देश
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिएका छन् ।
एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब २० लाख मूल्य बराबरको जग्गा दान दिनुभएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिए ।
आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताए । रासस
प्रकाशित मिति: मंगलबार, भदौ २०, २०७४ १०:५४
प्रतिक्रिया दिनुहोस्