site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गुआममा उत्तर कोरियाले आक्रमण नगर्ने तर सेना तयार, के छ अमेरिकाको अहिलेको जवाफ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी भू–भाग गुआममा आक्रमण गर्ने योजना उपर पुर्नविचार गर्दै अहिलेको लागि उक्त योजना थाति राख्ने भएका छन् ।
उत्तर कोरियाले अमेरिकाको व्यवहार हेर्ने र सोही अनुरुप कदम चाल्ने गरि पुर्नविचार गरेको त्यहांको सरकारी समाचारसंस्थाले जनाएको हो । तर थाति राखिएको सैन्य कारबाहीको योजना जुनसुकै समयमा प्रयोग हुन सक्ने भनि चेतावनी समेत दिएको छ ।

के भनिएको छ उत्तर कोरियाको सरकारी समाचारसंस्थाको रिपोर्टमा ?

Prabhu Bank
Agni Group
NIC Asia

उत्तर कोरियाको सरकारी समाचारसंस्था केसिएनएले किम जोन उनले आक्रमण योजना उपर लामो समयदेखि सोचविचार गरिरहेको र यस विषयमा उच्च सैन्य अधिकारीहरुसँग पनि छलफल गरेको जनाएको छ ।
केसिएनएको उक्त रिपोर्टमा उत्तर कोरियाले कुनै कदम चाल्नुअघि अमेरिकाको चाल पर्खिने उल्लेख गरेको छ जसका कारण उत्तर कोरिया गुआम आक्रमणको योजनाबाट पछि हटेको विश्लेषण गर्न थालिएको छ ।
उत्तर कोरियाको अहिलेको प्रतिक्रियाले अमेरिकासँगको वाक्युद्ध पनि केही हदसम्म सेलाउने अनुमान पनि गरिएको छ । यसअघि अगष्टको दोश्रो साता उत्तर कोरियाले अमेरिकी भू–भाग गुआममा आक्रमण गर्ने चेतावनी दिएपछि दुई देशका प्रमुखबीच वाक्युद्ध सुरु भएको थियो जसले आणविक युद्ध निम्त्याउने अनुमान गरिएको थियो ।
तर केही विश्लेषक भने उत्तर कोरियाको अहिलेको निर्णयलाई झेलको रुपमा पनि हेरिरहेका छन्, अर्थाइ रहेका छन् । जसरी उत्तर कोरिया अन्य देशको पहुँच बाहिर छ यहाँ भित्र भइरहेको तयारी वा लिन सक्ने सम्भावित निर्णयबारे पनि उत्तिकै बेखबर छ अन्तर्राष्ट्रिय समुदाय । अझ उत्तरले सैन्य कारबाही टेबलमै रहने भनेपछि यसले उत्तर कोरिया उपरको विश्वास उपर नै प्रश्न उठाएको छ ।
अर्को अर्थमा लिने हो भने पनि उत्तर कोरियाले गुआममा आक्रमण गर्नको लागि त्यति सामथ्र्य आफुसँग नरहेको महसुस गरेर नै अहिलेको लागि स्थगनको बटन थिचेको पनि हुन सक्छ । आफुलाई सबल बनाउनको लागि उत्तर कोरियाले थप समय लिनको लागि यस्तो निर्णय लिएको हो भने यसले झन् खतरा निम्त्याउँदैछ ।

\"\"

Global Ime bank

उत्तर कोरियाका छिमेकीहरु के भनिरहेका छन् ?
दक्षिण कोरिया र उत्तरको सबैभन्दा नजिक मानिएको चीनले पनि अहिलेको अवस्था साम्य पार्नको लागि कुटनैतिक संवाद आवश्यक रहेको भन्दै संवादलाई जोड दिइरहेका छन् ।
मंगलवार मात्रै पनि दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ–इनले अमेरिकाले कोरियाली प्रायद्धिपमा कुनै प्रकारको कदम चाल्नुअघि आफुसँग पनि सुझाव लिनुपर्ने बताएका छन् ।
उनको अमेरिकाले कोरियाली प्रायद्धिपमा सैन्य कारबाहीको अप्सन छानेमा एक्लो निर्णय लिन नहुने प्रस्ट पारेका छन् । दक्षिण कोरिया र अमेरिकाले यसअघि नै गरेको रक्षा सम्झौता अनुसार दुई राष्ट्रले आन्तरिक वा वाह्य आक्रमणको खतरा बढेमा संवाद गरि दुबैको सहमतिमा मात्रै सैन्य कदम चाल्नुपर्ने उल्लेख छ ।

\"\"

के छ अमेरिकाको अहिलेको जवाफ ?
अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यसअघि नै पनि दुई देशबीचको वाक् युद्धले सैन्य युद्ध निम्त्याउन सक्ने र उत्तरले गुआममा आक्रमण गरेको खण्डमा सुरु भइहाल्ने चेतावनी दिएका थिए ।
उनले अमेरिकी सेनाले आफ्नो देश बचाउनको लागि कुनै पनि समय र ठाउँमा तयार रहेको बताएका छन् । यसका साथै उनले गुआममा आक्रमण भएको खण्डमा बचाउनलाई अमेरिकाले कुनै कसुर बाँकी नछाड्ने बताएका छन् ।
–एजेन्सीको सहयोगमा
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  ००:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC