site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रिमियर लिगको उपाधि जित्न युनाइटेड आएको हुँः पोग्बा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले इंग्लिश प्रिमियर लिगको उपाधि जित्न म्यानचेस्टर युनाइटेड आएको बताएका छन् । कीर्तिमानी रकममा गत बर्ष युनाइटेड आएका पोग्बाले गोल डटकमसँग कुरा गर्दै आफु प्रिमियर लिगको उपाधि जित्न युनाइटेड फर्किएको बताएका हुन् । 

गत सिजन इटालियन क्लब युभेन्टसबाट युनाइटेड आएका पोग्बाले भने, “म प्रिमियर लिगको उपाधि जित्न र आफैलाई नयाँ चुनौती दिन म्यानचेस्टर आएका हु,प्रिमियर लिग जित्नु महत्वपूर्ण कुरा हो ।” प्रिमियर लिगको नयाँ सिजन अन्तर्गत आइतबार राति युनाइटेडले वेष्ट ह्यामविरुद्ध ४ – ० ले जित निकाल्ने क्रममा पोग्बाले एक गोल गरेका थिए ।

Agni Group

यस्तै उनले एक गोलको लागि पास उपलब्ध गराईदिएका थिए ।

युनाइटेडको प्रशिक्षक जोसे मोरिन्हो नियुक्त भएपछि गत बर्ष पोग्बा त्यससमयको किर्तिमानी रकम १ सय मिलियन पाउण्डमा युनाइटेड फर्किएका हुन् । यसअघि पोग्बा सन् २०१२ मा युनाईटेडबाट नै युभेन्टस गएका थिए । गत सिजन युनाइटेडले कम्युनिटी शिल्ड, लिग कप र युरोपा लिग जित्दा पोग्बाले  महत्वपूर्ण भूमिका खेलेका थिए ।

Global Ime bank

हाल युनाइटेड फर्केपछि भने आफु परिपक्क भएको र युनाइटेड फर्कन पाउदा आफु निकै हर्षित भएको पोग्बाले बताए । “युनाइटेडबाट खेल्नु मेरो सपना नै हो, जब मैल टिममा नपर्दा युनाइटेड छाडे, मैले युनाइटेड सधै मिस गरे,” पोग्बाले थपे,“म फर्किएको छु, युनाइटेडमा फर्कन पाउदा खुशी छु र परिपक्क भएर फर्किएको छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC