site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेप्टेम्बर १२ मा आइफोनको नयाँ मोडल सार्वजनिक हुने 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एप्पलले उत्पादन गर्दै आएको आइफोनको नेक्स्ट जेनेरेसन स्मार्टफोन कुरेर बसिरहेका प्रयोगकर्ताले अब आफ्नो क्यालेन्डरमा सेप्टेम्बर १२ लाई आइफोनको नयाँ लञ्च मिति घेरा लगाए हुन्छ ।

एप्पलले आफ्नो नयाँ मोडलको आइफोन ८ यही महिनाको मंगलवार सेप्टेम्बर १२ मा लञ्च गर्दैछ । जति यसको नयाँ फोन चासोको विषय बनेको छ यसको लञ्च हुने स्थान पनि उक्तिकै चासोको विषय बनेको छ ।

Agni Group

यो पटकको आइफोन लञ्च एप्पलको आफ्नो अन्तरिक्षयानको जस्तो बनोट भएको स्टिभ जब्स थिएटरबाट गर्दैछ । क्युपरटिनो, क्यालिफोर्नियामा सेप्टेम्बर १२ मा हुने उक्त कार्यक्रममा एप्पले सम्भवतः तीन कुरा सार्वजनिक गर्दैछ, आइफोन सेभेन–एस, आइफोन सेभेन–एस प्लस र बहुप्रतिक्षित र चर्चित आइफोन एट, जुन आइफोन बनाउन थालिएको १० वर्षगाँठ विशेष हुनेछ ।

केही समय अघि मात्रै पनि एप्पलका सिइओ टिम कुकको एउटा फोटो सार्वजनिक भएको थियो जसमा कुकको पकेटमा अहिले बजारमा पाइने भन्दा ठूलो साइजको आइफोन देखिन्छ जसकोबारे अहिले बजार विभिन्न अड्कलबाजी र अनुमान गरिएको छ । अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ आइफोनको डिस्प्ले ५.८ इन्चको भएको दाबी गरेका छन् अहिले बजारमा पाइने आइफोन सेभेनको स्त्रिन ४.७ इन्चको छ भने आइफोन सेभेन प्लस ५.५ इन्चको छ ।

Global Ime bank

वर्षगाँठको अवसरमा सार्वजनिक हुने नयाँ फोनमा ओएलइडी डिस्प्ले पनि हुने अनुमान गरिएको छ जसले विभिन्न रंग सजिलै देखिन्छन् । यसका अलवा नयाँ फोन वायरलेस चार्जिङ्, भर्चुअल होम बटन र फोस रिकोग्निसन टेक्नोलोजी सहितको हुने अनुमान छ ।

नेक्स्ट जेनेरेसनको भनि दाबी गरिएको नयाँ फोनको मुल्य यसअघि सार्वजनिक भएका आइफोनभन्दा दोब्बर हुने अनुमान पनि गरिएको छ अर्थात आइफोन एटको मुल्य १ हजार २ सय अमेरिकी डलर पर्नेछ । तर डेलिभरिको लागि भने केही समय कुर्नुपर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  २१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC