site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘शोले’ को ४२ वर्षः आजकै दिन गुञ्जिएको थियो गब्बरसिंहको आवाज– ‘अब तेरा क्या होगा कालिया’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडको इतिहासमा चलचित्र ‘शोले’ को आफ्नै एउटा स्थान छ । आज पनि यो चलचित्रको नाम लिने बित्तिकै मान्छे ‘बसन्ती’ र ‘गब्बर’ जस्ता पात्रलाई सम्झन पुग्छन् । यो चलचित्र सन् १९७५ मा आजकै दिन अर्थात् भारतीय गणतन्त्र दिवसका दिन रिलिज भएको थियो । 

चलचित्रमा भूमिका निर्वाह गर्ने प्रत्येक पात्रले चलचित्रलाई जीवन्तता दिएका थिए । र, दर्शकलाई निकै मनोरञ्जन गराएका थिए । यसबाहेक चलचित्रको संगीतमा पनि कुनै कमी थिएन । चलचित्रको सबैपक्ष सानदार थियो ।

चलचित्रको कथा सलीम जावेदले लेखेका थिए । चलचित्र रमेश सिप्पीद्वारा निर्देशित थियो । चलचित्रमा कयौँ डाइलग थिए आज पनि दर्शकको मुखमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रको भिलेनको रोलका लागि कयौँ व्यक्तिले अस्वीकार गरेको भनिन्छ । पछि गब्बर सिंहको भूमिका अमजत खानले निर्वाह गरे । अमिताभ बच्चनको भूमिकाका लागि पनि केही स्टारहरूले अस्वीकार गरे । अन्तमा अमिताभ बच्चन ‘जय’ बने । यस्तै थुप्रै कथा यो चलचित्रसँग जोडिएका छन् । तर चलचित्रको प्राण यसका उत्कृष्ट डाइलग थिए ।

चलचित्रको प्रत्येक डाइलगमा आज पनि ताली बज्छन् । जी न्युज डेस्कको रिपोर्टमा आधारित सामग्रीः 

Global Ime bank

– ‘हम सिर्फ पैसों के लिए काम करते हैं’ (चलचित्रमा वीरुको भूमिकामा धर्मेन्द्र काम कम र ठट्टा बढी गर्छन्, तर उनले ठाकुरलाई पहिले नै भनिसकेका हुन्छन्, ऊ मात्र पैसाका लागि काम गर्छन्)

– ‘बुढिया गोइङ जेल एन्ड चक्की पिसिङ एन्ड पिसिङ’ (चलचित्रमा वीरुको अंग्रेजी गज्जबको हुन्छ । जसमा उनी गाउँलेलाई भन्छन्, यदि उनी मरे भने बूढी सानीआमाको अवस्था कस्तो होला)

– ‘बसन्ती इन कुत्तों के सामने मत नाचना’

– ‘अब तेरा क्या होगा कालिया’ (गब्बरको त्रासको अन्दाज दर्शकलाई होला नै, यसैबाट अनुमान गर्न सकिन्छ जब गब्बर रिसाउँछ तब उसकै सेनामेना पनि चुप लाग्नै सही सम्झन्छन्)

– ‘जो डर गया समझो मर गया’ (गब्बर यति बिघ्न निडर थियो, कसैसँग डराउँदैनथ्यो)

– ‘ये हाथ मुझे दे दे ठाकुर’ (गब्बर जे चाहन्थ्यो, त्यो उसैको हुन्थ्यो)

– ‘चल धन्नों आज तेरी बसंती की इज्जत का सवाल है’ (धन्नों र बसंती एक अर्काका परिपूरक थिए । डाकुले बसंतीलाई घेरेपछि बसंतीको इज्जत धन्नोंले बचाउँछे)

– ‘हमारा नाम भी सूरमा भोपाली ऐसे ही नहीं है’ (जय र वीरुलाई एक्लैले झम्टिन सक्ने सूरमा भूपालीलाई कसरी बिर्सनू)

– ‘ये हाथ नहीं फांसी का फंदा है’ (ठाकुरलाई त दर्शकले चिनेकै छन् । आफ्नो हातको बलले कसैको ज्यान लिइन्छ भने हात अवश्य नै फांसीको फंदा हुन्छ ।)

  


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ०४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC