site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
डुबानले तराईको जनजीवन कष्टकर, भोकमरीको संकेत
Sarbottam CementSarbottam Cement

आज समीक्षित सबै पत्रिकामा देशका विभिन्न भागमा बाढीले ल्याएको बिचल्लीको समाचारले नै प्रमुखता पाएको छ । साथै, चिकित्सा शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा.गोविन्द केसीको अनशनको खबरले पनि आज महत्त्व पाएको देखिन्छ ।

अन्नपूर्ण पोस्टमा राजेश वर्माले लेखेको ‘तराईका ८० प्रतिशत धानबाली डुबानमा, पूर्वमा मात्र २९ करोडको क्षति’ शीर्षक मुख्य समाचारमा अविरल वर्षाका कारण आएको बाढीले गर्दा तराई–मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको उल्लेख छ । बाढीले गर्दा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा बढी क्षति भएको छ । नेपालको अन्नभण्डार मानिने तराईमा प्रकृतिको ताण्डव लीलाले गर्दा चालू र आगामी वर्ष निकै ठूलो अनिकाल लाग्नसक्ने अनुमान गर्न थालिएको छ ।

अन्नपूर्णमा दिइएको तथ्याङ्कअनुसार अहिलेको वर्षाले १४ करोडको तरकारी नष्ट भएको छ, १२ करोडको सञ्चित खाद्यान्न नष्ट भएको छ भने १३ अर्बको माछा नष्ट भएको छ । समाचारअनुसार कृषि विकास मन्त्री रामकृष्ण यादवको अध्यक्षतामा आइतबार कृषि विकास मन्त्रालयमा बसेको बैठकले बाढीका कारण तराई–मधेसमा धान, तरकारी, फलपूmलबाली र माछातर्फ ठूलो क्षति भएको निष्कर्ष निकालेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्नपूर्ण पोस्टको मुखपृष्ठकै ‘मृतकका परिवारलाई २ लाख राहत, ६३ को मृत्यु, ५३ बेपत्ता’ शीर्षक  अर्को समाचारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारी निकायलाई सशक्त रूपमा परिचालन गर्ने र नागरिक तहमा पनि सक्रियता बढाउने निर्णय गर्नुका साथै बाढी, डुबान र पहिरोमा परी मृत्यु भएकाका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको उल्लेख छ । समाचारअनुसार गृहमन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६३ जनाको मृत्यु भएको र ५३ जना बेपत्ता भएको जनाएको छ ।

अन्नपूर्ण पोस्टको भित्री पृष्ठमा पनि बाढीले प्रदर्शन गरेको ताण्डव नृत्यका भयानक समाचारहरू छन् ।

Global Ime bank

नयाँ पत्रिकामा ‘पश्चिम तराई पनि जलमग्न, सोमबारदेखि मात्र मौसममा सुधार, पीडित उद्धार र राहतको प्रतीक्षामा’ शीर्षक समाचार ब्यानर बनेको छ । नयाँ पत्रिकाको समाचारअनुसार पूर्वी राप्ती, बबई र पश्चिम राप्तीमा पानीको सतह पहिलेभन्दा केही घट्दै गएको भए पनि अझै तिनको बहाव खतराको सूचकभन्दा माथि रहेको छ । यसले गर्दा दाङ, बाँके, बर्दिया, चितवन, मकवानपुर, रौतहट र सर्लाहीमा डुबान कायमै छ ।

नागरिकमा केपी ढुंगानाले लेखेको ‘२६ जिल्लाको जनजीवन अस्तव्यस्त, गृह भन्छ : ६६ को मृत्यु, प्रहरी भन्छ : ७४ को ज्यान गयो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध’ शीर्षक समाचारलाई ब्यानर बनाइएको छ । समाचारअनुसार बाढीपहिरोका कारण ४० हजार घर डुबानमा परेका छन् । नागरिकको ब्यानर समाचारअन्तर्गत मिथिलेश यादवले बर्दिबासबाट पठाएको ‘बाढीले राजमार्गको पुल भत्कायो’ उपशीर्षकको एक अर्को समाचारमा बाढीको धक्काले महोत्तरी जिल्लाअन्तर्गत पूर्वपश्चिम राजमार्गमा पर्ने रातु र जँगा नदीका पुल भत्काएको छ । जँगा पुलको पश्चिम मुख भत्किँदा एउटा ट्रक खोलामा खसेको समाचारमा उल्लेख छ ।

नागरिकको भित्री पृष्ठमा बाढीले एम्बुलेन्स डुबाउँदा ६ जनाको ज्यान गएको (पृ.३), अविरल वर्षाले झापा, मोरङ, सुनसरी र सप्तरीका अधिकांश भाग डुबानमा परेको (पृ.३), आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको निरीक्षण गरेको (पृ.३) समाचार छापिएका छन् ।

कान्तिपुरमा ‘२६ जिल्ला बाढीमय, कम्तीमा ७० को मृत्यु, ५० बेपत्ता, ३४ हजार घर डुबानमा’ शीर्षक समाचार मुख्य छ ।

राजधानीमा रुद्र सुवेदीले नेपालगञ्जबाट पठाएको ‘बाढीपीडितको बिचल्ली, धमिलो पानी र कुहिएका खानाको भर’ शीर्षक समाचार मुख्य बनेको छ । समाचारमा बाढीका कारण राप्ती र डुडुवा नदीको किनारका बस्तीको जनजीवन नराम्ररी प्रभावित बनेको उल्लेख छ ।


डा.केसी बोल्न नसक्ने भए, सहमति टाढिँदै गएको संकेत
 

नागरिकको मुखपृष्ठको अन्त्यमा दीपक दाहालले ‘झन् जटिल बन्दै सहमति’ शीर्षक दिएर प्रा.डा.गोविन्द केसीको अनशनको खबर लेखेका छन् । केसीका मुख्य मागमध्ये एक काठमाडौं उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइनेलगायत पूरा गर्न संसदीय समिति तथा सरकारी वार्ता टोली सहमत हुन नसक्दा अनशन अन्त्यको पहल निरर्थक बनेको समाचारमा उल्लेख छ । समाचारअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत प्रमुख माग पूरा गर्न सहमत भए पनि प्रमुख प्रतिपक्षको असहमतिले विधेयक पारित गर्ने र वार्ता टुंगो लगाउने विषय अघि बढ्न सकेको छैन ।

यही विषयवस्तुलाई कान्तिपुरमा ‘बोल्न सकेनन् डा.केसी’ शीर्षक दिइएको छ । समाचारअनुसार आमरण अनशनरत डा.केसी आइतबार आफूसँग भेट्न आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न नसकेको उल्लेख छ । केसीको अनशनसँग सम्बन्धित समाचार कान्तिपुरको पृष्ठ ३ मा पनि छापिएको छ ।
 
तस्बिर समीक्षा

कान्तिपुरमा कैलालीको भजनी नगरपालिका र चितवनको सौराहाको डुबानग्रस्त क्षेत्रको बिजोग भएका तस्बिर मुखपृष्ठमा छापिएका छन् । अन्नपूर्ण पोस्टमा सर्लाहीस्थित लखनदेही खोलाको बाढी छपकहिया टोलमा पसेपछि जलमग्न बनेको बस्तीको तस्बिर छ ।

नयाँ पत्रिकामा चन्द्रनिगाहापुर–बागमती सडकखण्डको लच्का क्षेत्र नदीमा परिणत भएपछि बीच सडकमै घरेलु डुंगाबाट राजमार्गका अलपत्र यात्रुहरू पार जाँदै गरेको तस्बिर छ ।

राजधानीमा बाँके डुडुवाका एक जना बाढीपीडितले भिजेको अन्न सुकाउनका लागि फिँजारिरहेको तस्बिर छ ।

नागरिकमा बाढीले भत्काएको सर्लाहीको अमुवा पुल र बाढीमा फसेका रत्ननगर चितवनका स्थानीय बासिन्दालाई उद्धार गरिँदै गरेका दुई अलग अलग तस्बिर छन् ।
गोरखापत्रमा डुबानमा परेको वीरगञ्जको श्रीपुर नयाँ बस्तीको दृश्य छ ।      
 
सम्पादकीय

कान्तिपुरको ‘बर्सेनिको एउटै व्यथा’ शीर्षक सम्पादकीयमा बाढीपहिरोले देशका विभिन्न भागमा पुर्याएको क्षतिको सामान्य विवरणसहित यस्तो समस्या नेपालले हरेक वर्ष भोगिरहनु परेकाले यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका उपायहरूसमेत सुझाइएको छ ।

अन्नपूर्ण पोस्टमा लेखिएको ‘कोसीको कहर’ शीर्षक सम्पादकीयमा कोसी नदीको जलस्तर बढ्नाले भएको जनधनको क्षतिको विवरणसहित यसबारे भएका केही पूर्वअध्ययनहरूको जानकारी र बाढी समस्याबाट कोसी प्रस्रवण क्षेत्रका बासिन्दालाई जोगाउन अपनाउनु पर्ने सावधानीको सुझाव छ ।

नयाँ पत्रिकाको ‘सम्पूर्ण शक्ति परिचालन गर’ शीर्षक सम्पादकीयमा बाढीमा सिंगो देश डुबेको हुनाले अल्पकालीन उद्धार, राहत तथा पुनस्र्थापनामा सरकारले ध्यान देओस् भन्ने आग्रह छ ।

राजधानीमा ‘विवादरहित प्रतिवेदन देऊ’ शीर्षक सम्पादकीय लेखिएको छ । सन्दर्भ निर्वाचन क्षेत्र निर्धारण आयोगसँग राखिएको अपेक्षासँग सम्बन्धित छ ।

नागरिकको ‘विपत् रोक्ने तयारी’ शीर्षक सम्पादकीयमा प्रत्येक वर्ष विपत् आइरहे पनि यसबाट सर्वसाधारणलाई जोगाउने तयारी सरकारबाट भएको नदेखिएको प्रसंग उल्लेख छ ।

गोरखापत्रमा बाढीकै सन्दर्भमा ‘राहत र उद्धारमा सक्रियता’ शीर्षक सम्पादकीय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७४  ०८:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC