site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कान्छी’ मार्फत चलचित्रमा फर्किदै स्वेता, तेस्रोलिंगी भूमिका स्वेताकी साथी
Ghorahi CementGhorahi Cement

काठमाडौं । नायिका स्वेता खड्का पुनः चलचित्रमा देखिने भएकी छन् । ‘कोहीनुर’ पछि चलचित्रमा अभिनय नगरेकी स्वेता ‘कान्छी’ मार्फत चलचित्र उद्योगमा फर्किन लागेकी हुन् । 

आकाश अधिकारीको निर्देशनमा लभ स्टोरी जानराभित्र रहेर बन्न लागेको चलचित्र ‘कान्छी’ मा नेपाल भित्रै बसेर समाजमा युवा पुस्ताले योगदान दिन सक्छन् भन्ने उप कथा रहेको छ । 
“भदौ २ गतेबाट छायांकन सुरु हुने चलचित्र तिहार अगाडि सकिन्छ,” निर्देशक अधिकारीले भने, “तल्लो र उपल्लो मुस्ताङमा सुटिङ गर्दैछौं ।” 

चलचित्रमा तेस्रोलिंगी भूमिका श्रेष्ठले पनि अभिनय गर्दैछिन् । स्वेता खड्का र दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्रमा तेस्रोलिंगी श्रेष्ठको भूमिका स्वेताको साथीको हुनेछ ।

Agni Group

“तेस्रोलिंगी भन्न वित्तकै विभेदको नजरले समाजले हेर्ने र अपहेलना हुने गरेको छ । अब सबै नागरिक समान हुन् र तेस्रोलिंगी पनि महिला पुरुष जस्तै समान हुन् भन्ने सन्देश दिने गरी हामी तेस्रोलिंगीलाई चलचित्रमा प्रस्तुत गर्दैछौं,” निर्देशक अधिकारीले भने, “तेस्रोलिंगी हुँदैमा परिवार र समाजले विभेद गरेपछि घर छोडेर हिँड्नुपर्ने अवस्था छैन भन्ने सन्देश दिन पनि हामीले यस्तै खालको रोलमा भूमिका जीलाई प्रस्तुत गर्दैछौं । अहिले अधिकांश चलचित्रमा नकारात्मक रुपमा समलिंगी तेस्रोलिंगीलाई प्रस्तुत गरिरहेको सन्दर्भमा हामी सकारात्मक रुपमा प्रस्तुत गर्दैछौं ।”

केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘आधा लभ’ ले समलिंगीलाई र अघिल्लो वर्ष रिलिज भएको चलचित्र ‘सकुन्तला’ ले तेस्रोलिंगीलाई सकारात्मक रुपमा प्रस्तुत गरेका थिए । 

Global Ime bank

दीपक रौनियारको ‘हाई वे’ मा छोटो भूमिकामा देखिएकी भूमिकाले चलचित्र ‘कान्छी’ मा अभिनयका लागि अनुबन्द हुन पाउँदा खुसी लागेको बताइन् । “चलचित्रमा मलाई अवसर दिनु हुने निर्देशक आकाश अधिकारी ज्यू र स्वेता खड्काप्रति म आभार प्रकट गर्छु,” भूमिकाले भनिन्, “यो चलचित्रमा मैले खेल्न पाउनु आफैंमा सुखद पक्ष हो भने यो भन्दा पनि हाम्रो (समलिंगी तेस्रोलिंगी) समुदायका लागि गौरवको कुरा हो । यो चलचित्र मार्फत हामीलाई हेर्ने दृष्टिकोणमा साकारात्मक धारणा बन्छ भन्ने विश्वास लिएकी छु ।” भूमिका तेस्रोलिंगी महिला हुन् । 

चलचित्र कान्छीमा स्वेता, दयाहाङ, भूमिकासँगै निर शाह, अनु शाह, कामेश्वर चौरासिया लगायतका कलाकारको पनि अभिनय रहने छ । तिहार अगाडि छायांकनको काम सकिने चलचित्र ‘कान्छी’ माघ २६ गते रिलिज हुने निर्देशक अधिकारीले बताए ।

‘कोहिनुर’ पनि अधिकारीले नै निर्देशन गरेको चलचित्र हो । तत्कालीन समयमा ११ करोड ग्रस कलेक्सन गरेर चलचित्रले नयाँ रेकर्ड बनाएको थियो । अहिले भने सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड चलचित्र ‘छक्का पञ्जा’ को नाममा छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC