site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रसँगको लामो सहकार्य तोडेर बाबुराम भट्टराईलगायत नेताहरु केजरीवाल बन्न खोजेको आरोप लगाएका छन् । 

राजधानीमा आयोजित वाइसीएल नेपालको दोस्रो राट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अबको क्रन्तिकारी कम्युनिष्ट शक्तिहरु फुटेर भन्दा पनि जुटेर अघि बढ्नुपर्ने धारणा राख्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । 
“केन्द्रमा हुँदा वैद्यजी उत्पातै गर्छु भन्नु हुन्थ्यो, त्यसो भए वहाँ चुनावमा पहिलो शक्ति हुनुपर्ने हो तर हुनु भएन, बाबुरामजी पनि उत्पातै गर्छु भन्दै केजरीवाल नै बन्न खोज्नु भो तर जनताले वहाँलाई तिमी माओवादी नै हौं भनेर हैसियत तोकिदिए, यता विप्पलजी पनि उत्पातै गर्छु भन्दै थेवाङमा त चुनावै लड्नु भो तर नराम्ररी चिप्लिनु भो,” माओवादीकेन्द्रबाट शक्तिहरु टुक्रिएको हुँदा जनताले सम्पूर्ण शक्तिहरुलाई एकीकृत गराउँदै लैजानुपर्ने भन्दै दाहालले स्वीकारे, “जनताले हामी केन्द्रलाई पनि सम्पूर्ण माओवादीलाई एकता गराएर लैजानुहोस् भन्ने आग्रहका साथ चुनावमा तेस्रो स्थानमा पु¥याइदिनु भो ।”
दाहालले भने, “वाइसिएल नै जनमुक्ति सेना बनेर हामीले ठूल्ठूला हतियारहरु बोकिसक्यौं, अब सम्पूर्ण युवाहरुले फलामको होइन फलामे अनुशासनको बिग्रेट बोक्ने अवस्था आएको र प्रतिक्रियावादीको षड्यन्त्रलाई परास्त गर्ने बेला आएको छ ।”
मुलुकमा यतिबेला मधेसीहरुको अन्धराष्ट्रवाद र पहाडीहरुको उच्चजातीवादी नश्लवादीय राष्ट्रवादले शिर उठाउन खोजेको र यस्ता राष्ट्रवादले मुलुकलाई फाँसीवादतर्फ उन्मुख गराउनसक्ने साथै यसबाट लाखौं जनताको नरसंहार हुने संकेत गर्दै नेपाललाई अहिले हिमाल, पहाड र तराईलाई जोड्ने राष्ट्रवादको आवश्यकता रहेको औंल्याए । 
यसका साथै दाहालले क्रान्तिकारी कम्युनिष्ट एकढिक्का नभई नेपालको आर्थिक विकास र सम्मुन्नतिका सपना अधुरै रहने तर्क गर्दै केन्द्रबाट फुटेका दलहरुलाई आग्रह गरे, “सम्पूर्ण क्रान्तिकारी वामपन्थी शक्तिहरु एकढिक्का नभई हाम्रो यात्रा र लक्ष्य पुरा हुन नसक्ने निश्चित भएकाले जनतासामु आफ्नो हैसियत देखाइसक्नु भएका बाबुरामजी, वैद्यजी र विप्लवजीलाई म पुनः केन्द्रमै फर्कंन आग्रह गर्छु ।”  
माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोकबहादुर रायमाझी, जनार्दन शर्मा, मणी थापा, अग्नी सापकोटा, शक्ति बस्नेत, हितमान शाक्यसहित वाइसिएलका नेता, कार्यकता उपस्थित  उक्त कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम, राजपाका युवा मोर्चााका नेताहरुले नेपाली राजनीतिमा युवाहरुको महत्वलाई दर्शाउँदै शान्ति प्रक्रियापछि पुनगर्ठित वाइसिएललाई शुभकामना प्रदान गरे ।    


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC