site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अदालतको फैसलामाथि पुनर्विचार खोज्दै सरिफ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले बर्खास्त गरेका पूर्व प्रधानमन्त्री नवाज सरिफले आफुमाथि भएको फैसला उपर पुनर्विचारको अपिल गरेका छन् ।

गत जुलाई २८ मा सर्वोच्च अदालतले सरिफलाई पदमा बस्न योग्य नरहेको भनि ठहर गरेपछि उनले त्यसै दिन राजिनामा दिएका थिए । अहिले भने उनले आफ्नो फैसला उपर पुनर्विचारको लागि अपिल गरेको उनका पार्टीका सदस्यले रोयर्टसलाई बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तान मुस्लिम लिग– नवाजका सदस्य जान अचाकजाइले फैसला उपर पुर्नविचारको अपिल गर्दै ३ वटा फरक फरक निवेदन सर्वोच्च अदालतमा प्रस्तुत गरेको जानकारी दिएका छन् ।

फैसला उपरको पुनर्विचार गर्न अपिल गर्नु हाम्रो अधिकार हो । पाकिस्तानका नागरिकले पनि यो निर्णयलाई स्वीकार गरेका छैनन्, उनले भने । सरिफको पुनर्रविचारको अपिल उपर उनलाई पहिले बर्खास्त गर्ने न्यायाधिसहरुले नै फेरी फैसला सुनाउने अचाकजाइले जानकारी दिए ।

Global Ime bank

सन् २०१६ मा भएको पानामा लिक्स्का कारण पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पदबाट बर्खास्त भएका थिए । उक्त लिकमा उनकी छोरी र दुई छोराले अफसोर कम्पनीबाट लण्डनमा सम्पत्ति खरिद गरेको खुलासा भएकोथियो ।

यस लगत्तै सरिफको विरुद्धमा विपक्षीहरु मुद्धा हालेका थिए जसमा सर्वोच्च अदालतले अप्रिलमा उनलाई पदबाट हटाउनको लागि यथेष्ट प्रमाण रहेको स्पष्ट पारेको थियो तर पनि थप अनुसन्धानको लागि निर्देशन दिएको थियो ।

अचाकजाइले अप्रिलमा निर्देशन दिएका ५ मध्ये २ न्यायाधिस अन्तिम सुनुवाइमा नबस्ने भनिएको भएपनि उनीहरु पनि यसमा संलग्न रहेकाले पुर्नविचारको अपिल दिन लागिएको बताएका छन् । अप्रिलमा सुनुवाइ गर्दा ती दुई न्यायाधिसले असहमति जनाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC