि जीतपुर–सिमरामा ५ सय ६० को उमेदवारी परेको सहायक निर्वाचन अधिकृत जनक नेपालले जानकारी दिए । उनका अनुसार मेयरमा १६ जनाको उमेदवारी परेको छ भने उपमेयरका आकांक्षी ८ जना छन् ।

 

\"\"

पार्टी होइन व्यक्ति

बाह्रखरी टिम दुई चरणकै निर्वाचनमा विभिन्न प्रदेश पुगेको थियो । र, त्यहाँको निर्वाचनको माहोल नियालेको थियो । ६ प्रदेशको तुलनामा दुई नम्बर प्रदेशमा निकै ठूलो उत्साह छ । 

ब्यानर, तुलसहित निर्वाचन प्रचारप्रसार, ठूला आमसभा, माइकिङसहितको प्रचार गर्न आचारसंहिताले निषेध गरेकाले उमेदवारी दर्ता गर्न सयौँको संख्यामा पार्टी समर्थक शुभेच्छुहरू बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए । 

ट्याक्टर, अटो रिक्सा, मोटरसाइलमा झन्डासहित मनोनय दर्ता गर्न उमेदवारहरू पुगेका थिए ।

हामीसँगको कुराकानीमा केही मतदाताले स्थानीय निर्वाचन भएकाले पार्टी नभइ व्यक्ति रोज्नुपर्ने र गाउँठाउँलाई चाहिने व्यक्ति खोज्नुपर्ने राय राखे । 

“मधेसमा चुनाव चिह्न हेरेर भोट हाल्ने प्रचलन थियो, यसपटक पार्टी भन्दा व्यक्ति हेर्ने सल्लाह भएको छ,” कलैया–४ का प्रमोद गुप्ताले जानकारी दिए । जीतपुरका निर्मल साहको राय पनि त्यस्तै छ । उनले स्थानीय निर्वाचन भएकाले विकास निर्माणको नेतृत्व गर्न सक्ने युवाहरूलाई प्राथमिकता दिनुपर्ने राय राखे ।

उनले पटकपटक आन्दोलने मधेसको उद्योग धन्दा जीर्ण बनेकाले चुनाव भए पनि मधेस विकासको गतीमा फड्को मार्ने विश्वासले जनता चुनावमा आकर्षित भएको धारणा राखे ।

 

\"\"

समग्र दुई नम्बर प्रदेशमा  २६ हजार ६५२ उमेदवार 

बुधबार बिहान १० बजेदेखि राति अबेरसम्म उमेदवारी दर्ता समय निर्धारण गरिएको थियो । राति अबेरसम्म २ नम्बर प्रदेशका ८ जिल्लामा २६ हजार ६५२ जनाको उमेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन केन्द्रबाट प्राप्त विवरणअनुसार अहिलेसम्म अध्यक्षमा १ हजार ४ सय ७७, उपप्रमुखमा ९४९, वडाध्यक्षमा ५ हजार ८८५ जनाको उमेदवारी परेको छ ।

प्रमुखमा सबैभन्दा बढी उमेदवारी सर्लाहीमा परेको छ । जहाँ २३० जनाले उमेदवारी दर्ता गराएका छन् भने रौतहटमा १४६ जनाले उमेदवारी दर्ता गराएका छन् ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको आयोगले जनाएको छ ।

१ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ र, निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा ०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ गरी जम्मा ६ सय १७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर दुईको जारी निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नेपालको संविधानले व्यवस्था गरेअनुसार सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC