site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफूखुसी राहत बाँड्न नपाइने, सरकारी खातामा जम्मा गर्नुपर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बाढी पीडितलाई आफूखुसी राहत वितरणमा रोक लगाउने निर्णय गरेको छ । 

गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा सोमबार बिहान बसेको दैवी प्रकोप उद्धार समितिको बैठकले एनजीओ, आईएनजीओ तथा विभिन्न संघसंस्थाले आफूखुसी राहत वितरण गर्न नपाउने गरी एकद्वार प्रणाली लागु गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा गृहमन्त्री शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओ, आईएनजीओ तथा राहत दिने अन्य निकायलाई आफूखुसी राहत बाँड्न नदिन सबै निकायलाई निर्देशन दिएका छन् । 

त्यसैगरी बैठकले गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । 

Global Ime bank

अब नगद राहत दिनेहरुले प्रधानमन्त्री केन्द्रीय दैवी प्रकोप उद्धार समितिको खातामा जम्मा गर्नुपर्ने छ ।

त्यस्तै राहत सामग्री (पाल, भाँडाकुँडा, दाल, चामल, नुन, तेल, ड्राइफुड, नयाँ लत्ताकपडा आदि) समितिसँग समन्वय गरी थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाममा वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा जम्मा गर्नुपर्नेछ ।

तस्बिर : सुनसरीका बाढी पीडित सदरमुकाम इनरुवामा रहेको भगवती माविमा सरण लिएर बस्दै (रासस) ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC