site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यती एयरलाइन्सद्वारा नेपालमा ‘एटीआर ७२–५००को’ शुभारम्भ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । यती एयरलाइन्सले शुक्रबारदेखि आफ्नो सर्वाधिक नयाँ ‘योंगेस्ट एटीआर ७२–५०० एयरक्राफ्ट’को परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौं आन्तरिक विमानस्थलबाट करिव दिउँसो १२ः१५ बजे ४१ सदस्य सहित छुटेको विमानले भैरहवा विमानस्थलमा करिव ३ः५० मा सफलतापूर्वक अवतरण गरेको जनाइएको छ ।
विमानको सञ्चालन क्याप्टेन ग्याब्रियल सी कुण्डा र क्याप्टेन रुप कुमार सिद्धिले गरेका थिए । 
सफल परिक्षण उडानको रिपोर्ट ‘सीएएएन’लाई हस्तान्तरण गरिसकिएको कम्पनीले जानकारी दिएको छ । सीएएएनबाट क्लियरेन्स प्राप्त भएसँगै तालिकासंगत उडानले निरन्तर्ता पाउने कम्पनीको भनाइ छ । 
कम्पनीका अनुसार यती एयरलाइन्सले उक्त विमानको सञ्चालन पहिलो चरणमा नेपालगञ्ज र बिराटनगरमार्फत गर्नेछ । 
दोस्रो विमान प्राप्त भएँगै यती एयरलाइन्सले भद्रपुर र भैरहवामा समेत आफ्नो सेवा सुचारु गर्ने योजना बनाएको छ । यती एयरलाइन्सले आफ्नो दोस्रो विमानको स्वामित्व यही सेप्टेम्बर महिनामै प्राप्त हुने जानकारी दिएको छ । 
६५ सदस्य सहित उडान भरेको परिक्षण उडानको सफलतापूर्वक सम्पन्न भएसँगैै निकट समयमा नै भैरहवामा दैनिक उडान सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ । 
यात्रुलाई उत्कृष्ट सेवा र आरामदायी अनुभव प्रदान गर्ने उद्देश्य रहेको बताउदै कम्पनीले नेपालकै सर्वाधिक नयाँ एटीआर विमानमार्फत यती एयरलाइन्ससंँको यात्रामा यात्रुलाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने जनाएको छ ।
सन् १९९८ मा स्थापित यती एयरलाइन्सले सेवाप्रदान गर्न थालेको अहिले १८ बर्ष पुगेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC