site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदी अरेबियाले २७ वर्षपछि इराकसँग व्यापारको लागि सीमा नाका खोल्ने
Ghorahi CementGhorahi Cement

काठमाडौं । साउदी अरेबियाले इराकसँग जोडिएको आफ्नो अरार बोर्डर क्रसिङ २७ वर्षपछि पहिलो पटक खोल्ने भएको छ ।

सन् १९९० देखि बन्द रहेको उक्त सीमा नाका खोल्नको लागि साउदी अरेबियाले इराकसँग संयुक्त व्यापार समितिको गठन पनि गरिसकेको छ । छिट्टै खुल्ने भनिएको उक्त सीमा नाकाबाट सामान र खाद्यान्न आयात–निर्यातका लागि प्रयोग हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

Agni Group

साउदी अरेबियाको मक्का दैनिकले सोमबार नै साउदी र इराकी अधिकारीहरुले ती क्षेत्रको निरिक्षण गरेको जनाएको छ । यसअघि साउदी अरेबियाले उक्त सीमा नाका हज यात्रीहरुको लागि मात्रै हजको समयमा खोल्ने गरेको थियो ।

इराकका पूर्व शासक सद्धाम हुसेनले कुवेतमाथि आक्रमण गरेपछि सम्बन्ध अन्त्यको घोषणासँगै साउदी अरेबियाले उक्त सीमा नाका पनि बन्द गरेको थियो । तर साउदी अरेबियाको क्याबिनेटले भने यो हप्ताको सुरुवातमै सीमा नाका खोल्नको लागि निर्णय गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC