site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विहारमा बाढी, नेपाललाई दोष
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल आफै पनि बाढीको भीषण चपेटामा परेर विपत्तिग्रस्त बनिरहेका बेला भारतीय सञ्चार माध्यमले कोसी नदीमा आएको बाढीले गर्दा विहारमा भैरहेको डुबान र कटानको समस्या नेपालबाट धेरै पानी छोडिएकोले उत्पन्न भएको भनेर दुष्प्रचार गरेको पाइएको छ ।

हिन्दूस्तान डट कमले ‘विहार बाढी : ३५ लाख आवादी चपेटामा, नीतीशले आज गर्दैछन् हवाई सर्वेक्षण’ शीर्षक समाचारमा लेखेको छ, ‘‘तीव्र वर्षा र नेपालबाट छोडिएको पानीका कारण विहारमा बाढीको स्थिति भयावह भएको छ । उत्तर विहारको ४० प्रखण्डका लगभग ३५ लाख जनसंख्या बाढीले घेरिएको छ । राज्यको सीमाञ्चलका एक दर्जन जिल्लामा बाढीको पानी प्रवेश गरेको छ । किशनगञ्ज र अररिया जिल्लाको स्थिति सबैभन्दा समस्याग्रस्त बनेको छ । दुवै सहरमा तीनदेखि चार फिट पानी बगिरहेको छ । राज्य सरकारले स्थितिको गम्भीरता देखेर सेनासँग मद्दत मागेको छ । मुख्यमन्त्री नीतीशकुमारले आज बाढी प्रभावित क्षेत्रको हवाई निरीक्षण गर्दैछन् ।’’

Agni Group

समाचारअनुसार पूर्णियाको बायसी प्रखण्डअन्तर्गत कदमसाडीमा अलपत्र परेका झण्डै २०० व्यक्तिलाई हेलिकोप्टरबाट उद्धार गरेर सुरक्षित ठाउँमा लैजाने काम सुरु भएको छ ।

मुख्यमन्त्री नीतीशकुमारले राज्यका उच्च अधिकारीहरूसँगको आपत्कालीन बैठकमा प्रभावित जिल्लाका प्रमुखहरूलाई तत्काल हवाईमार्गबाट आआफ्नो जिल्लामा पुगेर क्याम्प खडा गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीले बाढीका कारण अलपत्र परेका र घेरिएका व्यक्तिहरूलाई तुरुन्त निकालेर सुरक्षित थलोमा पुर्याउन पनि निर्देशन दिएका छन् । मुख्यमन्त्रीले सेनालाई अलर्ट राखिएको र आवश्यक परेमा सैनिकबाट मद्दत लिइने बताएका छन् ।

Global Ime bank

बाढीको भयावह अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री नीतीशकुमारले आइतबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र रक्षामन्त्री अरुण जेटलीसँग टेलिफोन वार्ता गरेको समाचारमा जनाइएको छ । 

हिन्दूस्तान डट कमले वाल्मीकिनगर गण्डक ब्यारेजबाट ४.८५ लाख क्युसेक पानी छाडिएकाले स्थिति विकराल भएको दाबी गरेको छ । समाचारअनुसार विहारका अररिया, मधेपुरा, सहरसा, सुपौल, पूर्वी चम्पारण, पश्चिम चम्पारण, पूर्णिया, कटिहार, किशनगञ्ज, सीतामढी, दरभंगा र मधुबनीमा स्थिति गम्भीर छ ।

बाढीका कारण उत्तर विहार र बंगालअन्तर्गत किशनगञ्ज–सिलिगुडी रेलमार्ग ठप्प भएको छ । यसले गर्दा भारतको मूल भूभागसँग पूर्वोत्तरका आठ राज्यको सम्पर्क विच्छेदजस्तै भएको छ । कटिहारदेखि सिलिगुडीसम्मको रेलमार्गमा ठाउँठाउँमा पानी जम्नाले आइतबार १८ भन्दा धेरै रेलहरूले आफ्नो सेवा रद्द गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC