site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तरकारीको भाउ एक्कासी किन बढ्यो ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीमा भाउ एक्कासी बढेको छ । मुलुकका विभिन्न ठाउँमा गएको बाढी पहिरोपछि बजारमा अहिले तरकारीको भाउ एकाएक बढाइएको हो ।

कीर्तिपुरको एक तरकारी पसलमा तरकारी खरिद गर्ने क्रममा भेटिएकी गृहिणी लक्ष्मी श्रेष्ठले तरकारीको भाउ  सुनेर तर्सीएको बताइन् । “केहि दिनअघि मात्र ८० रुपैयाँ पर्ने गोलभेडा अहिले सय रुपैयाँमा खरिद गरेकी छु,” उनले भनिन् “परवर, गाँजर लगायतका भाउ उस्तै छोइनसकिने छ ।” 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पनि विभिन्न तरकारीको खुद्रा मूल्यमा केहिदिन यता प्रतिकिलो ३० रुपैयाँसम्म मूल्य बढेको छ ।

Agni Group

तर समितिको तथ्याङ्कभन्दा पनि व्यवसायीहरुले बजारहरुमा प्रतिकिलो करिब १५ रुपैयाँभन्दाबढी नाफा खाएर तरकारी बिक्री गर्ने गरेको पाइएको छ ।

केहि व्यवसायीहरुले मुलुकमा निम्तिएको पछिल्लो समस्याको फाइदा उठाएर बढी मूल्य असुलीरहेका छन् ।

Global Ime bank

समितिको तथ्याङ्क अनुसार बिहीबारदेखि मंगलबारसम्ममा भिन्डीको प्रतिकिलो खुद्रा मूल्यमा ३० रुपैयाँ बढेको छ । परवरमा ३०, सानो गोलभेडामा २०, गाँजरमा १०, बन्दामा १०, हरियो फर्सीमा १० गरी दर्जन बढी तरकारीको भाउ बढेको  छ । 

ती तरकारीको भाउ बढेर क्रमशः ८५, १०५, ८५, ८५, ३५, ६५ रुपैयाँ पुगेको छ । तर बजारमा उक्त मूल्यभन्दा व्यवसायीहरुले बढी मूल्य लिने भएकोले सर्वसाधारण मर्कामा परेका छन् ।

कालीमाटीमा कम तरकारी भित्रियो 
 

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोम प्रसाद घिमिरेले कालिमाटी तरकारी बजारमा केहि दिन यता तरकारी कम भित्रिएको बताए ।

“सामान्यतया कालिमाटी बजारमा ७ सय टन तरकारी भित्रिने गरेकोमा मंगलबार २२ प्रतिशतले कमी आइ करिब साढे ५ सय टन मात्र भित्रिएको छ,” उनले भने “सोमबार झनै कम करिब ४ सय टन मात्र तरकारी भित्रिएको थियो ।”

उनका अनुसार तराइ लगायत मुलुकका विभिन्न ठाउँमा गएको बाढी पहिरो तथा सडक अवरुद्धको कारण उपत्यकामा कम तरकारी भित्रिएको हो । समग्रमा उपत्यकामा भित्रिने तरकारीमा ४० प्रतिशतले कमि आएको उनको बुझाइ छ । “तराई क्षेत्रबाट भिण्डी, हरीयो फर्सी लगायतका करिब २० प्रतिशत लहरे तरकारी उपत्यकामा भित्रने गरेकोमा सो भित्रिन छाडेको छ,” उनले भने । 

बाटोमै अलपत्र ५ सय टन आलु र प्याज  
 

व्यवसायीहरुका अनुसार पचासौं गाडीमा भारत लगायतबाट आयात गरिएको करिब ५ सय टन आलु र प्याज बाटोमै अलपत्र अवस्थामा रहेको छ । केहि दिनअघिको भारी वर्षाले बाटो अबरुद्ध भएपछि मुलुकको विभिन्न नाकादेखि आउने क्रममा रहेको उक्त तरकारी हाइवे सडकमै अलपत्र परेको तरकारी व्यवसायीले बताए । “आउने क्रम जारी छ, मंगलबार साँझसम्ममा २ सय टन कालिमाटी र बल्खु बजारमा भित्रिएको छ,” अध्यक्ष घिमिरेले भने । उनका अनुसार गर्मी सिजन भएकोले ती आलु र प्याज चाडै ल्याउनुपर्ने हुन्छ । बाटो खुलाउन सरकारले समेत सहयोग गर्न उनले आग्रह गरे ।

केहि दिनभित्रै तरकारीको आपुर्ति सहज 
 

तरकारी व्यवसायीहरुले केहि दिनभित्रै काठमाडौं उपत्यकामा तरकारीको उपलब्धता सहज हुने बताएका छन् । कालिमाटी तरकारी बजारमा केहिदिनअघिभन्दा अहिले तरकारी भित्रिने क्रम बढीरहेको छ । यो सिजनमा उपत्यकाका छिमेकी जिल्लाहरुमा उत्पादन भएको तरकारी बढी खपत हुन्छ । ५० प्रतिशतभन्दा बढी काभ्रेपलान्चोक, मकवानपुर, धादिङ्ग, ललितपुर, भक्तपुर लगायत जिल्लामा उत्पादन हुने तरकारी बढी खपत हुने गरेको छ । त्यस्तै करिब २० प्रतिशत तराई क्षेत्रबाट भने बाँकी भारतबाट तरकारी भित्रिने महासंघका अध्यक्ष घिमिरेको भनाइ छ । 

“हिँउदको सिजनमा सर्लाही, नवलपरासी, चितवन लगायतका तराई भेगका तरकारी भित्रने गरे पनि वर्षा सिजनमा अधिकांश तरकारीहरु पहाडी छिमेकि जिल्लाकै उत्पादन खपत हुने गरेको छ,” उनले भने “त्यसैले तत्काल केहि समस्या जस्तो देखिए पनि एक दुई दिनमै सहज हुँदै जानेछ ।”

राजमार्ग खुलेसँगै तरकारीको आपूर्ति बढी नियमित हुने उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC