site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
स्वदेशमै बन्यो स्मार्ट इलेक्ट्रिक ह्विलचियर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमै पहिलो पटक युवा इन्जिनियरहरुको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ । उक्त ह्विलचियर प्रयोगकर्तालाई  प्रयोग गरिरहेको क्रममा दुर्घटनामा परे घरमा भएका परिवारको मोबाइलमा ‘एसएमएस’ जाने बताइएको छ । त्यसैले यो स्मार्ट ह्विलचियर भएको निर्माणमा संलग्न इन्जिनियरहरुको दावी छ । 

चार जना नेपाली युवा इन्जिनियरहरुको दुई वर्षको अथक प्रयासपछि उक्त ह्लिलचियर बनेको जनाइएको छ । सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतले संयुक्त रुपमा ह्विलचियरको सार्वजनिक गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म नेपालमा विदेशबाट मात्रै ह्विलचियर आयात गरिरहेको अवस्थामा सो आयातलाई विस्थापित गर्र्न टोलीले ह्विलचियर बनाएको बताइएको छ । 

देशमा रहेको इन्जिनियरसँग सम्बन्धीत समस्या समाधान गर्न स्थापित इन्फिनिटी ल्याब नामक अनुसन्धान मुलक संस्थाका युवा इन्जिनियरहरुको अगुवाईमा ह्विचियर बनाउन सफल भएको हो । निर्माण सामाग्रीे उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले उपलव्ध गराएको वर्कसपको सहयागेबाट ह्विलचियर बनाइएको जानकारी दिइएको छ । 

Global Ime bank

इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमुनाको रुपमा एउटा मात्रै ह्वियचियर बनाएको बताएका छन् । यद्यपि ह्विलचियर बनाउन सहयोग पाए व्यवसायिक रुपमा बनाउन र विक्री गर्ने योजना समेत रहको उनको भनाइ छ । 

उनका अनुसार ह्विल चियर नेपाल तथा नेपालीलाई फोकस गरेर बनाइएको हो । कालोपत्रे बाटोमा मात्रै नभई खाल्डाखुल्डीयुक्त बाटोमा समेत सजिलै गुडाउन सकिने विशेषता रहेको छ । त्यस्तै स्वदेशमा नै मर्मत सम्भार गर्न सकिन्छ । मूल्यमा सस्तो रहेको सो ह्विलचियर अशक्त प्रयोगकर्तालाई आवश्यक परेको अवस्थामा पिशाब राख्ने व्यवस्था समेत चियरमा राखिएको अध्यक्ष परियारको भनाइ छ । 

कार्यक्रममा अर्थराज्य मन्त्री राणाले ह्विलचियर निर्माण युवाहरुको प्रशंसा गर्दै सरकारले यसको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले ह्विलचियरको लागि आवश्यक कच्चा पदार्थको भन्सार छुट गरिदिन पहल समेत गर्ने जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC