site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘देश खोज्दै जाँदा’ मस्टर्डसिड फिल्म फेस्टिवलका लागि छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘देश खोज्दै जाँदा’ मस्टर्डसिड अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा  छनोट भएको छ । 

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा हुने तीन दिने फिल्म फेस्टिवलमा यही अगस्ट १९ शनिवार विहान १० बजेदेखि ‘देश खोज्दै जाँदा’  स्क्रिनिङ हुनेछ । फेस्टिवलमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडालगायत मुलुकका फिल्म छनोटमा परेको आयोजकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्क्रिनिङमा चलचित्रको पोस्टप्रोडक्सन÷आर्ट डाइरेक्टर प्रल्हाद गुरुङ सहभागी हुनेछन् । 

यसअघि ‘दादा साहेव फिल्म फेस्टिभल’ मा टप सेभेन सम्म पुगेको यो चलचित्र दि कर्निस कलेज अफ दि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफ तास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दि अन्ने फ्रांक प्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दि अन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागिता जनाइसकेको छ । 

Global Ime bank

भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई उतारिएको चलचित्र भुटानी शरणार्थीहरुको शिविर नजिकै दमकमा केही दिन अघि प्रिमियर समेत गरिएको थियो । चलचित्रमा ममा भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषय छ । 

प्रकाश आङदेम्बे निर्देशित चलचित्रमा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरिता ओली, शिवशंकर थापालगायतको अभिनय छ । उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको चलचित्र भदौ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC