site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बाढीपहिरो, डुबान, भूकम्पपीडितको पुनस्थापना र पुनर्निर्माणजस्ता स्थानीय जनप्रतिनिधि तत्काल सक्रिय हुनुपर्ने अवस्था एकातिर छ भने अर्कातिर सरकारले स्थानीय तहमा कर्मचारी खटाउनसम्म पनि सकेको छैन । नेपालको संविधान, २०७२ ले स्थानीय तहलाई राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका रूपमा अधिकारसम्पन्न बनाएको छ । तर, व्यवहारमा भने अहिले कर्मचारीको अभावमा पुरानो स्थानीय निकायले गर्ने काम पनि राम्ररी सम्पादन गर्न सकेका छैनन् । एकातिर प्राविधिक र प्रशासन सेवाका कर्मचारीबीच कार्यकारी प्रमुख को हुने भन्ने विवाद चर्काइएको छ भने अर्कातिर स्थानीय तहमा जानका लागि एक तह बढुवा गर्नुपर्नेजस्ता माग कर्मचारीले राखेका छन् । यही कारणले स्थानीय तहमा निर्वाचित प्रतिनिधि अलमल र स्थानीय तहबाट हुनुपर्ने काम अलपत्र परेको देखिएको छ ।

स्थानीय तहको बजेट कार्यान्वयन गर्ने सुरु समय भइसकेको छ । देशका दुई सयभन्दा बढी अर्थात् एक तिहाइजति स्थानीय तहमा कर्मचारी छैनन् । स्थानीय तहका निर्वाचित पदाधिकारीले कर्मचारी भर्ना गर्ने आँट पनि गरेका छैनन् भने सरकारले खटाएको भनिएका कर्मचारी पनि तोकिएका कार्यालयमा हाँजिर भएका छैनन् । प्रशासन सेवामा कर्मचारीमात्र स्थानीय निकायको कार्यकारी प्रमुख हुनसक्ने प्रावधान राखिएको भन्दै शिक्षा र अन्य प्राविधिक सेवाका कर्मचारीले असन्तुष्टि प्रकट गरेको बताइएको छ । कार्यकारी प्रमुख हुने रहर र लोभलाई शिक्षा र अन्य प्राविधिक सेवाका कर्मचारीले वरीयताको प्रश्न अगाडि सारेर उठाएका छन् । यस्तै विवादका कारण कतिपय कर्मचारी खटाइएको स्थानीय तहको कार्यालयमा नगएपछि भदौ महिनाको अन्त्यसम्ममा पनि कर्मचारी नपठाइए गाउँपालिकामा आपैmँ कर्मचारी भर्ना गर्ने चेतावनी दिइएको छ ।    

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहमा केन्द्र सरकारले कर्मचारी खटाउने व्यवस्था व्यावहारिक र सैद्धान्तिक दुवै दृष्टिबाट संघीयताको मर्मअनुरुप देखिँदैन । अर्कातिर, नेपालजस्तो स्रोतसाधन र सोचको दरिद्र मुलुकले भएका कर्मचारीलाई काम नदिई राखेर नयाँ भर्ना गर्नु पनि अव्यावहारिक दुस्साहस ठहरिन सक्छ । अहिले सरकारले खटाएका ठाउँमा कर्मचारीहरू धेरै ‘नखरा’ नपारी जाने र स्थानीय तहमा समायोजन गर्दा केन्द्र सरकारका कर्मचारीलाई रोज्ने मौका दिने विधि अपनाउनु उचित हुन्छ । नेपालको संविधान, २०७२ को धारा २१८ मा कुनै तहको कार्य विभाजन र कार्य सम्पादन सम्बन्धित तहले नै स्वीकृत गरेको नियमअनुसार हुने उल्लेख गरिएको छ । यसको तात्पर्य आफ्नो कार्य सम्पादनका लागि स्थानीय कार्यपालिका संघीय मन्त्रिपरिषद्जत्तिकै स्वायत्त छ भन्ने नै हो । यसैले गाउँपालिकाका प्रतिनिधिहरूले दिएको चेतावनीलाई मिचाहा चेष्टा भन्न मिल्दैन । स्थानीय तहमा कार्यकारी प्रमुख निर्वाचित प्रमुख वा अध्यक्ष नै हुन्छ । यसैले सबै कर्मचारी प्रमुख वा अध्यक्षकै मातहतमा हुन्छन् । उनीहरूलाई काममा लगाउनेमात्र हैन नियम बनाएर नियुक्ति र बर्खासी गर्ने अधिकार पनि स्थानीय तहमा नै हुन्छ । निर्वाचित प्रतिनिधि मातहत रहने हुनाले वरीयताको विवाद अर्थहीन देखिन्छ ।

अहिले लगभग देशैभर बाढी, पहिरो, डुबानका कारण संकट उत्पन्न भएको छ । पीडित जनताले सबैभन्दा पहिले खोज्ने र देख्ने स्थानीय तहका जनप्रतिनिधि नै हुन् । यसैले उनीहरू भर्खरै निर्वाचित भएका भए पनि अलमलिने वा सुस्ताउने फुर्सद पाउँदैनन् । तर, उनीहरूलाई सहयोग गर्ने कर्मचारी छैनन् । प्रशासनिक कामको अनुभव बिरलैलाई होला । सरकारले त उनीहरूको अस्तित्व नै अस्वीकार गरेको देखियो बाढीपीडित प्रकरणमा । यस्तो अवस्थामा स्थानीय तहमा गएर काम गर्न तयार नहुने सरकारी कर्मचारीलाई सरकारले जागिर छाड्ने अवसर दिनुपर्छ । स्थानीय सरकारमा जान चाहने कर्मचारीलाई सरकारले लोकसेवाको परामर्शमा सेवा नै अर्को बनाएर समायोजन गर्नुपर्छ ।

Global Ime bank

बाढीपहिरो र प्रा. डा. गोविन्द केसीको अनशनले सरकार चलाउनेहरूले ध्यान दिन नसकेको बहाना बनाउन मिल्ला तर त्यस्तो बहानाबाजीले न कर्मचारीभित्रको समस्या समाधान हुन्छ न स्थानीय तहको कामकाज सुचारुरूपमा सञ्चालनै हुन्छ । यसैले जनप्रतिनिधिको आवाजलाई धम्की र घुर्कीका रूपम नलिई सरकारको सम्बन्धित मन्त्रालयले गम्भीरतापूर्वक समाधान खोज्नुपर्छ । स्थानीय तहमा आवश्यक कर्मचारी तत्काल खटाउने, कर्मचारीहरूले यसलाई अन्तरिम व्यवस्थापन मानेर पठाइएको ठाउँमा हाँजिर भइहाल्ने र स्थानीय सेवा गठन गरेर सबै  सेवाका कर्मचारी लोकसेवामार्फत् भर्ना गर्नेमात्र गर्न सके पनि अहिलेको समस्या समाधान हुनेछ । पीडितहरूले अपेक्षाकृत सहजतापूर्वक सहायता पुर्‍याउनका लागि पनि सायद यही सर्वोत्तम उपाय हो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC