site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषि क्षेत्रमा साढे तीन अर्बको क्षति
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाढी पहिरोबाट कृषि क्षेत्रमा साढे तीन अर्बभन्दा बढीको क्षति पुगेको कृषि विकास मन्त्रालयले बताएको छ । मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा खेतिमा गरी ३ अर्ब ६४ करोड ३४ लाख मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक जानकारी गराएको हो । 

सबैभन्दा बढी मध्यमाञ्चलका १० जिल्लामा बाढीले २ अर्ब ६५ करोड १४ लाखको अन्नबाली, तरकारी, माछा पालन लगायतमा क्षति पुगेको छ । त्यसैगरी पूर्वाञ्चलमा ६५ करोड ५० लाख, सुदूरपश्चिमाञ्चलमा १० करोड ८३ लाख, मध्यपश्चिमाञ्चलमा २१ करोड ४९ लाख तथा पश्चिमाञ्चलमाा ५७ लाख बराबरको क्षति पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका अनुसार १ लाख ९८ हजार ६ सय ९८ हेक्टरको धानखेती, २९ हजार १ सय ३७ हेक्टरमा लगाएको तरकारी  खेती, ३ हजार ५ सय ६१ हेक्टरमा गरिएको माछा पालन,८ हजार ३ सय ५२ हेक्टरमा लगाएको मकै बाली तथा १ हजार १ सय ११ हेक्टर क्षेत्रफलको दलहन, केरा ५३ हेक्टर, बदाम १५ हेक्टर , तेलहन १५ हेक्टर, माछाका भुरा १५ हेक्टर, तथा  १.३४ हेक्टर क्षेत्रफलमा लगाएको कोदो बालीमा क्षति पुगेको अनुमान छ । 

त्यसैगरी १२ करोड रुपैयाँको सञ्चित खाद्यान्नमा क्षति पुगेको छ । यसैबीच कृषि विकास र पशुपन्छी विकास मन्त्रालयलले एक साताभित्र कृषिमा पुगेको क्षतिका लागि कृषकलाई राहत प्याकेजको व्यवस्था गर्ने बताएका छन् । 

Global Ime bank

मन्त्रालयले मध्यमाञ्चलका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुर, पूर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा तथा सुदूरपश्चिमाञ्चलका बझाङ, दार्चुला, बैतडी, कैलाली, डोटी, मध्यमाञ्चलका दाङ, बाँके, बर्दिया तथा पश्चिमाञ्चलका म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा बाढीले अन्न बाली, तरकारी बाली, तेलहन तथा माछापालनमा पुर्याएको क्षतिको प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC