site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चिनियाँ सेनामा भर्ना हुने ? यस्ता छन् १० टिप्स 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चिनियाँ सेना पिपुल्स लिबरेसन आर्मीले अधिक कम्प्युटर गेम खेल्नु, हस्तमैथुन गर्नु र मदिरा सेवन गर्नुलाई कमजोर स्वास्थ्यका लागि जिम्मेवार मान्दै आफ्नो सेनामा भर्ती हुन यी व्यसनबाट टाढा रहनुपर्ने बताएको छ । 

सेनामा भर्ना हुन चाहने युवा युवतीलाई टिप्सका रूपमा यस्तो सुझाव दिइएको बीबीसीको समाचारमा उल्लेख छ । चिनियाँ सेनाले यो सल्लाह म्यासेजिङ एप्स बीच्याटअन्तर्गतको आफ्नो आधिकारिक एकाउन्ट ‘चाइनिज पिपल्स आर्मी’ मा १९ अगस्तमा दिएको थियो । यससँगै चीनका त्यस्ता प्रमुख सहरहरूको तथ्याङ्क पनि सार्वजनिक गरिएको थियो, जहाँबाट आवेदन दिनेमध्ये ५६ प्रतिशत युवा शारीरिक परीक्षामा फेल भएका थिए ।  

यी टिप्सको अनुसरण गर्ने आकांक्षीहरूलाई शारीरिक योग्यता परीक्षा पास गर्न सहज हुने सेनाको भनाइ छ । एउटा अनलाइन पोस्टमा पिपुल्स लिबरेसन आर्मीले सोडायुक्त पेयपदार्थ र मदिरा सेवन, कम्प्युटरमा अत्यधिक गेम खेल्ने बानी एवं हस्तमैथुनलाई युवाहरूको कमजोर स्वास्थ्यका लागि जिम्मेवार बताएको छ । उक्त अनलाइन पोस्टमा चीनमा सेनामा भर्ना हुन आउने युवाहरूमध्ये फेल हुनेहरूको संख्या चिन्ताजनक रहेको र हरेक सहरबाट भाग लिने कम्तीमा आधा युवाहरू फेल हुने गरेको बताइएको छ । चीनमा सैनिक भर्ती बढाउनका लागि सैनिक टिभी र फिल्मी ड्रामा आदिका माध्यमले सेनाको गुणगान गर्ने गरिन्छ, तर पनि युवाहरूमा सैनिक पेसाप्रति खासै चाख छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सेनाले युवाहरूलाई भर्तीका लागि आवेदन दिनुपूर्व १० वटा कुरा ख्याल गर्न भनेको छ, जुन निकै रोचक छन् ः 

१. फिँज उठ्ने पेय पदार्थ र मदिरा सेवन नगर्नोस्, किनभने झण्डै २५ प्रतिशत आवेदक रगत र पिसाब परीक्षणमा फेल हुन्छन् । 

Global Ime bank

२. स्क्रिनको सामुन्ने धेरै समय नबिताउनोस्, किनभने भर्ती प्रक्रियामा झण्डै ४६ प्रतिशत उमेदवारहरू नेत्र परीक्षणमा फेल हुन्छन् ।

३. शारीरिक व्यायाम अत्यधिक गर्नोस्, किनभने झण्डै २० प्रतिशत आवेदक तौल धेरै भएर फेल हुन्छन् । 

४. कम्प्युटर गेम र हस्तमैथुनबाट टाढा रहनोस्, किनभने झण्डै ८ प्रतिशत आवेदक धेरै बसिरहने र हस्तमैथुनका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा फेल हुन्छन् ।

५. राम्ररी निदाउनोस्, किनभने झण्डै १३ प्रतिशत आवेदक हाइ ब्लड प्रेसरका कारण सेनामा भर्ती हुन पाउँदैनन् ।

६. ट्याट् नबनाउनोस् । 

७. सफा पानी पिउनोस्, किनभने झण्डै ७ प्रतिशत उमेदवार कान, नाक या घाँटीको समस्याका कारण बाहिरिन्छन् । 

८. आनुवंशिक परिस्थितिबारे राम्रो उपचार गराउनोस् । ३ प्रतिशत व्यक्तिहरूलाई धेरै पसिना आउने र खुट्टामा समस्या भएका कारण अनुत्तीर्ण गराइयो । 

९. मानसिक समस्याको उपचार गराउनोस् । १६ प्रतिशत व्यक्तिहरू मानसिक समस्या र डिप्रेसनका कारण प्रतियोगिताबाट बाहिरिन्छन् । 

१०. सफाइमा विशेष ध्यान दिनोस् । ३.४ प्रतिशत युवाहरूलाई बिरामीका कारण बाहिर गराइयो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १२, २०७४  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC