site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बलिउडका ८ महिनामा ७ चलचित्र सुपरहिट
Sarbottam CementSarbottam Cement

काठमाडौं । आठ महिनामा बलिउडमा ७ वटा चलचित्र सुपरहिटको क्याटेगोरीमा छन् । पछिल्लो चलचित्र हो अक्षय कुमारको ‘टोइलेटः एक प्रेम कथा’ । यो चलचित्र वर्षको सातौँ सुपरहिट चलचित्र हो । 

यो चलचित्र पाँचै दिनमा ब्लकबस्टरको वर्गीकरणमा पनि परेको छ । अक्षयको यो डबल धमाका हो । यस अघि आएको अक्षयकै ‘जोली एलएलबी–२’ पनि सुपरहिट भएको थियो ।
वर्षको पहिलो महिना जनवरी २५ मा आएको ऋतिक रोशन र यामी गौतमको चलचित्र ‘काबिल’ ले १२६.८५ करोड कमाइ गरेको थियो । यो चलचित्र शाहरुख खानको ‘रईस’ को प्रतिस्पर्धामा एकैदिन रिलिज भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

१० फेब्रुअरीमा आएको अक्षय कुमारको चलचित्र ‘जोली एलएलबी–२’ ले ११७ करोड कमाइ गर्दै सुपरहिट भएको थियो । १० मार्चमा वरुण धवन अभिनित चलचित्र ‘बद्रीनाथ की दुल्हनिया’ रिलिज भयो चलचित्रले ११६ करोड कमाइ गर्दै सुपरहिटमा दरियो ।

२८ अप्रिलमा आएको एसएस राजामौलीको चलचित्र ‘बाहुबली–२’ ले हिन्दी भर्जनबाट मात्रै ५१५ करोडको कमाइ गर्यो ।

Global Ime bank

१९ मे मा आएको चलचित्र ‘हिन्दी मिडियम’ आश्चर्यजनक परिणाम पायो । उति राम्रो ओपनिङ गर्न नसकेको चलचित्रले ६९ करोड कमाइ गर्दै सुपरहिटमा दरियो । 

२१ जुलाईमा आएको चलचित्र ‘लिपिस्टिक अन्डरमाई बुर्का’ ६ करोडमा बनेको चलचित्रले १८.५ करोड बढीको कमाइ गर्यो । लागतभन्दा तेहेरो कमाइ गरेको चलचित्र यो सूचीमा पर्न सफल भयो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC