प्रविधि
काठमाडौं । कोरियन स्मार्टफोन कम्पनी सामसङले ल्याउन लागेको नोट ८ एक करोड १०लाख बिक्री गर्ने योजना सार्वजनिक गरेको छ ।
यसअघि सामसङकै नोट ५ पनि सोही हाराहारीमा बिक्री भएको थियो । तर मंगलबार भएको एक कार्यक्रममा सामसङका प्रमुख कोह डोङ जिनले नोट ८ ले अहिलेसम्मको रेकर्ड तोड्ने जानकारी दिए ।
उनले एस ८ ४ करोड ८० लाख बिक्री गर्ने योजना रहेको पनि जानकारी दिए ।
अघिल्लो वर्ष सार्वजनिक गरिएको नोट ७ लाई सामसङले राम्रो बताएको भए पनि ब्याट्रीका कारण मोवाइलमा आगजनी हुने घटना बढेपछि फिर्ता गरिएको थियो । कैयौं उडानमा नोट ७ सँगै लैजान रोकसमेत लगाइएको थियो । नोट ८ सेप्टेम्बर १७ मा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४ ०७:३९
प्रतिक्रिया दिनुहोस्