site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
साउदी अरेयिबाले कतारसँगको सीमा हज यात्रीको लागि खोल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । साउदी अरेबियाले कतारबाट आउने हज यात्रीको लागि आफ्नो सीमा खोल्ने भएको छ ।

कतारबाट आउने हज यात्रीलाई प्रवेश दिनको लागि साउदीले सालवा वोर्डर पोइन्ट कुनै विद्युतीय स्वीकृति बिना खोल्ने भएको साउदीको सरकारी समाचारसंस्था साउदी प्रेस एजेन्सीले जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

साउदी प्रेस एजेन्सीले साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले कतारी हजयात्रीलाई हजको लागि निमन्त्रणा दिएको र उनीहरुको खर्च पनि साउदीले बेहोर्ने बताएका छन् । यसका साथै सबै कतारी नागरिकलाई किङ फहाद र इस्सा विमानस्थलबाट मक्का जाने सुविधा पनि दिने घोषणा गरिएको छ ।

यसका साथै राजा सलमानले साउदी एअरलाइन्सका सबै प्राइभेट जहाजलाई दोहा पठाउन निर्देशन दिनुका साथै यसको सबै खर्च आफुले बेहोर्ने बताएका छन् । जेद्दाहमा रहेको एअरपोर्ट नै हज यात्राको लागि मक्का र मदिना जाने हजयात्रीको प्रमुख केन्द्र मानिन्छ ।

Global Ime bank

साउदी अरेयिबा, इजिप्ट, बहरान र संयुक्त अरब इमिरेट्सले जुन ५ मा कतारसँगको सम्बन्ध अन्त्यको घोषणा गरेपछि सालवा बोर्डर क्रसिङ् बन्द भएको थियो । साउदीको अहिलेको निर्णय उपर कतार सरकारले केही प्रतिक्रिया दिएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC