site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
बैंकबाटै पैसा नपठाए कोरियाको पुनः श्रमस्वीकृति नपाइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा कोरियामा हुनुहुन्छ ? कमाएको पैसा बैंकिङ च्यानलमार्फत घर पठाउनु भएको छैन भने फेरि फर्केर कोरिया जान पाइने छैन ।

सन् २०१८ जनवरी १ देखि पुनः श्रमस्वीकृति लिँदा बैंकबाट रकम पठाएको प्रमाण पेश गर्नुपर्ने भएको छ । यस्तो प्रमाण पेश गर्न नसक्ने व्यक्तिको श्रमस्विकृति जारी नहुने र वैदेशिक रोजगारीमा जान नसक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण कोरियामा रोजगारी गरी फर्किएका कामदारले पुनःश्रमस्वीकृति लिँदा बैंकमार्फत पैसा पठाएको प्रमाण पेश गर्नुपर्ने भएको हो । 

पाँच वर्ष एउटै कम्पनीमा काम गरेर फर्केका प्रतिबद्ध कामदार, सीबीटी र पीबीटी परीक्षा दिएर पुनः कोरिया जान चाहनेहरूले यस्तो प्रमाणको जगेडा गर्नुपर्ने भएको छ ।

Global Ime bank

ईपीएस कोरिया शाखाले वैदेशिक रोजगारीमा गएका नेपालीले आर्जन गरेको रकम औपचारिक माध्यमबाट स्वदेश नपठाउँदा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुन नसकेको उल्लेख गरेको छ । 

कामदारले कमाएको रकम औपचारिक माध्यमबाट घर पठाउँदा विदेशी मुद्रा राष्ट्रिय अर्थतन्त्रमा समावेश हुने, प्रेसित विप्रेषणको सुरक्षा हुने, विदेशी मुद्राको नियमनमा सघाउ पुग्ने र व्यक्तिको आर्जित रकम सुरक्षित हुने भएकाले कोरिया जाने नेपालीलाई आर्जन गरेको रकम बैंकिङ च्यानलबाट पठाउन इपीएस कोरिया शाखाले सूचित गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC