site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सरकार ठप्प पारेरै भए पनि मेक्सिकोको सीमामा पर्खाल लगाउने ट्रम्पको चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमामा पर्खाल लगाउन आवश्यक परे अमेरिकी सरकारलाई ठप्प पार्नसमेत आफू तैयार रहेको बताएका छन् । 

एरिजोना राज्यको फिनिक्समा ‘मेक अमेरिका ग्रेट अगेन’ र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन् । उनले विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरूले आफ्नो योजनामा अवरोध गरिरहेको आरोप लगाए । बीबीसीका अनुसार, आफ्नो झण्डै डेढ घण्टा लामो भाषणमा राष्ट्रपति ट्रम्पले अमेरिकी सञ्चार माध्यमले अति दक्षिणपन्थी समूहलाई मञ्च प्रदान गरिरहेको भन्दै आलोचना गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

मेक्सिको सीमामा पर्खाल
 

ट्रम्प अवैध रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिहरूलाई रोक्न मेक्सिकोको सीमामा एउटा विशाल र भव्य पर्खाल निर्माण गर्नका लागि सांसदहरूको समर्थन जुटाउन चाहन्छन् । सरकारी खर्चसम्बन्धी विधेयकमा यो पर्खाल निर्माणका लागि चाहिने खर्च स्वीकृत गर्न डेमोक्रेटिक पार्टीका सांसदहरूको समर्थनसमेत अनिवार्य हुन्छ । तर निकै धेरै खर्च लाग्ने यस्तो महत्त्वाकाङ्क्षी योजनामा उनीहरूको समर्थनको सम्भावना निकै कम छ । 

Global Ime bank

आफ्नो भाषणमा ट्रम्पले भने, ‘‘डेमोक्रेटिक सदस्यहरूले पर्खाल बनाउने योजनाको विरोध गरेर अमेरिकाको सुरक्षालाई जोखिममा पारेका छन् । हामी आवश्यक पर्यो भने सरकार ठप्प पार्ने कदम उठाउन पनि तैयार छौं ।’’ 

उनले भने, ‘‘अमेरिकी जनताले हामीलाई प्रवासीहरूको निर्बाध प्रवेशमा रोक लगाउनका लागि भोट दिएका हुन् ।’’

अमेरिकामा संघीय सरकारको वित्तीय व्यवस्थापनसँग जोडिएको कुनै विधेयक कांग्रेससँग नभएको स्थितिमा अतिआवश्यक श्रेणीमा नपर्ने सबै सेवाहरू ठप्प हुन्छन् ।

अमेरिकामा सरकारी सेवा ठप्प पार्न राष्ट्रपतिले कांग्रेसले पठाएको विधेयकमा हस्ताक्षर नगरिदिए पुग्छ । संसद्मा नयाँ बजेटमाथि यही सेप्टेम्बरमा बहस हुँदैछ । जबसम्म यो बजेट पारित हुन सक्दैन, अक्टुबर सुरु हुनासाथ सारा गतिविधिहरू ठप्प हुन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ९, २०७४  ०५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC