site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काराकस । दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरुबीच भएको हिंसामा परी ३७ कैदीको मृत्यु भएको समाचार छ । भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार बिज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । 

उक्त जेलमा रहेका कैदी र प्रहरीबीच भएको यस झडपमा १४ जना प्रहरी अधिकारी पनि घाइते भएका जानकारी दिइएको छ । अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको यस घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस घटना के कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ । भेनेजुएलामा हालका बर्षहरुमा जेलमा हुने गरेका यस्ता घटनाहरुबाट कैयौँको ज्यान गएको छ । 

गत अप्रिलमा यहाँको पूर्वी राज्य एनजोएटगु्इमा रहेको जोसे अन्टोनियो एनजोएटगु्इ राज्यमा रहेको एक जेलमा भएको हिंसामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए । 

Global Ime bank

त्यसैगरी सन् २०१३ को जनवरीमा उत्तरी भेनेजुएलाको उरीबाना जेलमा कैदी सुरक्षा गार्डबीच भएको भडपका परी ६१ व्यक्ति मारिएका थिए । रासस/सिन्हवा 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २, २०७४  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC