site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने दाबी गरेका छन् । अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको पनि स्पष्ट पारे । 

उनले राष्ट्रिय हित विपरित ल्याइएको संविधान संशोधन विधेयकलाई पारित गराउन नदिइने चेतावनी पनि दिए । शुक्रबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रवादी शक्तिहरुलाई कमजोर बनाउने गरी सत्तापक्षले विधेयक निर्णयार्थ पेश गर्न खोजेको आरोप पनि लगाए । सरकारले आगामी सोमबार संविधान संशोधन विधेयक संसदमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि सरकारलाई चेतावनी दिए । उनले सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने गरी क्षेत्र निर्धारणको काममा षड्यन्त्र गरिरहेको आरोप पनि लगाए । 

अध्यक्ष ओलीले राहत वितरणको काममा राजनीति नगर्न पनि सरकारलाई सचेत गराए । उनले राजनीतिक लाभहानीको आधारमा सरकार र सत्तारुढ दलका नेताहरुले राहत वितरणको कामलाई प्रचारवाजीको विषय बनाएको भन्दै आपत्ति पनि जनाए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC