site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कार्यकारी अधिकृतमा शर्मा नियुक्त, कामपाको छवी सुधार्ने अठोट  
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतमा धनीराम शर्मा नियुक्त भएका छन् ।  श्रावण २९ को उपप्रधानमन्त्री स्तरीय निर्णयबमोजिम शर्मा उक्त पदमा नियुक्त भएका हुन् ।

बुधबारै पदबहालीपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत शर्माले भने, “मेयर उपमेयरज्यूका योजनामा रहेका कामकारबाहीमा ध्यान दिनु नै मेरो पहिलो प्राथमिकता हो,” शर्माले स्पष्ट पारे, “स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नेछ ।” साथै शर्माले  भ्रष्टाचारजन्य आचरणलाई सुशासनको काँडा भएकाले यस्ताखाले दुर्नियतको अन्त्य गर्दै सेवाग्राहीको सन्तुष्टिमा ध्यान दिँदै आफ्नो कार्यकालभरिमा महानगरको सार्वजनिक छविमा थप सुधार गर्ने पनि बताए ।  

Agni Group

यसैबीच प्रशाशन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले कर्मचारीले सम्पादन गर्नुपर्ने विधि तथा पद्धतिमा नागरिक र जनप्रतिनिधिकावीचमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । 

गत १९ गते मात्रै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका शर्मा यसअघि अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । 
शर्मासँग १४ बर्षभन्दा बढी सरकारी कर तथा राजस्व प्रशाशन, वित्तीय व्यवस्थापन सेवाको अनुभव छ । 

Global Ime bank

नवनियुक्त कार्यकारी शर्मालाई शुभकामनास्वरुप पुष्पगुच्छा प्रदान गर्दै कामपाका प्रशाशन विभाग प्रमुख ज्ञानेन्द्र कार्की । तस्बिर सौजन्यः चन्द्रमणी भट्टराई, कामपा   


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC