site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भीमदत्तनगर। मुक्तकमैया, दलित तथा विपन्न समुदायको आयस्तर उकास्न कञ्चनपुरमा गरिबी निवारण कोषले लागू गरेको कार्यक्रमबाट तीन हजार ६७१ परिवार लाभान्वित भएका छन् । 

गरिबी निवारण कोषले एक दशकयता विपन्न समुदायलाई विभिन्न आय तथा रोजगारमूलक कार्यक्रममा हालसम्म रु चार करोड ८९ लाख रकम अनुदान विभिन्न समूह र सहकारीलाई प्रदान गरिसकेको छ । 

कञ्चनपुरमा नेपाल राष्ट्रिय समाजकल्याण सङ्गघ ९एनएनएसडब्लूए०मार्फत कोषले यहाँका पाँचवटा नगरपालिकामा कार्यक्रम लागू गरेको छ । कोषको सहायताबाट विपन्न समुदायको आयस्तरमा वृद्धिका साथै सामाजिक रुपमा पनि उनीहरुको वृद्धिविकास भएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्गघ एनएनएसडब्लूए गरिबी निवारण कार्यक्रमका संयोजक टेक बुढाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोषको छनोटमा परेका दलित, मुक्तकमैया र विपन्न समुदायमा सुरुवातमा कोषले विभिन्न समूह स्थापना गरी अनुदान दिएर समुदायलाई आवद्ध गराइ आयमूलक व्यवसायमा लाग्न प्रेरित गरेको थियो । ‘रु चार करोड ८९ लाखबाट अहिले समूह र सहकारीले करिब रु सात करोड १७ लाखभन्दा बढी रकम जुटाइसकेका छन्,” संयोजक बुढाले रासससित भने,–“कोषको अनुदानले गरिबीको रेखामुनी रहेका समुदायमा ठूलो परिवर्तन ल्याइदिएको छ ।” 

लामो समय साहुजनको कमैया बसेर मुक्त भएपछि सरकारले दिएको पाँच कठ्ठा जग्गामा श्रम खर्चेर परिवार पालिरहेका यहाँका विभिन्न मुक्तकमैया शिविर र करिब आठ सय दलित परिवार लाभान्वित बनेका छन् । कोषले सुरुवातमा व्यावसायिक तरकारी खेती, बंगुरपालन, कुखुरापालन, पशुपालन, खुद्रा व्यापारलगायत आयमूलक कामका लागि समूहमार्फत किसानलाई लगानी गरेको थियो । 

Global Ime bank

“समूहमा आवद्ध भएर समूहकै सदस्य हुुनुका साथै बचत र ऋण लगानी समेत उनीहरु आफैँ गरिरहेका छन,” संयोजक बुढाले भने,“अहिले साइकल पसले, लाखौँंको घडेरीका मालिकदेखि मुक्तकमैया ट्याक्टर खरिदसम्म कमाएर गरिरहेका छन ।” अधिकांश बस्तीमा गठन भएका सामुदायिक समूह विस्तारै सहकारीमा परिणत भइरहेका छन् । उनीहरुले समुदायमा व्यवसाय, अध्ययन, वैदेशिक रोजगारलगायतका शीर्षकमा ऋण लगानी पनि गरिरहेका छन् । 

एक सय ४७ वटा सामुदायिक समूह र १० वटा सहकारीसमेत सञ्चालनमा रहेको बताउँदै गरिबी निवारण कोषले कञ्चनपुरमा कोषको कार्यक्रम फलदायी भएको जनाएको छ । अहिले समूह र सहकारीमा आवद्ध भएर जग्गा समेत भाडामा लिई मुक्तकमैया तरकारीखेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । 

कृष्णपुर नगरपालिका –४ किचाही शिविरमा रहेको कोष अन्तर्गतको चौधरी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शान्ति चौधरी गाउँमै सहकारी सञ्चालन गरेर किसानलाई बैंकको ऋण लिँदा भोग्नुपर्ने समस्याबाट मुक्त गरेको बताउँछन्। 

उनले विगतमा बैंक तथा वित्तीय संस्थाबाट मुक्तकमैयालाई ऋण लिन निकै सकस हुने गरेको सुनाए । अहिले मुक्तकमैया मात्रै ३४० जना शेयर सदस्य छन् । अहिले सहकारीले रु ८६ लाखको कारोबार गरिरहेको छ । किसान तरकारी खेतीलगायत व्यवसायमा लागेको र युवालाई अध्ययन तथा वैदेशिक रोजगारका लागि सहकारीबाट सहुलियतमा ऋण लेनदेन गर्न सहज भएको चौधरीको भनाइ छ । 

“शिविरका युवा सहकारीबाट ऋण लिएर उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौंसम्म पुगेका छन,” उहाँले भने– “यसको श्रेय कोषलाई नै जान्छ ।” 

चौधरी बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बन्ध्या डगौरा गरिबी निवारण कोषको सहयोग सार्थक बनेको बताउँछन् । “मुक्तकमैया परिवारलाई घरखर्च चलाउन मुस्किल थियो,” उनले भने–“अहिले यहाँ स्वावलम्बी बन्ने क्रमले गति लिएको छ ।” जिल्लामा गरिबी निवरण कोषबाट लाभान्वित हुनेमा दुई हजार ४०० परिवार जनजाती, आठ सय परिवार दलित र ३३३ परिवार अन्य समुदायका रहेका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC