site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ  । जनगणतन्त्र चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ भोलि अपराह्न विशेष विमानबाट राजधानी आइपुग्दै छन् ।
नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चार दिवसीय औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
आगामी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ उपप्रधानमन्त्रीले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
चिनियाँ उपप्रधानमन्त्री बाङले उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारसँग आगामी मंगलबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।
सोही दिन चीनका उपप्रधानमन्त्रीले चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ गर्नेछन् ।
बुधबार उनले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज अपराह्न जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  चिनीया प्रतिनिधिमण्डलको सम्मानमा उपप्रधानमन्त्री गच्छदारले दिवाभोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त सरकारको नेतृत्व गरेपछि पहिलोपटक चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणलाई उच्च महत्व एवं अभिरुचिका साथ नेपाली जनताले प्रतीक्षा गरेका छन् । 
“उपप्रधानमन्त्रीस्तरमा चीनबाट हुन लागेको यो भ्रमणको ठूलो महत्व छ, योे नेपालको पुनर्निर्माण र विकासमा केन्द्रित हुनेछ,” भ्रमणको महत्वबारे संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले राससलाई भने ।
पुनर्निर्माण र विकासमा चीनबाट अतिरिक्त सहयोगको घोषणाबारेको जिज्ञासामा उनले नेपालको सामाजिक एवं आर्थिक विकासका लागि आगामी दिनमा चीनबाट ‘एक क्षेत्र एक मार्ग’ (ओबिओआर) को दायराअन्तर्गत हुने जानकारी दिँदै द्विपक्षीय वार्तामा चीनसँग विगतमा भएका सम्झौताको कार्यान्वयन तथा भविष्यमा अझ प्रभावकारी ढंगले सबै सन्धि सम्झौतालाई व्यवहारमा रुपान्तरण गर्नेबारेमा विचारविमर्श हुने बताए ।
यसैबीच, द्विपक्षीय वार्तामा नेपालको विकाससँग सम्बन्धित मन्त्रालय, निकाय र विभागका उच्च अधिकारी सहभागी हुनेछन् ।
वार्तामा अर्थ, वाणिज्य, उद्योग, आपूर्ति, स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा मन्त्रालयका साथै नेपाल पुनर्निर्मााण प्राधिकरणका उच्च अधिकारीले भाग लिनेछन् । 
चिनियाँ प्रतिनिधिमण्डलमा राज्य र सहायकमन्त्री चारजनासहित विभिन्न मन्त्रालय र विभागका उच्च अधिकारी रहने छन् । 
चिनियाँ प्रतिनिधिमण्डलसँग नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीले पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसँग चिनियाँ पाहुनाले बेग्लाबेग्लै भेटावार्ता गर्नेछन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता वाङ प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीका अतिरिक्त कृषि, जल व्यवस्थापन, वाणिज्य, पर्यटन र गरिबी निवारण मन्त्रालयको जिम्मेवारीमा छन् ।
उनलाई चीनमा सुधारवादी नेताका रुपमा मात्र नभई विकासको ‘ग्वाङडोङ’ ढाँचाको प्रवर्तक मानिन्छ । निजी उद्यमशीलता, आर्थिक विकास र नागरिक समाजको बृहत्तर भूमिकाबाटै उक्त ढाँचा सफल भएको बताइएको छ । 
पाकिस्तानको भ्रमण पूरा गरी चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  २२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC