site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्यान्सर पीडित कठेतलाई संखुवासभा समाज हङकङको सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यान्सर भएर आर्थिक अभावमा उपचार गर्न नसकिरहेका संखुवासभा पाँचखपनका गजेन्द्र कठेतलाई संखुवासभा समाज हङकङले आर्थिक सहयोग गरेको छ ।
नेपाल आर्मीमा कार्यरत कठेतलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नका लागि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन ९एसकाज०को समन्वयमा बिहीबार एक कार्यक्रमकाबीच बिरामी कठेतलाई उक्त रकम संखुवासभा समाज हङकङका सचिव लिलाबहादुर गुरुङ र एसकाजका अध्यक्ष हेमन्त गौतमले संयुक्त रुपमा हस्तान्तरण गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखि बिरामी रहेका कठेतलाई बोनम्यारो प्रत्यारोपणका लागि १६ लाख रुपैयाँ चाहिने हुँदा उनले सहयोगको अपील गरेका थिए । 

‘हामीले बिरामीको उपचारका लागि सहयोग संकलन गरेर ल्याएका हौं’ संखुवासभा समाज हङकङका सचिव गुरुङले भने,‘ एक नेपालीलाई समस्या पर्दा हामी सहयोगका लागि सदैव अगाडि नै हुनेछौं।’

Global Ime bank

यता आफ्नो उपचारका लागि आएको सहयोग रकम लिएपछि बिरामी कठेतले भने, ‘ अब केही दिनमा नै भारतमा उपचारका लागि जान्छु, अब बाँच्छु भन्ने आशा पलाएको छ ।’
 नेपाल आर्मीमा कार्यरत रहेता पनि उपचारका लागि प्रयाप्त पैसा नपाएको जनाउँदै बिरामी कठेतले संखुवासभा समाज हङकङललाई सहयोगका लागि आभार प्रकट गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC