site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुललाई अग्रता
Sarbottam CementSarbottam Cement

काठमाडौं । च्याम्पियन्स लिग छनोटअन्तर्गत प्ले अफको पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलले जित हात पारेको छ । मंगलबार राति सम्पन्न खेलमा जर्मन क्लब होफनहाइमलाई लिभरपुलले २–१ गोलअन्तरले पराजित गरेको हो ।

होफनहाइमले आफ्नो घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई खेल अवधिभर नियन्त्रणमा राखेपनि गोल गर्न नसकेपछि पलिहो लेगको खेलमा हार ब्यहोर्नु परेको हो । खेलको ३५ र्औं मिनेटमा लिभरपुलका एलेक्जेन्डर आर्नोल्डले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफसम्ममा १–० ले पछि परेको होफनहाइमले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्दै खेलमा फर्किने संकेत देखाएपनि आत्मघाती गोल खादै २–० गोलले पछि परेको थियो । खेलको ७४ औं मिनेटमा होफनहाइमका हाभर्ड नर्डभिटले आफ्नो टोलीका लागि आत्मघाती गोल गरेका थिए ।

खेलको ८७ औं मिनेटमा होफनहाइमका लागि मार्क उलले गोल गर्दै २–१ को स्थितिमा पुर्याएका थिए । दोस्रो लिगको खेल अब लिभरपुलको मैदानमा हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC