site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
डा.केसीले तोडे अनशन, मेडिकल कलेज किन्न कार्यदल
Sarbottam CementSarbottam Cement

चिकित्सा शिक्षामा सुधारको माग राखेर ११ औं पटक सत्याग्रहमा बसेका प्रा.डा.गोविन्द केसीले २३ औं दिन पुग्दा ५५४ घण्टापछि अनशन स्थगित गरेको खबर आज समीक्षित सबै पत्रिकामा महत्त्वका साथ समेटिएको छ ।

नयाँ पत्रिकामा ‘५५४ घण्टापछि केसीको अनशन स्थगित, देश रोएको बेला अनशन लम्ब्याउन उचित ठानिनँ’ शीर्षक राखेर अर्जुन अधिकारीले लेखेको समाचारमा बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेको उल्लेख छ ।

समाचारअनुसार मंगलबार साँझ शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित मात्रै गरेको बताएका थिए । केसीको भनाइ थियो, ‘‘कसैले डरायो भन्लान्, तर होइन । अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ । त्यसैले केही समयका लागि स्थगित गरेको हुँ । नागरिकले सहज स्वास्थ्य शिक्षा नपाएसम्म मेरो अनशन जारी रहन्छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

अन्नपूर्ण पोस्टमा दीपा दाहालले लेखेको ‘डा.केसीद्वारा २३ औं दिनमा अनशन स्थगित, मुख्य माग पूरा हुने सम्भावना न्यून’ शीर्षक समाचारमा केसीको निम्न भनाइ उद्धृत गरिएको छ, ‘‘हाललाई सत्याग्रह स्थगन भए पनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाइँ निरन्तर जारी रहनेछ । कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु ।’’

कान्तिपुरमा मुख्य बनाइएको ‘अनशन स्थगित’ शीर्षकको अतुल मिश्रले लेखेको समाचारमा अनशन स्थगनको घोषणा गरेलगत्तै केसीलाई जटिल स्वास्थ्य स्थितिका कारण उपचारका लागि आईसीयुमा भर्ना गरिएको उल्लेख छ । कान्तिपुरका अनुसार केसीले केही माग सरकारले पूरा गरे पनि माथेमा प्रतिवेदन र आफ्नो सुझावसहितको चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित हुनुपर्नेलगायत दीर्घकालीन महत्त्वका काम अझै बाँकी रहेको बताएका छन् ।

Global Ime bank

समाचारअनुसार ११ औं अनशनका क्रममा डा.केसीले माथेमा प्रतिवेदनअनुरूप चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने मागलाई पहिलो नम्बरमा राखेका थिए ।

डा.केसी हालसम्म ११ पटक गरी १ सय ४० दिन अनशन बसिसकेका छन् । यसपल्टको अनशन सबैभन्दा लामो रह्यो । अघिल्लो दसौं अनशन २२ औं दिनमा सरकारसँग सहमति भएपछि टुंगिएको थियो ।

डा.केसीले अनशन स्थगित गरेको समाचारलाई नागरिकमा दीपक दाहालले ‘प्रधानमन्त्रीकै पहलपछि स्थगन’ शीर्षक दिएर मुखपृष्ठको अन्त्यमा लेखेका छन् । समाचारमा प्रधानमन्त्री देउवाले प्रत्यक्ष हस्तक्षेप गरेर डा.केसीको अनशनलाई सुखद निष्कर्षमा पुर्याएको उल्लेख छ ।

अस्पताल किन्न कार्यदल
 

सरकारले चिकित्साशास्त्र अध्यापनका लागि आशयपत्र पाएका संस्थालाई आफ्नो स्वामित्वमा लिन चाहेमा वा लिन सक्ने सम्भावना देखिएमा त्यसबारे नीतिगत, कानुनी र प्रक्रियागत अध्ययन गरी सुझाव दिन मुख्य सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । एमाले नेताहरू राजेन्द्र पाण्डे आदिले सञ्चालन गर्दै आएको मनमोहन मेमोरियल कलेजलगायतका कलेजहरू सरकारले खरिद गर्ने सम्भावनाको खोजी गर्न यो कार्यदल गठन गरिएको हो ।

राजधानीको मुखपृष्ठको अन्त्यमा ‘मनमोहन किन्न कार्यदल’ शीर्षक दिएर लेखिएको समाचारअनुसार कार्यदलमा मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्री संयोजक छन् भने अर्थ, शिक्षा र स्वास्थ्य मन्त्रालय साथै र सार्वजनिक खरिद कार्यालयका सचिव सदस्य छन् ।
 

डुबान क्षेत्रमा बिजोग
 

नागरिकको मुखपृष्ठमा छापिएको जितेन्द्रकुमार झाले वनरझुला (सप्तरी) बाट पठाएको ‘बाढी विस्थापितको बिजोग, न खाद्यान्न, न अत्यावश्यक औषधि’ शीर्षक समाचारमा बाढीबाट विस्थापित बस्तीका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेको खबर छ । समाचारअनुसार स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएको गुनासो पनि उत्तिकै सुनिएको छ ।
सोही समाचारअन्तर्गत ‘डुबान क्षेत्रमा महामारीको खतरा’ शीर्षक दिएर महेशकुमार दासले महोत्तरीबाट प्रेषित गरेको समाचारमा बाढीको कटान र डुबानको चपेटामा परेका महोत्तरीका झन्डै ३७ गाउँमा महामारी फैलिने खतरा बढेको बताइएको छ ।

सप्तरीका बाढीपीडितको बिचल्लीको खबर अन्नपूर्ण पोस्टमा मुख्य समाचार बनेको छ । ‘सप्तरीका तीन हजार विस्थापितको बेहाल’ शीर्षकमा विकास थापा, मनोहर पोखरेल र रमपुरा मल्हनियाँले सप्तरीबाट प्रेषित गरेको समाचारमा डुबानले भेट्न नसकेका विभिन्न ठाउँमा पाल टाँगेर बसेका सप्तरीका ३ हजार बाढीपीडितहरू न्यूनतम आधारभूत सुविधाबाट समेत वञ्चित रहेको उल्लेख छ ।

नयाँ पत्रिकामा बाढीका कारण १२३ को मृत्यु भएको र अझै ३५ बेपत्ता रहेको उल्लेख छ । ‘मृतकको संख्या एक सय २३, अझै ३५ बेपत्ता, क्षति भएका भौतिक संरचनाको तथ्यांक संकलन हुँदै’ शीर्षक दिएर वीरेन्द्र ओलीले लेखेको समाचारमा उक्त कुरा उल्लेख छ ।

तस्बिर समीक्षा
 

कान्तिपुरमा डा.केसीले अनशन स्थगित गरेको समाचारसँग सान्दर्भिक तस्बिर मुख्य छ । अन्नपूर्ण पोस्टमा सप्तरीस्थित हनुमाननगर–कुनौली सडक किनारको अस्थायी शिविरमा विस्थापित शिशु अलपत्र हालतमा निदाइरहेको तस्बिर छ ।

राजधानीमा डा.केसीको तस्बिरका साथै नेपाल चीनबीच भएको पेट्रोलियम अन्वेषण सम्झौतासँग सान्दर्भिक हुने गरी अर्थ सचिव शान्तराज सुवेदी र चीन सरकारका सचिव च्यानह्वाबीच सम्झौतापत्र आदानप्रदान हुँदै गरेको तस्बिर छ । उक्त सम्झौतासँग सम्बन्धित तस्बिर गोरखापत्रमा पनि मुख्य बनेको छ ।

नागरिकमा बाढीले आफ्नै आँखाअगाडिबाट आमा र बहिनीलाई बगाएपछि एकनास टोल्हाउँदै आमाको किरिया बसेका झापाका १७ राजकुमार घोर्सानेको तस्बिर छ । 
 
सम्पादकीय
 

कान्तिपुरको ‘राहत वितरणमा अनावश्यक अंकुश’ शीर्षक सम्पादकीयमा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले बनाएको एकद्वारा प्रणालीको प्रावधानको अभिप्राय गलत नभए पनि  यसबाट राहत वितरण निकै ढिलो र झन्झटिलो हुने हुँदा अनावश्यक रहेको टिप्पणी गरिएको छ ।

अन्नपूर्ण पोस्टमा लेखिएको ‘असहज आवागमन’ शीर्षक सम्पादकीयमा नेपालका लाइफलाइन मानिने राजमार्गहरूमा पुलपुलेसा क्षतिग्रस्त हुँदा आवागमन असहज भएकाले सरकारको ध्यान राहत र पुनस्र्थापनासँगै पुनर्निर्माणतिर पनि केन्द्रित हुनुपर्ने उल्लेख छ ।

नयाँ पत्रिकाको ‘स्थानीय तहलाई पंगु नबनाऊ’ शीर्षक सम्पादकीयमा सिंहदरबार र जिल्लामा रहेका प्रशासनका हाकिमले अनेक बखेडाबाजी गर्दै स्थानीय तहलाई बलियो हुनबाट रोकिरहेको टिप्पणी गरिएको छ ।

राजधानीमा ‘राहतमा विलम्ब नहोस्’ शीर्षक सम्पादकीय लेखिएको छ ।

नागरिकको ‘आयल निगममा अनियमिततापछि धम्की’ शीर्षक सम्पादकीयमा निगमको जग्गा खरिदमा आफूले थोरै रकम बुझेर लिखतमा धेरै र कम समावेश भएको थाहा पाएर विक्रेताले मुख खोल्न थालेपछि काठमाडौंका फोन नम्बरबाट र स्थानीय स्तरमा समेत धम्की जान थालेको बताइएको छ ।

गोरखापत्रमा प्राकृतिक विपदापछि उत्पन्न हुन सक्ने उपभोग्य वस्तुको कृत्रिम अभावमा केन्द्रित रहेर ‘कृत्रिम अभावविरुद्ध सक्रियता’ शीर्षक सम्पादकीय लेखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC