घटना क्रम
काठमाडौं । भारतका एक दम्पति ८ हजार माइल–१३ हजार किलोमिटर टाढा रहेकी आफ्नी बुहारी कुट्नको लागि अमेरिका पुगेका छन् ।
६७ वर्षिय जसबिर काल्सी र ६२ वर्षिया उनकी पत्नी भुपिन्दर भारतको पन्जावबाट हिल्सबोरोह काउन्टीमा रहेकी आफ्नी बुहारी कुट्नको लागि अमेरिका पुगेको फ्लोरिडा प्रहरीले जनाएको छ ।
काल्सी दम्पत्तिका छोरा देववीरकी पत्नी सिल्की गइन्दलाई प्रहरीले घाइते अवस्थामा शनिवार उद्धार गरेको थियो । अहिले गइन्दका पति र उनका सासु–ससुरालाई हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।
उनीहरुमाथि विभिन्न आरोपमा मुद्धा दायर समेत भएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २२, २०७४ ०५:०५
प्रतिक्रिया दिनुहोस्