ad

घटना क्रम

उत्तर कोरियाले परमाणु परीक्षण कसरी  कहाँ गर्छ ?

काठमाडौं । उत्तर कोरियाले २००६ देखि अहिलेसम्म  ६ पटक परमाणु परीक्षण गरिसकेको छ । उसले यतिधेरैपटक परमाणु कहाँ परीक्षण गर्छ त ? 

बीबीसीका अनुसार उत्तर कोरियाले उत्तर पूर्वी क्षेत्रको पुंगे–री पहाडको नजिक परमाणु परीक्षण गर्ने गरेको छ ।

यो क्षेत्र परमाणु परीक्षणका लागि यो नै उत्तम क्षेत्र हो । उक्त क्षेत्रमा पहाडमनुी बनाइएको सुरुङमा परमाणु परीक्षण गर्ने गरेको जनाइएको छ ।

सुरुङको दुवैतर्फ बन्द गरेर परीक्षण गर्दा त्यसबाट उत्पन्न हुने विकिरणको खतरा पनि कम हुने बताइएको छ । समाचारकाअनुसार चीनको उत्तर क्षेत्रमा उत्तर कोरियाले गरेको परीक्षणको बेला भूकम्पको झड्का महसुस गरिएको थियो । सीमा क्षेत्रमा रहेको स्कूलका विद्यार्थी बाहिर निस्केका थिए ।

उत्तर कोरियाले सेप्टेम्बर ३ मा परीक्षण गरेको बलमे ६.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।


 

तपाईंको मत