site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजले तेस्रोलिंगी मोनिका शाहीको विवाहलाई समलिंगी विवाह नभएको स्पष्ट पारेको छ ।
समलिंगी विवाह कानुनी मान्यताको अन्तिम चरणमा रहेको अवस्थामा मोनिकाले गरेको विवाहलाई समलिंगी विवाह भन्दै केही सञ्चार माध्यममा आएको भन्दै समाजले यसलाई समलिंगी विवाहको रुपमा नबुझिदिन आग्रह गरेको छ ।

“डडेल्धुराको परसुराम नगरपालिका कार्यालयमा तेस्रोलिंगी महिला मोनिका शाहीले दुई सन्तानका बाबु रमेशनाथ योगीसँग गरेको विवाहलाई समलिंगी विवाह भनेर मान्न सकिँदैन,” समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले संयुक्त रुपमा निकालेको विज्ञप्तीमा उल्लेख छ । विवाहित श्रीमती र बच्चा घरमै भएको अवस्थामा कानुनत सम्बन्ध विच्छेद नभई तेस्रोलिंगी महिलासँग विवाह गर्नु कुनै पनि अवस्थामा व्यवहारिक तथा न्यायोचित नहुने पनि विज्ञप्तीमा उल्लेख छ । 

Agni Group

“आफ्नो अधिकार खोज्दै गर्दा कुनै महिला वा बालबालिका माथि अन्याय हुनु हुदैन भन्ने बुझाई भएर नै हामी समलिंगी विवाह सम्बन्धी स्पष्ट कानुन बनोस भन्ने चाहन्छाैं” समाजले निकालेको विज्ञप्तीमा उल्लेख छ, “कानुनत विवाह हुन सक्ने अरुको अधिकार हनन् हुने तथा सस्तो प्रचारवाजी कै लागि गरिने समुदायकै साथीका गैर जिम्मेवार कदम प्रति संस्था उभिरहन नसक्ने स्पष्ट पार्न चाहन्छौं ।” 

समाजले मोनिका शाही र रमेशनाथ योगीबीच पहिलो पटक समलिंगी विवाह भै दर्ता समेत भएको भन्ने समाचार प्रति पनि संस्थाको ध्यानाकर्षण भएको जनाएको छ ।

Global Ime bank

“कानुन नै नबनेको तथा कानुनले सम्बोधन गर्नु पर्ने थुप्रै विषय बाँकी रहेको अवस्थामा समलिंगी विवाह कुनै एक व्यक्तिको आफ्नो व्यक्तिगत पहुँचका आधारमा दर्ता गर्दैमा यसलाई समलिंगी विवाहले मान्यता पाएको भनेर बुझ्नु र सोही आधारमा समाचार सम्प्रेषण हुनुले बिबाद निम्त्याएको छ,” विज्ञप्तीमा भनिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC