site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल र चीनबीच तीनबुँदे समझदारी
Ghorahi CementGhorahi Cement

काठमाडौ  । नेपाल र चीनबीच तीन बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादारको उपस्थितिमा दुर्इ देशका उच्च सरकारी अधिकारीहरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र चीनको तर्फबाट त्यहाँको वाणिज्य मन्त्रालयका प्रतिनिधि यु जिअन्ह्वाले हस्ताक्षर गरे । 

Agni Group

समझदारीअनुसार चीनले भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउन, अरनिको राजमार्गको स्तरोन्नति गर्न र रसुवाको नाकामा पुल निर्माण गर्न साढे १५ अर्ब रूपैयाँ सहयो गर्नेछ । 

त्यस्तै, पेट्रोलियम तथा ग्यास अन्वेषणा तथा सर्वेक्षणका लागि २ अर्ब रूपैयाँ उपलब्ध गराउने सहमति भएको छ । 

Global Ime bank

नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउने बारे पनि सहमति भएको अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए । विद्युत्, सडक, कृषि, ट्रान्समिसन लाइन निर्माण अदिलार्इ प्राथमिकताका क्षेत्र तोकेर लगानी विस्तार गरिनेछ ।

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७४  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC