site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पार्टीप्यालेस सञ्चालकले काठमाडौंका मेयरलाई भने– पार्किङ स्थलको व्यवस्था गर्नुपर्‍यो  
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टीप्यालेस तथा क्याटरिङ व्यावसायीहरूले पार्टी प्यालेसका लागि सवारी पार्किङको व्यवस्था मिलाइदिन काठमाडौं महानगरका मेयर विद्याशुन्दर शाक्यसँग आग्रह गरेका छन् । इभेन्टस् एण्ड भेन्यु एसोसिएशन अफ नेपाल (इभा)को सातौं वार्षिकोत्षव तथा छैठौं साधारणसभाको अवसरमा राजधानीस्थित विश्रान्ती पार्टीप्यालेसमा बुधबार आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका शाक्यसँग व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् ।  

सम्पूर्ण व्यावसायी महासंघमा आवद्ध हुनुपर्छ : अध्यक्ष 
पार्टीप्यालेस तथा क्याटरिङ व्यावसायी महासंघ इभाका अध्यक्ष अरुण शङ्कर वैद्यले यस व्यवसाय अँगालेका सम्पूर्ण व्यवसायीहरूलाई पार्टीप्यालेस तथा क्याटरिङ व्यवसायी महासंघमा आवद्ध हुन आग्रह गरेका छन् ।

इभेन्टस् एण्ड भेन्यु एसोसिएशन अफ नेपाल (इभा)को सातौं वार्षिकोत्षव तथा छैठौं साधारणसभाको अवसरमा राजधानीस्थित विश्रान्ती पार्टीप्यालेसमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“यस महासंघसँग ७ वर्षअघिदेखिको गौरवपूर्ण इतिहास छ,” आफ्नो सन्तानजस्तै लाग्ने यस संघमा आवद्ध भएमात्र आगामी दिनमा व्यवसायीहरुको ऐक्यवद्धता रहने बताउँदै वैद्यले भने, “पार्टीप्यालेस तथा क्याटरिङ, रेष्टुरेण्ट तथा वेन्कुइटका सम्पूर्ण व्यावसायी यसै महासंमा आवद्ध भएमात्र भोलिका दिनमा हाम्रो ऐक्येवद्धता रहनसक्छ ।” कार्यक्रममा बोल्दै वैद्यले महासंघ गठनमा इभाका साधारण सदस्य कृष्णप्रसाद पाण्डेको विशेष सक्रियता र भूमिका रहेको पनि औंल्याए । यसका साथै वैद्यले तराइका जिल्लामा बाढीद्वारा पीडितहरुको राहत संकलनमा पनि महासंघ जुटिरहेको बताए । 

यसैगरी महासंघका महासचिव लीला जिसीले करोडौं लगानीमा सुरू गर्नुपर्ने पार्टीप्यालेस तथा क्याटरिङ व्यावसायी सधैं धरापमा रहेको साथै मुलुकले गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास गरिरहेको आजको अवस्थामा समेत यो व्यावसायमाथि सरकारले एकात्मक शासन व्यवस्था लादिरहेको आरोप लगाए । “हामीलाई सरकारले कहिले सामाजिक सुरक्षाका नाममा, कहिले ३३ प्रतिशतका नाममा त कहिले फोहोर व्यवस्थापका नाममा अचाक्ली कर लगाइरहेको छ,” अधिकांश युवाहरुलाई विदेश पलायनबाट रोकी यस व्यावसायले रोजगागरीको अवसर दिँदै राज्यलाई २५ प्रतिशत कर बुझाउँदासमेत सरकारबाट यस कार्यको जस पाउन नसकेको बताउँदै जिसीले थपे, “हामी भनेका राज्यका छोराछोरी हौं, तर राज्यले हामीलाई कहिल्यै बाबुले झैं व्यवहार गरेन ।” 

Global Ime bank

काठमाडौं महानगरका मेयर विद्याशुन्दर शाक्य प्रमुख अतिथि साथै नेपालका विभिन्न स्थानका पार्टीप्यालेस तथा क्याटरिङ सञ्चालक साथै विभिन्न पेशा, व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा पार्टी प्यालेस तथा क्याटरिङ संघ काठमाडौंका अध्यक्ष अनिल शर्मा, निवर्तमान अध्यक्ष श्रीमान् सिंह, उपाध्यक्ष शिवभक्त रञ्जित, उपाध्यक्ष तवीन्द्ररत्न शाक्य, महासचिव उत्तमप्रकाश शर्मा, कोषाध्यक्ष भक्तराज श्रेष्ठ, सदस्य कविता श्रेष्ठ र राजिव महर्जनले सम्पूर्ण सदस्यहरु आगामी पुषमा हुने चुनावको तयारीमा जुट्नुपर्ने बताउँदै यस व्यवसायका चुनौतिका साथै आ–आफ्ना धारणा राखेका थिए ।

मेयरसँग आग्रह
अधिकांश व्यवसायीहरुले पार्टी प्यालेसमा पार्किङ स्थलको अभाव रहेको र घर, जग्गा कर पनि धनीले नभई व्यावसायीले नै तिर्दै आउनु परेको गुनासो मेयर शाक्यसामु राखेका थिए । व्यवसायीका समस्या र गुनासा सुनेपछि शाक्यले भने, “सुरुका दिनमा एकाध महिना चल्ने र अरु महिना हात बाँधेर बस्नुपर्ने यो व्यवसाय आजका दिनमा सदावहार व्यवसायी हुनु खसीको कुरा हो,” यस व्यवसायीको आम्दानीको बारेमा आफू जानकार रहेको र स्थानीय सरकारको महत्व दर्शाउँदै शाक्यले सुझाए, “तपाईंहरुको आम्दानीका बारेमा म पनि राम्रो जानकार छु, तसर्थ पार्किङका लागि उपयुक्त स्थान हेरेर व्यवसाय सञ्चालन गर्नुहोस्, करका विषयमा घरजग्गा धनीसँग यहाँहरूले के सम्झौता गर्नुहुन्छ त्यसमा हाम्रो कुनै हस्तक्षेप छैन, बाटाघाटा मर्मतका लागि महानगर तपाईंहरूसँग सहकार्य गर्न तत्पर छ, अब सानातिना समस्याका लागि मेयर, उपमेयरलाई भेटिराख्नु पर्दैन वडाध्यक्ष, सदस्यहरुबाटै सहयोग लिनुहोस् ।” 

हाल महासंघमा मुलुकभरबाट १५० सदस्य आवद्ध छन् भने काठमाडौंमा मात्रै २५० पार्टीप्यालेस र क्याटरिङ सञ्चालनमा छन् । 


    

  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC